लुम्बिनी प्रादेशिक अस्पतालको विकास हातेमालो गर्न आवश्यक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सर्वशुलभ र गुणस्तरिय सेवा प्रवाह तथा विकास   सन्दर्भमा  छलफल तथा अन्तरक्रिया गरिएको छ ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न दलका नेता तथा सरोकारवाला व्याक्तिहरुले यस क्षेत्रको गहनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसार विकास हुनुपर्ने कुरामा जोड दिएका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बोल्दै अस्पतालको अविलम्ब गुरुयोजना अनुसारको भवन निर्माण अगाडी बढाउनुपर्ने वताउनु भयो।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले अस्पताल सबैको साझा सम्पत्ती भएको कारण यसको श्रीवृद्धिमा सबै जना लाग्नुपर्नेमा बताउनु भयो ।

अन्तरक्रियामा राष्ट्रिय जनमोर्चा रुपन्देहीका जिल्ला सचिव टान बहादुर केसी, एकिकृत समाजवादी नगर अध्यक्ष चिन बहादुर गुरुङ्ग, अस्पताल विकास समितिका सदस्य लक्ष्मी खनाल, मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापाक्षेत्री, अस्पताल विकास समितिका पुर्व अध्यक्षहरु बाबुराम भट्राई, पुनारामा पोखरेल, सुर्य बहादुर भट्राई लगायत पुर्व मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, मनोहर जोसी लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।

सोही कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पताका अध्यक्ष एजाज आलम, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक, रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री, स्वमसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, तिलोत्तमा अस्पतालका अध्यक्ष राम प्रसाद खरेल लगायतको सहभागीता रहेको थियो ।

अन्तरक्रियामा उठेका सवालमा अस्पतालका मेसु डा. सुर्दशन थापाक्षेत्रीले अस्पतालललाई थप गुणस्तरिय बनाएर सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष अजमान श्रेष्ठले अस्पतालका विकासका लागि सबै जना हातेमालो गरेर अगाडी बढ्नुपर्ने मा जोड दिएको थियो । कार्यक्रम संञ्चालन अस्पतालका शाखा अधिकृत राजन केसीले गर्नु भएको थियो।

 

सम्बन्धित शिर्षक :