१२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल सञ्चालनका लागि तीनै तहको सरकारको सहकार्य आवश्यक: प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी शर्मा लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारले १,२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।तर, केन्द्र सरकारले १,००० शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै, संघ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । ’

हामीले मिलेर यी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ प्रधानमन्त्रीले भन्नुभयो,’सहकार्यबाट मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो,’मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको चिज हो। डेटा अन्त जान्छ । प्रविधिको धेरै विकास भएको छ। ठीक सदुपयोग गर्न सक्नुपर्छ ।

प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।’हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं उहाँले भन्नुभयो ।

साथै, उहाँले प्रदेशहरूले कानूनी संरचना निर्माण गर्दा संघीय सरकारद्वारा स्थापित मौजुदा कानुनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।’

संघ सरकारले बनाएका मौजुदा कानूनमा टेकेर प्रदेशहरूले विकास गर्नुपर्छ प्रधानमन्त्रीले भन्नुभयो,’ “प्रदेशहरूले आफैं कानून बनाउँदा धेरै कानून संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले मौजुदा कानुनहरूलाई आधार मानेर अघि बढ्न आग्रह आग्रह समेत गर्नु भयो ।

 

सम्बन्धित शिर्षक :