लुम्बिनी प्रदेशमा स्वास्थ्यको बजेट गत बर्षभन्दा २ प्रतिशतले बढी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ। सरकारले प्रस्तुत गरेको बजेटमा चालु आव २०७९/८० भन्दा दुई अर्ब १५ करोड कम बजेट आएको छ। चालु आवमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो। प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/८१ का लागि आज लुम्बिनी प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट विनियोजन गरिएको…

साइलेन्ट महामारीको रुपमा देखिँदै एन्टिबायोटिक रेसिस्टेन्स

स्वास्थ्यसमाचार/अधिकाशं एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रुप लिने अधिकारीहरुले औल्याएका छन् । एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा १०० खरब अमेरिकी डलरको भार पर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा लुम्बिनी प्रदेशमा भएको पत्रकार अवेयरनेश कार्यक्रममा विज्ञहरुले एन्टिबायोटिकको अवस्था राम्रो नभएको औल्याएका छन् । उक्त औषधिको…

स्थानीय तहलाई फार्मेसी संघको आग्रह: फार्मासिष्टको दरवन्दी सिर्जना होस्

स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहहरुलाई फार्मासिष्टको दरवन्दी सिर्जना गर्न आग्रह गरेको छ । औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनुपर्ने बताउँदै त्यसको दरवन्दी सिर्जना गर्न र कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई आग्रह गरेको हो । नेपाल फार्मेसी संघ रुपन्देहीको बुटबलमा सम्पन्न दोस्रो साधारण सभामा बोल्ने फार्मासिष्टहरुले जनस्वास्थ्यसंग जोडिएको औषधीको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनु पर्ने बताउँदै त्यसको लागि स्थानीय सरकारले कामको थालनी गर्नुपर्ने बताएका थिए । नेपाल फार्मेसी संघले ‘जहाँ औषधि त्यहाँ फार्मासिष्ट’ भन्ने विषयलाई मुल मुद्धा बनाएको छ । कार्यक्रममा बोल्दै नेपाल फार्मेसी संघका…

दाङको बंगलाचुली गाउँपालिकामा १५ जनामा दादुरा भेटियो

स्वास्थ्यसमाचार/ दाङको बंगलाचुली गाउँपालिका हासीपुरमा दादुराको प्रकोप देखिएको छ । गाउँमा करिब १२/१५ जनामा दादुरा रोग देखिएको स्वास्थ्य कार्यालय दाङमा निमित्त प्रमुख डम्बर कँवरले बताए । उनका अनुसार गाउँमा करिब १५ जनामा दादुरा देखिएको थाहा पाएपछि डब्लुएचओका चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको टोली फिल्डमा गएर उपचार गरिरहेका छन् । बर्दिया, कपिलवस्तुमा पनि केही मात्रामा देखिएको थियो । विशेषगरी दाङमा अलि बढी देखिएको थियो । अहिले फेरि बंगलाचुली गाउँपालिकाको हासीपुर गाउँमा दादुरा देखिएको छ । दादुरा देखिएकोमा कोही गम्भिर बिरामी र कोही निको भएको अवस्थामा हामीले थाहा पाएपछि चिकित्सकसहित स्वास्थ्यकर्मीहरू टोली खटिएको छ ।…

लुम्बिनी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले आव २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्यका १९ बुँदा परेको छ । त्यसमा “मेरो स्वास्थ्य स् मेरो जीवन” “पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश पूर्ण ज्योति प्रदेश ५० सैयाका जिल्ला अस्पतालमामा डाईलाइसिस सेवा विस्तार मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियत र गरिबीको रेखामुनि रहेका नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य…

स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा रक्तदान १०३ युनिट रगत संकलन

स्वास्थ्यसमाचार नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिवसका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताले रक्तदान गरिएको छ। स्वास्थ्यकर्मी संघ रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। कोरोना संक्रमणको महामारीमा अन्य रोगका विरामीहरू बिरामीलाई रगतको आवश्यकता पर्ने हुँदा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको नेपाल स्वास्थ्य कर्मि संघ लुम्बिनीका ईकाई अध्यक्ष भिम ज्ञाबलीले बताउनु भयो। उहाले ‘अहिले कोरोना संक्रमणको समयमा अन्य विरामीले झनै दुख तथा रगतको अभाव भोगिरहेका छन। रगतको कुनै कमी नहोस भनेर पनि यो अवसर पारी रक्त दान गरेको हो,’ ज्ञाबलीले भन्नु भयोे। रक्तदान कार्यक्रममा एक सय तीन (१०३) जनाले रक्तदान गरि १०३ युनिट…

बुटवलको आम्दा अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने समझदारी

स्वास्थ्यसमाचार/ -बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ। अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा थप २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा शिगेरु सुगानामी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आम्दा नेपालका पूर्व अध्यक्ष डा रिशिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्यालले आम्दा अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । समझदारीअनुसार आम्दा…

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड(१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड(१९ को परीक्षण गरेको र कोभिड(१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड(१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप…

प्रदेश सरकारको कारण लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक संकटमा

स्वास्थ्यसमाचार /यस क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक श्रोतको अभाबमा समस्यामा रहेको छ। वार्षिक १२ करोड भन्दा बढी आम्दानी हुने यो अस्पताल अहिले श्रोतको अभाबमा कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताईएको छ । लुम्बिनी प्रदेश सरकारले सटर मा डोजर चलाएर भत्काएपछि आन्तरिक आम्दानीको स्रोत बन्द भएको अस्पताल अहिले चरम आर्थिक संकटमा पर्दै गएको हो । सरकाराले सस्तो लोकप्रीयताको लागि अस्पपतालबाट महिनौंमा आउने करोडौ रुपैयाँ गुमाएको छ भने अर्को तर्फ ओपीडी टिक समेत निःशुल्क बनाउँदा थप मारमा अस्पताल परेको हो । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह र विकासको…

विश्व दूध दिवस:लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीहरूलाई दुग्धपान

स्वास्थ्यसमाचार/ विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना डिडिसी  र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त र सम्पूर्णलाई दुध तथा दुग्धजन्य परिकारहरू खुवाइएका हुन । ‘दूध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । हरेक वर्ष ‘जुन फस्ट’ लाई विश्व दूध दिवस रूपमा मनाउने गरिन्छ । सो अवसरमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले गुणस्तरीय दूध उपभोक्तासमक्ष…