लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु रोग सम्बन्धी थप सेवाको विस्तार

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ट्रेडमिल टेस्ट (TMT)सेवा सुरु गरिएको छ। अस्पतालका वरिष्ठ कार्डियोलोजिस्ट डा. रोशन घिमिरेले एक व्यक्तिको परीक्षण मार्फत यो सेवाको औपचारिक सुरुआत गर्नु भएको हो ।

अस्पतालमा यो सेवा नयाँ हो र यसले मुटुको नसा बल्क भएको छ कि छैन भनेर जानकारी प्राप्त गर्न मद्दत  पुर्‍याउँछ डा. घिमिरेले भन्नु भयो ।, (TMT)परीक्षण गर्दा मुटुको नसाको अवस्था लगभग ७५ प्रतिशत थाहा पाउन सकिन्छ ।जसबाट बिरामीको एन्जियोग्राफी गर्नु पर्ने वा नपर्ने अबस्था देखिन्छ ।

डा. घिमिरेले  अस्पतालले यो सेवालाई निरन्तरता दिनुपर्ने वताउनु भयो । लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुरु भएपछि बुटवल र आसपासका नागरिकहरूलाई मुटुको नसाको अवस्था र परीक्षणमा थप राहत मिल्ने डा घिमिरेको भनाई छ ।

पछिल्लो समयमा लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ सेवा बिस्तार र थप हुदै गएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :