समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

स्वास्थ्यसमाचार/ विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ । रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा ९रेटिना०बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले साताभरी विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइरहेको जनाएको छ । यो रोग करिब १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिन्छ र यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको छ । प्रतिष्ठानले अस्पताल…

हृदयघातवाट महाराजगंज कांग्रेस उम्मेदवारको कुर्मीको निधन

स्वास्थ्यसमाचार /कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ। उनको गएराति हृदयघातका कारण निधन भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो। कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन्। स्थानीय तह निर्वाचन ऐन २०७३ मा व्यवस्था भए अनुसार उम्मेदवारको मृत्यु भए निर्वाचन स्थगित हुन्छ । मतदानको मिति सात दिनभन्दा कम भएको अवस्थामा नयाँ निर्वाचन कार्यक्रम बनाएर मतदान गर्ने व्यवस्था गरिएको छ । यदि सात दिनभन्दा अघि…

देवदह नगरपालिकामा मातृशिशु स्याहार तथा पोषण कार्यक्रम सफल

स्वास्थ्यसमाचार/  देवदह नगरपालिकाले गर्भवती, सुत्केरी र शिशुको स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम सफल पारेको छ ।नगरपालिकाभित्रका सबै स्वास्थ्यकेन्द्र र अस्पतालबाट सबै वडामा गर्भवती महिला, सुत्केरी तथा नवजातशिशु स्याहार तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरी कुपोषण न्यूनीकरणमा समेत पहिलो चरणको काम शतप्रतिशत सफल भएको हो । विगत केही वर्षयता आमा तथा शिशु स्वास्थ्य सेवा देवदह नगरपालिकामा प्रभावकारी भएको स्थानीयले बताए । मातृशिशु मृत्यूदर घटाउने र स्वस्थ मानव सहर बनाउने उद्देश्य रहेको नगरपालिकाको भनाइ छ । विसं २०७४ सालमा भएको निर्वाचनबाट स्थानीय सरकारका रूपमा नयाँ जनप्रतिनिधि आएपछि देवदहमा विगतमा जस्तो गर्भवतीको स्वास्थ्य परीक्षण,…

निर्वाचनमा रगत अभाव नहोस भनेर युवाहरुद्धारा रक्तदान, ६१ युनिट रगत सङ्कलन

स्वास्थ्यसमाचार/ आसन्न चुनाबलाई मध्यनजर गरि गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियानले संयुक्त रुपमा रक्तदान गरेका छन। आज बुटबलमा उनीहरुले ६१ युनीट रगत संकलन गरेका हुन । बिर गोर्खाली अभियान रुपन्देहीका संयोजक चिरन क्षेत्रीका अनुसार अहिलेको परिस्थिति लाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपत लाई केहि हद सम्म भए पनि न्यूनीकरण गर्न र रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बिर गोर्खाली अभियान संञ्चालन गरिएको बताए। उक्त कार्यक्रममा ६१ युनीट रगत संकलन भएको सस्थाका अध्यक्ष भरत पुरी ले बताए । समाजिक अभियान्ता ईश्वर मल्ल…

बुटवलका औषधी व्यवसायी र स्वास्थ्यकर्मी पाँच दलीय गठबन्धनको पक्षमा

स्वास्थ्यसमाचार/ बुटवलका औषधी व्यवसायी र स्वास्थ्यकर्मीहरु पाँच दलीय गठबन्धनको पक्षमा खुलेका छन् । उनीहरुले गएको पाँच वर्षमा एमालेले जितेर पनि आफूहरुको पक्षमा केही काम गर्न नसकेको बताउँदै यो निर्वाचनमा खुलेर पाँच दलीय गठबन्धनको पक्षमा लाग्ने र अरुलाई पनि पाँच दलीय गठबन्धनको पक्षमा मतदानमा सहभागि गराउने प्रतिवद्धता व्यक्त गरे । नेपाल स्वास्थ्यकर्मी संघ तथा बुटवलका औषधी व्यवसायीहरुले शनिबार बुटवलमा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उपमेयरका उम्मेदवारसंग भेटघाट गरी मेयरमा खेलराज पाण्डेय र उपमेयरमा चिनबहादुर गुरुङलाई जिताउन आफूहरु प्रतिवद्ध भएर लाग्ने बताएका हुन् । उनीहरुले एमालेले जितेर गएपछि गएको पाँच वर्षसम्म आफूहरुका…

