एचआईभी संक्रमितको समुदायमा पुर्नस्थापना गर्न साझा पहल जरुरी

स्वास्थ्य समाचार/ रुपन्देहीमा रहेका एचआईभी संक्रमितहरुको समुदायमा पुर्नस्थापना गर्न सबैको साझा पहल जरुरीरहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

एचआईभी एड्सको विषयमा काम गर्दै आएका सरोकारवाला संघ संस्थारुले एच आईभी शुन्य बनाउनको लागि हातेमालो गरेर लाग्नुपर्ने कुरामा जोड दिएका हुन । स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा एएचएफ नेपालको अर्थिक सहयोगमा एचआईभी एड्स कार्यक्रमको अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापाले एचआईभी भएका व्याक्तिहरुको लागि समाजमा पुर्नस्थापना गर्नको लागि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएका हुन ।

समाजमा अहिले पनि एचआईभी लागेको व्याक्तिलाई नराम्रो दृष्टिकोणबाट हेर्ने गरेको भन्दै उनले एचआईभी संक्रमित बाट अन्य व्याक्तिमा एचआईभी नसर्ने र समाजमा सहज रुपमा जिविको पार्जन सहित बाच्ने वातवरण निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने बातएका हुन । कार्यक्रममा जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले ३ महिनामा प्रगति राम्रो रहेको भन्दै ए एचएफ नेपालले एचआईभीको क्षेत्रमा नमुनायोग्य काम गरेको बताए ।

उनले सिमा क्षेत्रमा आउने र जानेहरुको लागि एचआईभी टेष्टीङ्ग लगायतका काममा समेत एएचएफ नेपाल राम्रो काम गरेको बताएका थिए । उनले एचआईभी भएका व्याक्तिहरुको लागि माक्स, ग्लव्स, कण्डम लगायतका उपकरण चाहिएमा जिल्ला स्वाथ्य कार्यालय आउनको लागि समेत आग्रह गरे । कार्यक्रममा एण्ड हेल्थकेर फाउन्डेसन नेपाल(एएचएफ) नेपालका लुम्बिनी प्रदेश प्रमुख धर्मराज भट्राईले प्रस्तुतीकरण गर्दै हाल प्रादेशिक अस्पतालबाट सेवा लिने एचआईभी संक्रमितहरुको संख्या १ हजार ५ सय २५ जना रहेको बताएका थिए ।

उनले एचआईभी संक्रमित संगै आश्रीत परिवारको सहयोगको लागि समेत संस्थाले आयआर्जनका लागि रि युजेवल सेनेटरी प्याड बनाउने तालिम समेत प्रदान गरेको जानकारी दिदै जसले आय आर्जनका लागि राम्रो भूमिका खेलेको बताएका थिए ।

समिक्षा कार्याक्रममा जिल्ला स्वाथ्य कार्यालय भैरहवाका टिबी तथा एचआईभी फोकल पर्सन अधिकृत हिमाल खनाल, बुटवल उपमहानगरपालिका स्वाथ्य शाखा प्रमुख युवराज पाण्डे, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फोकल पर्सन भिम ज्ञवाली लगायत एक्लोलाई शाहरा दिने वृक्ष रुपन्देहीका मलिना न्यौपाने लगायतका नमुना, आस्था समुह लगायतका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :