स्वास्थ्यसमाचार / सैनामैना नगरपालिकामा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सैनामैनाको वाँसगढी आधारभुत स्वास्थ्य चौकी सैनामैना नगरपालिका वडा नं १मा तथा बिद्यालयमा सिकल सेल तथा थालसेमिया रोग समन्धि जानकारी दिने उदेश्यले स्थानिय तथा बिद्याथीहरुलाई अभिमुखीकरण गरिएको हो। सैनामैना नगरपालिका वडा नं ८का वडा अध्यक्ष बुद्धिराम चौधरीकोे अध्यक्षता जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका मलेरिया निरिक्षक रत्नलाल शर्मा सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरी प्रसाद न्यौपाने स्वास्थ्य शाखाका दिपक पान्डेय आधारभुत स्वास्थ्य केन्द्र बाँसगढीका प्रमुख बिन्दु अर्याल पत्रकार चन्द्रकान्त खनालको आतिथ्यतामा भएको कार्यक्रममा सिकलसेल…
अस्पताल
ए.एच.एफ नेपालले सरकार सग थप ५ बर्ष सहकार्य गर्ने
स्वास्थ्यसमाचार/ एचआईभी संक्रमितहरुको सामाजमा पुर्नस्थापना, संक्रमण थप फैलिन नदिँन र एचआईभी लाग्न नदिनका पुर्व सचेतना लगायतका विविध विषयमा सबैजनाले साझा पहल गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । स्वाथ्य निर्देशनालयको आयोजना तथा एड्स एल्थकेयर फाउन्डेसन नेपालको संमन्वय र सहयोगमा बुटवलमा भएको प्रादेशिक नयाँ पञ्चबर्षिय परियोजना शुभारम्भ बारे जानकारी दिन आयोजित सरोकारवालाहरुको बैठकमा सहभागीहरुले एचआईभीको संक्रमण शुन्यमा पु¥याउनको लागि सबै जनाले हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले एचआईभी संक्रमितहरुको समाजमा पुर्नस्थापनाका लागि स्थानीय तहबाट गर्नुपर्ने सहयोग गर्नको लागि…
लुम्बिनी प्रादेशिक अस्पताललाई एक नम्बर बनाउंछु :अध्यक्ष श्रेष्ठ
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार अस्पतालमा आयोजित पद वहाली कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफू बुटवलको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन निस्वार्थ भावनाले काम गर्ने बताए । उनले आफूले उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवसंगै विज्ञहरुसंग राय सुझाव लिएर अस्पताललाई नमूना बनाउने गरी काम गर्ने बताए । ‘मलाई कुनै लाभ लिनु छैन, म प्रशासन चलाउन आएको पनि हैन’–अध्यक्ष श्रेष्ठले भने–‘म अस्पताल प्रशासनलाई सहयोग…
बिरामी जाँच, उपचार तथा सरसफाईमा अब्बल बन्दै गुल्मी अस्पताल
स्वास्थ्यसमाचार/गुल्मी अस्पतालको सेवा अब्बल बन्दै गएको छ । बिरामी जाँच, उपचार तथा सरसफाईँमा अस्पताल अब्बल बन्दै गएको हो । जिल्लामा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार शुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको सल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार शुरु भएको अस्पतालले जनाएको छ । इस्मा गाउँपालिका ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भैरहेको छ । लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको…
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै
स्वास्थ्यसमाचार/ राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ। श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस्मा उपचार हुनेछ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना
स्वास्थ्यसमाचार/ राष्ट्रपति रामचन्द्र पौडेल बिरामी पर्नुभएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको अस्तपालले जानकारी दिएको छ । शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ प्रसाद थपलियाका अनुसार पौडेल आज अस्पताल भर्ना हुनुभएको हो । चिकित्सकहरुले उहाँको उपचार गरिरहेको थपलियाले जानकारी दिनुभएको छ ।पौडेल यसअघि पनि बिरामी परी केहीदिन शिक्षण अस्तपालमा उपचार गराएर डिस्चार्ज हुनुभएको थियो।
स्वास्थ्य कार्यलय बाँकेको लापरवाहीपूर्ण भण्डारणको कारण भिटामिन ‘ए’ कार्यक्रम स्थगित
स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यलय बाँकेको लापरवाहीपूर्ण भण्डारणको कारण बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ए कार्यक्रम स्थगित भएको छ। म्याद सकिएकै महिनामा बाँकेमा बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ए कार्यक्रम अन्तिम अवस्थामा स्थगित गरिएको हो ।वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएपछि प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनमा कार्यक्रम स्थगित गरिएको हो । २०२३ अप्रिलमा म्याद समाप्त हुने मिति भएको भिटामिन ए भोली देखि बालबालिकाहरुलाई खुवाइने तयारी गरिएको थियो । स्वास्थ्य कार्यालयले जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा पठाइएको भिटामिन ‘ए’ क्याप्सुलमा केहि दाग जस्तो देखिएको तथा फरक फरक रङ्ग देखिएपछि स्वास्थ्य स्वयमसेविकाहरुले प्रदेश स्वास्थ्य…
कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण गरेको छ । नेपाली सेना शमशेरदल गण, बुद्धभूमि नगरपालिका र समुदायले बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सञ्चालन गरेको उपचार केन्द्रलाई २ थान आइसियू बेड ९उपकरण बाहेक सहितका सामग्री हस्तान्तरण गरिएको छ । उपचार केन्द्रलाई थप व्यवस्थित गर्नका लागि सामग्री सहयोग गरिएको लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताउनुभयो । सर्पदंशको उपचारमा उत्कृष्ट योगदान रहेकाले पहिलो पटक उपकरण सहयोग गरिएको मन्त्री पन्थीले बताउनुभयो । प्रदेश सरकारबाट केन्द्रलाई अक्सिजन सिलिन्डर ८ थान, अक्सिजन कन्सनट्रेटर ४ थान र बिरामी परीक्षण गर्ने बेड १ थान…
बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने
स्वास्थ्यसमाचार/ सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ । सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी , अनिवार्य मास्क…
लुम्बिनी प्रदेशका दुई अस्पतालमा विकास समिति अध्यक्ष र ८ सदस्य नियुक्त
स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र प्युठान जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले २ अस्पतालका बिकास समितिका अध्यक्ष र ८ अस्पताल बिकास समितिका सदस्य नियुक्त गरेको हो। कुन अस्पतालमा कस्लाई नियुक्त ? लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षमा अजय श्रेष्ठ लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको सदस्यमा लक्ष्मी खनाल प्युठान अस्पताल बिकास समितिको अध्यक्षमा बिनय बिराज श्रेष्ठ गुल्मी जिल्ला अस्पताल बिकास समितिको सदस्यमा संजीबनि अर्याल भिम अस्पताल बिकास समितिको सदस्यमा लक्ष्मी केसी कपिलबस्तु जिल्ला अस्पताल बिकास समितिको सदस्यमा सारदा चपई…