गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. किशोर बन्जाडे नियुक्त

स्वास्थ्यसमाचार /गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर किशोर बन्जाडे नियुक्त हुनुभएको छ। मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर राजेन्द्र जिसी पाल्पा सरुवा भएपछि खाली रहेको उक्त ठाउंमा वरिष्ठ कन्सल्टेन्ट डा किशोर बन्जाडे लाई लुम्बिनी प्रदेश सरकारले नियुक्त गरेको हो।

जिल्ला अस्पताल कपिलवस्तुमा वाट सरुवा भएका वरिष्ठ कन्सल्टेन्ट डा बन्जाडे लाई लुम्बिनी प्रदेश सरकारले गुल्मी सरुवा गरेको छ। डा बञ्जाडेले कपिलवस्तुमा रहंदा जिल्ला अस्पताललाई उत्कृष्ट अस्पताल बनाउनु भएको थियो।

वरिष्ठ कन्सल्टेन्ट बन्जाडे सरकारले आफुलाई गुल्मीमा सेवा गर्न पठाएको वताउनु भयो। आफुले सकेसम्म जिल्ला अस्पताल गुल्मीलाई उत्कृष्ट अस्पताल बनाउन प्रयास रहने बन्जाडे को भनाई छ।

सम्बन्धित शिर्षक :