रेसुङ्गा नगरपालिकाद्वारा गुल्मी अस्पतालमा सि-आम मेशिन मेसिन हस्तान्तरण

स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई २८ लाख मूल्यको हाडजोर्नी शल्यक्रियाका लागि सि-आम मेशिन मेसिन उपलब्ध गराएको छ ।

नगरपालिकाले मंगलबार गुल्मी अस्पताल बिकास समिति अध्यक्षको रोहवरमा हाडजोर्नी बिशेषज्ञलाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।

जिल्ला सदरमुकाममा रहेको गुल्मी अस्पतालमा हाडजोर्नी सेवालाई सहज बनाउनका लागि उक्त मेसिन हस्तान्तरण गरिएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

गुल्मी अस्पतालमा बिशेष डाक्टरको अभावका कारण हाडजोर्नी लगाएतका समस्या भएका बिरामीहरुका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ आइसकेपछि डाक्टरलाई टिकाइ राख्न नगरपालिकाले तलब बराबरको सेवा सुविधा उपलब्ध गराएको छ । बिरामीहरुका लागि हाडजोर्नीको सेवा दिँदा जनशक्ति र आवश्यक मेसिनरी सामग्रिको अभावमा समस्या परेको थियो ।

नगरपालिकाले सी–आर्म मेसिन उपलब्ध गराएपछि थप सेवा उपलब्ध गराउँन सहज पुग्ने हाडजोर्नी विशेषज्ञ डाक्टर प्रदिप सिवाकोटीले बताए ।

नगर प्रमुख पन्थीले अस्पतालमा आवश्यक सामग्रिको अभावमा केही पनि बिरामीहरु सेवावाट बञ्चित हुनुहुँदैन भन्दै सबैले गुल्मी अस्पताल मेरो अस्पताल भन्ने ठानेर अझै अव्बल रुपमा सेवा प्रवाह गर्ने काममा लाग्नु पर्नेमा जोड दिए । यस अघि नगरपालिकाको पहलमा गुल्मी अस्पताललाई ६५ लाख भन्दा बढी मूल्य बरावरको पाँच वटा डायलोसिस मेसिन हस्तान्तरण गरिसकेको छ ।

रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा अर्थोपेडिक सेवा र गाइनोको विशेषज्ञ सेवा समेत सञ्चालन भइरहेको छ ।

सी–आम मेसिन हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, गुल्मी अस्पतालका प्रमुख डा.राजेन्द्र जिसी, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :