लुम्बिनीका स्वास्थ्य सचिव डा उपाध्यायको पदबहाली र पन्थीको बिदाई

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायले पदभार ग्रहण तथा वर्तमान सचिव डा जनार्दन पन्थीको बिदाई गरेको छ।

स्वास्थ्य मन्त्रालय लुम्बिनीद्वारा संघबाट सरुवा भएर आउनु भएको डा उपाध्यायको स्वागत तथा पदबहाली तथा वर्तमान सचिब पन्थीको बिदाई गरेको हो। लुम्बिनीमा सचिब भएर आउनु भएका डा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक हुनुहुन्थ्यो ।

पदभार ग्रहण गर्दे डा उपाध्यायले मृत्युदर घटाउन स्वास्थ्य कार्यालय मार्फत चरण बध कार्यक्रमहरु सन्चालन गरिने वताउनु भयो । त्यस्तै उहाले नसर्ने रोग व्यवस्थापन र मानसिक स्वास्थ्य प्रबर्द्धन गर्न आयुर्वेद कार्यक्रम हरु थप प्रभावकारी बनाउनेस्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनु आफ्नो पहिलो दायित्व रहेको रहने बताउनु भयो ।

त्यस्तै बिदाई भएर जान लाग्नु भएका बर्तमान सचिब डा जनार्दन पन्थीले आफु रहँदा सम्म सबैबाट भएको सहयोग को सह्राना गर्नु भयो आफु रहँदा वा वाहिर भएपनि प्रदेशमा हुने र गर्नु पर्ने कामको लागी सधै तयार रहेको बताउनु भयो। सरकारले आफुहरुलाई जहाँ खटाउँछ त्यहा गएर आफुले सेवा गर्ने बताउनु भयो।

कार्यक्रममा स्वास्थ्यमन्त्री दिपेन्द्र पुन स्वास्थ्य मन्त्रालयका कर्मचारी जिल्ला स्वास्थ्य कार्यलय आयुर्वेद लगायका चिकित्सक तथा कर्मचारीको सहभागीता रहेको थियो।

सम्बन्धित शिर्षक :