नेपालमा एकै दिन थप २४ जनामा ओमिक्रोन पुष्टि:अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

स्वास्थ्यसमाचार/ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकाका २४ नमूनाको जिन स्क्रिनिङ गर्दा सबैमा सङ्क्रमण पुष्टि भएको हो । ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन समेत दिएको छ । “ओमिक्रोनले गर्दा…

होमियोप्याथिक डा राजेश प्रधानाङ्गको कोरोना संक्रमणबाट मृत्यु

स्वास्थ्यसमाचार/ होमियोप्याथिक डा राजेश प्रधानाङ्गको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दुई साताअघि कोरोना संक्रमण भएर सानेपास्थित स्टार अस्पताल भर्ना भएका प्रधानागंको आइतबार राती मृत्यु भएको अस्पतालका सिओओ डा सन्देश जिसीले जानकारी दिए । प्रधानांगकी श्रीमती समेतलाई कोरोना संक्रमण भएर दुबै जनालाई अस्पतालको आइसीयूमा राखिएको थियो । श्रीमती संक्रमणमुक्त भएर डिस्चार्ज हुँदै गर्दा श्रीमानलाई भने बचाउन नसकिएको डा जिसीले जिकीर गरे । ५४ वर्षीय डा प्रधानाङ्गको होमियोप्याथिक चिकित्सा विधाको विकासमा ठूलो योगदान रहेको छ । उनको निधनप्रति नेपाल होमियोप्याथिक चिकित्सक संघले समवेदना व्यक्त गरेको छ । उनका एक छोरा र…

गुणैगुणले भरिएको तुलसीको फाइदाबारे जानौं

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । तुलसीलाई धार्मिक मात्रै नभई चिकित्सकीय शास्त्रमा पनि निकै महत्त्वपूर्ण मानिन्छ । विशेषगरी आयुर्वेदमा तुलसीको बढी महत्त्व र उपयोग हुने गरेको छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नेदेखि आफूलाई स्वस्थ राख्नलाई यसको प्रयोग गर्ने गरिन्छ । तुलसीले जाडो मौसममा मात्रै नभई गर्मीको समयमा हुने विभिन्न रोगको संक्रमणबाट पनि मानिसलाई जोगाउँछ । आयुर्वेद डा…

शिलाजीत के हो ? यस्ता हुन्छन् औषधीय गुण (प्रयोग गर्ने तरिकासहित)

स्वास्थ्यसमाचार/शिलाजितका अनेकन गुण छन् । यौनशक्ति बढाउन, नपुंसकता हटाउन, पाचनयन्त्र चुस्त राख्न, शीर्घपतनको समस्याबाट मुक्त हुन, मासिक श्राव नियमित गराउन, उच्च रक्तचाप रोक्न । हरेक किसिमका शारीरिक बिकार हटाउन शिलाजितले वास्तवमै प्रभावकारी काम गर्छ रुप्राचीन वैदिक ग्रन्थहरुमा समेत यसको उल्लेख छ । शिलाजित कति लाभदायक छ भन्ने कुरामा कुनै शंका छैन । तर, जथाभावी सेवन गर्दैमा यसले राम्रो नतिजा दिदैन । किनभने यसलाई विधिपूर्वक सेवन गर्नुपर्छ । सेवन गर्ने समय, मात्रा सबै कुराको ख्याल गर्नुपर्छ । नभए यसले नकारात्मक नतिजा दिन सक्छ । के हो शिलाजित ? जब गर्मीमा सूर्यको…

गोमूत्र:क्यान्सरको उत्पत्ति रोक्न, सुगर घटाउन, विषादीको असर कम गर्न उपलब्धिमूलक

पूर्वीय सभ्यता र विशेष गरी सनातन धर्ममा गाईको विशेष महत्व छ। गाईबाट मानिसका लागि अत्यन्त पोषिलो र शक्तिवर्धक दूध प्राप्त हुने हुँदा गाईलाई माता मानेर गौमाता भनिन्छ र गाईको पूजा गर्ने चलन पनि छ। मही, दही, घ्यू, पनिर, मिष्ठान्न लगायत बनाएर स्वाद र शक्ति प्राप्त गर्ने हुँदा गाई पूजनीय हुनु स्वाभाविक नै छ। स्वादिलो दूध र दूधका परिकार बाहेक पनि गाईबाट अर्को महत्वपूर्ण कुरा प्राप्त गर्न सकिन्छ, त्यो हो गोमूत्र। गोमूत्र पञ्चगव्य (दूध, दही, घ्यू, गोबर र गोमूत्र) मध्यको एक हो। पञ्चगव्य विभिन्न धार्मिक कार्य सम्पादनमा अनिवार्य आवश्यक कुरा हो…