एमालेको प्रतिबद्धता :सेमराबजारमा पनि १५ शैंयाको अस्पताल

स्वास्थ्यसमाचार/ नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने भएको छ । स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको तिलोत्तमा नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइने उल्लेख गरेको हो । जमिनको स्वामित्व प्राप्त नहुँदा अस्पताल निर्माणमा अलमल भैरहँदा अहिलेका जनप्रतिनिधिहरुको पहलमा स्वास्थ्य चौकीको नाममा १६ कठ्ठा ५ धुर जग्गाको लालपूर्जा २०७८ जेठ २७ गते प्राप्त भएको थियो । मन्त्रिपरिषद्को २०७७ चैत ३० को बैठकले सरकारको नाममा रहेको सार्वजनिक जग्गा स्वास्थ्य चौकीलाई उपलब्ध…

बुटवलमा गठबन्धनको सङ्कल्प पत्र सार्वजनिक: दुई नगर अस्पताल र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराउने

स्वास्थ्यसमाचार/ बुटवलमा पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनाबी संकल्प पत्र सार्वजनिक गरेको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै पाँचदलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो । बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गर्नु भएको हो । संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि…

सैनामैनामा सिकलसेलका विरामीको निशुल्क उपचार गर्ने गठबन्धनको योजना

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैनामा गठबन्धनका उम्मेदवारहरुले जनताको समस्या, आवश्यकता र पिडामा एकाकार हुने प्रतिवद्धता समेत जनाएका छन । गठबन्धनका तर्फबाट सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले थारु जातिमा हुने सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचारको व्यवस्था गर्ने प्रतिवद्धता जनाए। सैनामैनाका गठबन्धनका उम्मेदवारहरुले घरदैलो गर्दै जनताका समस्या नजिकबाट बुझ्ने र सुन्ने गर्दै यस्तो बताएका हुन ।थारु जातिमा रक्त अल्पताका कारण हुने यो रोगका विरामीलाई सैनामैनाका जनप्रतिनिधिले कुनैपनि उपचारको व्यवस्था नगरेको बताउँदै प्रमुखका उम्मेदवार शर्माले आफूहरु निर्वाचित भएमा सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाए । उनले सिकलसेल एनिमियाको रोगसंगै सैनामैनामा…

नेपाल फार्मेसी संघ दाङ शाखाको अध्यक्षमा पुनः अधिकारी

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ दाङ शाखाको अध्यक्षमा पुनः सुलभ अधिकारी चयन भएका छन् । दाङको घोराइस्थित एक होटलमा शनिवार भएको दोस्रो अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा कृष्ण पोख्रेल र वसन्त योगी, महासचिवमा अजय कुमार केसी, सचिवमा दया ज्ञवाली, सहसचिव विनय सापकोटा चयन भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा भागीराम खड्का, सहकोषाध्यक्षमा लिला पौडेल चयन भएकी छिन । त्यस्तै, सदस्यहरूमा भिम बस्नेत, चन्द्र प्रकाश श्रेष्ठ, सागर आचार्य, रोजिना वली, निरज पौडेल र जानकी वली चयन भएकी छिन । संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो…

मातातीर्थ औँसी :यसरी राख्नुहोस् आमाको स्वास्थ्यको ख्याल

स्वास्थ्यसमाचार/आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु आमातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् । मातातीर्थ औँसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ । मातातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन । आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको…