९ महिने बालकमा इस्पाइनल मस्कुलर एट्रोफी, सहयोगका लागि अपील

स्वास्थ्यसमाचार /गएको बैशाखमा रुपन्देहीको तिलोत्तमामा जन्मिएका ९ महिने बालक सृजम विष्ट अहिले ‘स्पाईनल मस्कुलर एट्रोफी’ रोगसंग लडिरहेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ४ नयाँमिलका महेन्द्र विष्ट र सिर्जना भट्टराईको पहिलो सन्तानको रुपमा जन्मिएका सृजमलाई सुरुका दिनमा त्यस्तो कुनै समस्या देखिएको थिएन ।सृजम जति बढ्दैगए उनमा सन्चो नभएको लक्षण देखिन थाल्यो । ‘चार महिनाको हुँदा टाउको ठूलो भएजस्तो, सन्चो नभएजस्तो महसुस भयो ।’ ९ महिने बालककी आमा सिर्जनाले भन्नुभयो–‘चेकजाँचको लागि अस्पताल लगियो, डाक्टरको सिफारिसमा भिडियो एक्स–रे गरेर हेर्दा पानी जमेको देखियो ।’ सिर्जनाका अनुसार बच्चामा केही समस्या छ भन्ने भयो…

पाल्पामा दुर्घटना रोक्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने

स्वास्थ्यसमाचार/ सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ । चालक, सहचालक र यात्रुको शारिरिक अस्वास्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रुपमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् । अभियान अन्तर्गत सवारी चालकदेखि यात्रुसम्मको स्वास्थ्य परीक्षण गरिनुको साथै सचेतना जगाईने छ । सडक दुर्घटनाबाट धेरै यात्रुले अकालमा ज्यान गुमाउनुका साथै घाइते भई अंगभंग…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसुको निर्देशन : सेवाग्राहीको गुनासो गर्ने ठाउँ नराख्नुस्

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना गर्न नहुने बताउनु भएको छ। । सेवालाई जनमैत्री बनाउँदै अस्पतालाई नमूनाको रुपमा बिकास गर्ने लक्ष्य अनुसार अघि बढ्न अस्पताल परिवारलाई आग्रह गर्नु भयो । अस्पताल र सेवाग्राहीसँगको अन्तरसम्बन्ध तथा सहज सञ्चारका लागि विहिबार आयोजना गरिएको अन्तरव्यैत्तिक सञ्चार बारे सहजिकरण गर्दै मेसु थापाले गुनासो आउने ठाउँ नराखी काम गर्न निर्देशन दिनु भयो । अस्पतालमा कुनै पनि चिकित्सक, स्वाथ्यकर्मी तथा कर्मचारीले गल्ती गरेको भेटिएमा छुट नदिने चेतावनीसहित उनले सेवामा केन्द्रित रहन निर्देशन दिनुभयो । अस्पतालका प्रत्येक चिकित्सक, स्वास्थ्यकर्मी…

गुल्मी अस्पतालमा नसर्ने रोगका लागि पेनप्लस क्लिनिक सञ्चालनमा

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालनमा ल्याएको छ ।सदरमुकामस्थित गुल्मी अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि उक्त सेवा संचालनमा ल्याएको हो। बालबालिका र किशोर किशोरीका लागि लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । यस सेवाबाट स्थानीय तहमा पनि नसर्ने रोग सम्बन्धि अन्तरक्रिया भइरहेको छ । अस्पतालमा पुग्ने बिरामीहरुले नसर्ने रोगको बारेमा जानकारी नहुँदा धेरै अन्योलमा पर्ने र यो सेवाले बिरामीहरुलाई सहयोग पुग्ने कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिनुभयो । यहाँ आउने दीर्घरोगी नसर्ने रोगका बिरामीहरुलाई छुट्टै पेनप्लस क्लिनिक स्थापना…

दुर्गा नर्स भएकै कारण स्वास्थ्य सचिवको नियुक्ति रद्द गरिएको हो? :गोनान

स्वास्थ्य समाचार नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठको नियुक्ति रद्द गरिएकोमा सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल(गोनान)ले आपत्ति जनाएको छ। गोनानले आज विज्ञप्ति जारी गरी यस विषयमा आपत्ति जनाएको हो । प्रमुख अस्पताल नर्सिङ प्रशासक श्रेष्ठलाई गतसाता लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवको पदमा नियुक्त गरिएको थियो । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रहनुभएकी ११औँ तहकी श्रेष्ठलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो ।तर नियुक्ति भएको केही दिनमा नियुक्ति रद्द गरिएको सूचना प्रकाशित भएकोप्रति ध्यानआकर्षण भएको गोनानले जनाएको छ । उहाँलाई महिला र नर्स भएकै कारण अपमानित गरी नियुक्ति रद्द गरिएको संघले…