स्वास्थ्य र समृद्धिको लागि आयुर्वेद चिकित्सा पद्धतिलाई मुलधारमा ल्याउनु पर्छ :स्वास्थ्यमन्त्री चौधरी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत चौधरीले स्वास्थ्य र समृद्धिको लागि आयुर्वेद चिकित्सा पद्धतिलाई मुलधारमा ल्याउनु पर्ने बताएका छन। त्यसको लागी लुम्बिनी प्रदेश सरकारले आवश्यक निति नियम जनशक्ती र पुर्वाधारको लागी सरकारले आबश्यक सहयोग गर्ने बताए । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अबसरमा लुम्बिनी आयुर्वेद चिकित्सालयद्धारा आयोजीत कार्यक्रममा स्वास्थ्य मन्त्रीले उक्त कुरा बताएका हुन । मन्त्री चौधरीले अहिले वढिप्रचलनमा रहेको एलोप्याथिक पद्धति र आयुर्वेद पद्धतिलाई संन्तुलनमा ल्याउन सकेमात्र वैज्ञानिक प्रद्धतिवाट बढी चलनमा आएको एलोपेथिक र आयुर्वेद संन्तुलनमा आउने बताए ।मन्त्रीचौधरीले भने आयुर्वेद भनेको रोगलाग्न नदिने…

लुम्बिनी प्रदेशवाट सातौँ संविधान दिवसमा स्वास्थ्य क्षेत्रबाट क कसले पाए कुन पदक ?

स्वास्थ्यसमाचार/ ७औँ संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गर्नुभएको छ ।यीमध्ये केही पदक डाक्टर, नर्स, प्रयोगशालाकर्मी लगायतका स्वास्थ्यकर्मीहरुले पदक पाएका छन । लुम्बिनी प्रदेशमा स्वास्थ्य सचिब डा बिकास देबकोटाले सुप्रबल जनसेवा पदक पाएका छन। भने लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग बिषेषज्ञ डा श्रीधर आचार्यले सुप्रबल जनसेवा पदक पाएका छन । भने प्रबल जनसेवाश्री डा लोकेन्द्र देव भट्ट, तिलोत्तमा नगरपालिका,डा नन्दुप्रसाद पाठक, लुम्बिनी प्रादेशिक अस्पताल ,गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बर्दिया,जनसेवाश्री महेश कुमार कक्षपति, प्युठान अस्पताल पाएका छन । यता लुम्बिनी प्रदेशबाट प्रदेश सेवा समर्पण…

नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व चयन

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ।मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।संघको उपाध्यक्षमा डा खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य र सह-कोषाध्यक्षमा डा सुमन पौडेल चयन भएका छन्। सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।यसअघि संघको अध्यक्षमा विनोद पौडेल थिए। उनले पाँच कार्यकाल संघको नेतृत्व गरेका थिए।

संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनुभएको हो । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताउनुभयो । “सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो,…

शुध्दोधनमा योग र मनोचिकित्सा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ शुध्दोधन गाउँपालिका वडा नं २को खड्वा बनगाइ स्वास्थ्य चौकीमा योग र मनोचिकित्सा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी ग्रामीण विकास परिषद् नेपाल रुपन्देहीको आयोजनामा र शुध्दोधन गाउँ पालिका वडा न २ रुपन्देहीको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। शुध्दोधन गाउँपालिका वडा नं २का अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा शुध्दोधन गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुखआतिथ्यमा भएको सचेतना कार्यक्रममा मनोरोग विशेषज्ञ डा विक्रम काफ्ले र लुम्बिनी आयुर्बेद चिकित्सालय बुटबलका योगप्रशिक्षक बिष्णु हरी आचार्यले प्रशिक्षण दिएका थिए। उक्त कार्यक्रममा टोलबिकास संस्था स्वयमसेविका महिला समुहका अध्यक्ष जनप्रतिनिधि बुद्धिजीवी लगायतको सहभागी रहेको…