एचआइभी चुनौती, बाधा तथा अधिकार उल्लंघन सम्वन्धि प्रदेश स्तरिय गोष्ठी सम्पन्न

एचआईभीस्वास्थ्यसमाचार/लक्षित  समूहद्वारा अनुभव गरिएका चुनौती, बाधा तथा अधिकार उल्लंघन सम्वन्धित प्रमाणमा आधारित वकालत विषयक प्रदेश स्तरिय कार्यगोष्ठी सम्पन्न भएको छ। आशा ज्योति सेवा समुहको आयोजना सेभ द चिल्ड्रेन,ग्लोबल फन्ड को आर्थिक सहयोग तथा एनपीएन लुम्बिनीको समन्यनमा कार्यक्रम भएको हो।

उक्त प्रदेश स्तरिय कार्यगोष्ठीमा बोल्दै एनपीएन लुम्बिनीका प्रदेश संयोजक अर्जुन ज्ञाबलीले कार्यक्रमको बारे जानकारी गराउदै लुम्बिनी प्रदेशले स्वास्थ्य निति बनाउदा समेत एचआई नसमेटेको बताउनु भयो। उहाँले लुम्बिनी प्रादेशिक अस्पतालमा एआरटी सेन्टर र सवगृह एकै ठाउँमा भएकोले अनेत्र ब्यबस्थापन गर्नु पर्ने बताउनु भयो। संस्थाले संक्रमितिको उपचार तथा अन्य शिक्षा पोषणमा पनि यस संस्थाले सहयोग गरेको वताउदै स्थानिय पालिका प्रदेशले यस क्षेत्रमा अझ बढि चासो देखाउनु पर्ने बताउनु भयो ।

आशा ज्योति सेवा समुहका अध्यक्ष सुजाता अधिकारीले बिगत १८ बर्षदेखी यो संस्थाले एचआईको क्षेत्रमा काम गरेको बताउदै सुरुमा चिकित्सले समेत बिरामीलाई नछोईकन औषधीलेख्ने अबस्थाबाट अहिले सम्म आउदा धेरै परिबर्तन भएको बताउनु भयो ।

उपचार सहयोग आयआर्जनका क्षेत्रमा स्थानिय तहले बजेट बिनियोजन गर्नु पर्ने बताउदै उहाले लुम्बिनी प्रादेशीक अस्पतालमा गर्भबतीमहिलाको मात्र नभएर सबैको अप्रेशन हुनुपर्ने बताउनु भयो। गर्भवति बाहेक अन्यको अहिले पनि काठमान्र्डाैको बिर अस्पताल र पाल्पाको मिशनमा रिफर गर्नेकाम भएको बताउदै लुम्बिनी प्रदेशीक अस्पतालमा यो ब्यबस्था मिलाउन सबै पक्ष संग आग्रह गर्नु भयो।

कार्यक्रममा बुटबल उपमहानगरपालिका का स्वास्थ्य शाखा प्रमुख युवराज पान्डेलेले एचआईभीका क्षेत्रमा काम गरेका संस्थाहरुले डाटा नगरपालिकामा ल्याउन आग्रह गर्नु भयो उहाले फरक फरक संस्थाका डाटा आउछन समस्या के छन र के गर्नपर्छ नगरपालिका तयार रहेको बताउनु भयो। उहाले अहिले पनि शिक्षा र पोषणा लागी १७ बर्ष मुनिका बालबालिकालाई मासिक ३ हजार दिने गरि बजेट बिनीयोज भएको भएपनि नियम राजपत्रमा प्रकाशित नभएकोले केहि समस्या भएको बताउनु भयो।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासकिय प्रमुख राजन केसीले लुम्बिनी प्रादेशिक अस्पतालमा एआरटी सेन्टरको ब्यबस्थापन हुदै रहेको गर्भबती बाहेक अन्यको पनि अप्रेशकको लागी छलफल भैरहेको र अहिले निशुल्क गर्ने अबस्था नरहेको बताउनु भयो। उहाले प्रदेश आपुर्ति तथा बिभिन्न सहयोगी संस्थाहरुले आबश्यक सर्जिकल किटको ब्यबस्था गरिदिए अस्पतालमा यो समस्या समाधन हुने बताउनु भयो। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशकनालका निमित्त निर्देशक रामजनम कुर्मीले पहिले भन्दा धेरै प्रगती भएको बताउनु भयो।

अहिले प्रदेशबाट बजेट नभएको कारण केहि काम नभएको र आगामी बर्षबाट बजेट बिनीयोज गरी नभएका काम र अब गर्नु पर्नेकाम गर्ने बताउनु भयो। कार्यक्रममामा प्रमुख अतिथी प्रदेश आपुर्ति केन्द्रका प्रमुख रोशनलाल चौधरीले यस क्षेत्रमा समस्या भएपनि केहि समाधान हुदै गएका र लुम्बिनी प्रादेशिक अस्पतालमा सर्जरी किटको ब्यबस्थाका लागी पहल गरिरहेको र आगामी आर्थिक बर्षबाट यो समस्या समाधान हुने बताउनु भयो। उहाले प्रदेश स्वास्थ्य नितिमा एचआईको बारेमा उल्लेख नभएको बारे यसलाई थप गर्ने बताउनु भयो।

कार्यक्रम एएच एफका धर्मराज भटट्राई स्वास्थ्य निर्देशनालयका राम प्रसाद भट्राई, खिमलाल पान्डेय प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सुमन सापकोटा जिल्ला स्वास्थ्य कार्यलयका हिमाल खनाल लगायत सहभागी कार्यक्रममको संञ्चालन लुम्बिनी प्रादेशिक अस्पतालका एचआईभी फोकल प्रशन भिम ज्ञाबलीले गर्नु भएको थियो

सम्बन्धित शिर्षक :