लुम्बिनीमा स्वास्थ्य सचिब डा. पन्थीलाई यथावत दुर्गाको नाम हटाइयो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डा जर्नादन पन्थीलाई यथाबत राखिएको छ। केही दिन अघि ‘प्रमाणीकरण’ भएको भनिएको प्रस्तावमा तीन जनाको नाम फेरबदल र एक जनाको कार्यालय परिवर्तनपछि मङ्गलवार पत्र वितरण गरेको हो । मन्त्रालयले पठाएको प्रस्तावमा उल्लेखित केही नामावली परिवर्तनपछि मुख्य सचिव डा. बैकुष्ठ अर्यालले आज प्रमाणीकरणको पत्र मन्त्रालय पठाएसँगै पत्र बाँड्न थालिएको एक सहसचिवले बताए । दुर्गालक्ष्मी श्रेष्ठको नाम हटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत प्रमुख अस्पताल नर्सिङ प्रशासक रहेकी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको थियो ।  सरकारले पन्थीलाई स्वास्थ्यमन्त्रालयमा नै यथाबत राखेको थियो।…

साबिकका अञ्चल अस्पतालमा अब नर्सिङ पढाउँछौँ :सचिव डा. पोखरेल

स्वास्थ्यसमाचार/सरकारले साबिकका अञ्चल अस्पतालहरूमा नर्सिङ पढाउने सरकारले तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार एकदेखि तीन सय शैयासम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउन लागिएको हो । उनका अनुसार यो तयारीले केही दिन भित्रै मन्त्रिपरिषदबाट निर्णय भएर मूर्त रूप लिनेछ । ‘एकसयदेखि तीन सय बेडमुनिका जुन अस्पतालहरू छन् नेपाल सरकारका छन् । चाहे ती प्रादेशिक हो वा चाहे केन्द्रमा तिनीहरूमा नर्सिङ पढाउन सकिन्छ कि सकिँदैन रु पढाउने गरी हामीले नीगितगत रूपमा पास गर्‍यौँ । अब तीन दिन भित्र मन्त्रिपरिषद् लान्छौँ’ सचिव पोखरेलले जानकारी दिए । सोमबार…

चिकित्सा र नर्सिङका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री

स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ । त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ ।” चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले भने, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौँ । स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका…

रुकुम पश्चिममा खुकुरी प्रहार वाट १४ वर्षीय वालकको मृत्यु एक घाइते

स्वास्थ्य समाचार/रुकुम पश्चिममा एक बालकको खुकुरी प्रहारबाट हत्या भएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ११ मा रोल्पाको परिवर्तन गाउँपालिका ४ पाछावाङका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । अर्का एकजना घाइते भएका छन् । मुसीकोट नगरपालिका ११ काफलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले डांगीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट मुसीकोट नगरपालिका ११ कै ४१ वर्षीय सुकलाल पुन घाइते हुनु भएको छ ।डिएसपी भट्टराईका अनुसार डाँगीको घाँटी रेटेर हत्या गरिएको छ ।…

तिलोत्तमा नगरप्रमुख खाँणद्वारा ॐ महिला तथा बाल अस्पतालको उद्घाटन

स्वास्थ्यसमाचार/  स्वस्थ, स्वच्छ र सभ्य समाज निमार्णका लागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्ने सरोकार वालाहरूले बताएका छन।तिलोत्तमामा खुलेको ॐ महिला तथा बाल अस्पतालको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले कुनैपनि स्वास्थ्य उपचारको अभावमा मृत्यु बरण गर्नपर्ने अबस्थाको अन्त्य कालागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा जोड दिएका हुन । उदघाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले भौतिक बिकास संगै मानविय बिकास जरुरी रहेकाले स्वास्थ्य र शिक्षाका क्षेत्रमा तिलोत्तमा लाई अगाडी बढाउने रणनीतिक हिसाबले अघि बढेको बताउनु भयो। नगरप्रमुख खाँणले तिलोत्तमा स्थापना भएकोे ॐ महिला तथा बाल अस्पतालको…