स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र राज्यमन्त्रीमा हिरा केसी सिफारिस

स्वास्थ्यसमाचार /स्वास्थ्य मन्त्रीमा भवानीप्रसाद खापुङलाई नियुक्त गर्ने तयारी भइरहेको छ। एकीकृत नेकपा समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई मन्त्री बाट फिर्ता बोलाएसगै राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले यसअघि सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँलाई सो अवसर दिने निर्णय गरेको थियो । सोही अनुसार सबै मन्त्री फिर्ता हुने भएका छन् । सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  जसमा जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, शेरबहादुर कुँवर…

गुल्मी अस्पतालमा बिरामीको विवरण अनलाइनबाटै हेर्न सकिने

स्वास्थ्यसमाचार/ जिल्ला अस्पताल गुल्मीले बिरामीको स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ। अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको हो । यो सुविधाले रोगको निदान र उपचारको गुणस्तर बढाउने अस्पतालले जनाएको छ । यससँगै अस्पतालले स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु समेत कार्यान्वयन गरेको छ । स्वास्थ्य बीमा बोर्ड प्रवद्र्धित स्वास्थ्य बीमामा आवद्व विरामीहरुको इलिजिविलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्ने सकिने र बीमा दावी पनि इएमआर…

नेपालमा धुमपानको सेवनबाट वार्षिक २७ हजार नेपालीको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। सुर्तीजन्य पदार्थको सेवनका कारण २७ हजार १३७ मानिसको मृत्यु हुने गरेको हो जुन संख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो। विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ। सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य…

सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गरिने

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने वताए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि सरकारले ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरेको वताए । यस्तै बुटवलमा मेडिकल कलेज लाई निमार्ण गरिने छ।

बजेट : स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन

स्वास्थ्यसमाचार /सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब ३९ करोड कम हो । गत आर्थिक वर्षमा स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रहेको थियो । पछि, कोभिड खोपका लागि छुट्टै बजेट २५ अर्ब बजेट थप गरेर १ खर्ब ४७ अर्ब पु¥याइएको थियो । स्वास्थ्यमा बजेट घटाएर सार्वजनिक गरेको सरकारले…

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट, प्रदेशलाई ६ अर्ब र स्थानीय तहलाई २७ अर्ब

स्वास्थ्यसमाचार/ आगामी आर्थिक वर्षका लागि स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ०८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । स्वास्थ्यका विभिन्न महत्वकांक्षी योजनाहरुमा खर्च गर्न स्वास्थ्यतर्फ सरकारले यो बजेट बिनियोजन गरेको हो । अर्थमन्त्री शर्माकाअनुसार स्वास्थ्यका लागि प्रदेशलाई ६ अर्ब ३६ करोड रुपैयाँ बिनियोजन गरिएको छ भने स्थानीय तहलाई २७ अर्ब ४४ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

मेयर र उपमेयर द्वारा भिम अस्पतालका बिरामीलाई फलफूल बितरण

स्वास्थ्यसमाचार/  गणतन्त्र दिवसको अवसर पारेर सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खान र उप प्रमुख उमा अधिकारीले बिरामीलाई फलफुल बितरण गरेका छन् । गणतन्त्र दिवसको अवसरमा भैरहवा स्थित भिम अस्पतालमा गएर उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै करीव ४० जना बिरामीलाई फफुल बितरण गरेका हुन् । सो अवसरमा बोल्दै मेयर खानले आर्थीक समस्याका कारण कोही पनि नेपाली नागरीक स्वास्थ्य उपचारबाट बञ्चित हुन नहुने भन्दै नगरवासीको स्वास्थ्य जिवनकोलागी नगरपालीका गभींर रहेको बताए । सामुदायीक अस्पतालको स्तर बृद्धी गरी सर्वशुलव एवं निःशुल्क स्वास्थ्य सेवा प्रभाव गर्न नगरपालीका लागी पर्ने उनले बताए । उनले…

यी दुई तरिकाबाट पत्ता लगाउन सकिन्छ मंकीपक्स संक्रमण

काठमाडौं/मंकीपक्स भाइरस युएईसहित २० देशमा फैलिइसकेको छ। कोरोना भाइरसपछि यसले विश्वभर महामारीको रुप लिनसक्ने आशंका व्यक्त गरिँदैछ। यहीबीच अनुसन्धानकर्ताहरु यसको उपचार र परीक्षणमाथि अनुसन्धान गरिरहेका छन्। हालै ल्यान्सेट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार मंकीपक्स भाइरस रगत तथा घाँटीको स्वाब परीक्षणबाट पत्ता लगाउन सक्ने उल्लेख छ। यस्तै, यो भाइरसमा एन्टिभाइरल औषधिले पनि काम गर्नसक्ने जनाइएको छ। दि ल्यान्सेट इन्फेक्सियस डिजिज जर्नलमा मंगलबार प्रकाशित अध्ययनमा उल्लेख गरिएअनुसार अफ्रिकाबाहिरका अस्पतालमा देखिएका संक्रमणबारे अध्ययन गरिएको थियो। जसमा संक्रमितको उपचारका लागि दुई एन्टिभाइरल औषधिहरु ब्रिनसीडोफोभिर र टोकोभिरिम्याटको पहिलो ‘अफ लेभल’ उपयोग गर्दा बिरामीमा देखिएका प्रतिक्रियाबारे पनि…

१५औ गणतन्त्र दिबशको अबसरमा स्वास्थ्य मन्त्रालय बुटबलमा रक्तदान

स्वास्थ्यसमाचार/ १५औ गणतन्त्र दिबशको अबसरमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले रक्तदान कार्यक्रम गरेको छ। उक्त रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ नर्सिङ अधिकृत नेहा थापाले बताईन। उनले मन्त्रालयमा आयोजीत कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्यकर्मि रक्तादाताहरु स्वास्थ्यमन्त्रालयका कर्मचारी लगायतले रक्तदान गरेको थापाले बताईन। रक्तदानगर्नको लागी नेपाल रेडक्रस सोसाईटी बुटबल शाखाले सहयोग गरेको थियो। सरकारले ३ दिन सम्म १५औ गणतन्त्र दिबश मनाउने भएको छ।गणतन्त्र दिबशको अबसरमा भोली १५ गते सार्वजानीक बिदा दिएको छ।

सपना परियोजना समीक्षा :बालबालिकाको समग्र बिकासमा सबैले ध्यान दिऔ !

प्रदेश स्तरीय बालबालिका सपना परियोजना समीक्षा बैठक तथा कोभिड १९ प्रतिकार्य परियोजना समापन गरिएको छ। थारु महिला उत्थान केन्द्रद्वारा सञ्चालित बालबालिकाको सपना परियोजनाको आयोजना, स्वास्थ्य निर्देशनालय लुम्बिनीको सहकार्य र प्लान ईन्टरनेसनलको सहयोगमा बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच समिक्षा गरिएको हो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दामा कुमारी शर्माले थारु महिला उत्थान केन्द्रले बच्चाहरु तथा बालबालिकाको क्षेत्रमा गरेको कार्यको प्रसम्सा गर्दै सहकार्य गर्न प्रदेश सरकार साथमा रहेको बताईन। उनले समाज बिकासका लागि काम गर्न आवश्यक रहेको बताउदै सबै समुदायको समान बिकासका लागि काम गर्नुपर्ने बताईन। उनले निजि तथा बिदेशी…