स्वास्थ्यकर्मी सुरक्षा ऐनलाई कडाइका साथ कार्यान्वयनमा लैजान जोड

स्वास्थ्यसमाचार /सरकारले ल्याएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन २०७९’ को राजनितिक हस्तक्षेप नगरेर कानुन कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवाला सबैले बताएका छन् ।

नेपाल चिकित्सक संघ काठमाडौंको आयोजनामा मंगलवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको ऐनको प्रचार–प्रसार कार्यक्रममा वोल्ने सरोकारवालाले कानुन आउनु अहिलेसम्मकै स्वास्थ्यकर्मीहरुको ठुलो पुजि र उपलब्धी भएको भन्दै यसको सही कार्यान्वयन गरेर कानुनी राज्यको स्थापना गर्नुपर्ने बताएका हुन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले ऐन आउनु सुखद पक्ष भएको भन्दै स्वास्थ्यकर्मीहरुले पनि विरामी मैत्री वातावरण बनाउन लाग्नुपर्ने बताए ।

‘चिकित्सकहरुले कम्तिमा पनि २ मिनेट भएपनि विरामीको पक्षलाई काउन्सिलिङ गर्न जरुरी छ, त्यसले आत्मीयता बढ्छ, हामि सकभर विरामिसंग वोल्नै नपरोस भन्ने चाहन्छौ–उनले भने–‘विरामीले चिकित्सकसँग छोटो समय विताउछ, तर, नर्स, स्वास्थ्यकर्मीहरुको धेरै समय विताउने भएकाले राम्रो वातावरण बनाउने कुरामा दुवै पक्षले ध्यान दिन जरुरी छ ।’

ऐनले चिकित्सकको मनोवल उच्च राख्न र कामप्रति अझ जिम्मेवारी र जवाफदेहीता बनाउन सहयोगी भुमिका खेल्ने उनको भनाई छ । यसै गरेर कार्यक्रममा वोल्दै घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित पर्ने गरी घटाइएका अस्वाभाविक घटनाहरूका कारण स्वास्थ्यकर्मीको मनोवल खस्कँदै जाने भन्दै स्वास्थ्यकर्मीहरुले आफ्ना कमिकमजोरी सच्याउँदै लगे कानुन कार्यान्वयन गर्ने वातावरण वन्दै जाने बताए ।

अस्पतालहरुमा घटना घटेपछि आर्थिक लाभका लागि केही पेशेवर समुह पीडितको नाममा आउने भन्दै त्यस्ता समूहलाई सबै मिलेर पुर्णरुपमा निरुत्साहित गनुपर्ने बताए । पीडितलाई पैसा दिएर मिलाउन खोज्दा घटना स्विकारेको जस्तो देखिन जाने भन्दै कुनै पनी स्वास्थ्यकर्मीहरुको लापरवाही नभएको अवस्थामा कानुनको सहारा लिनुपर्ने विचार ब्यक्त गर्नु गरे ।

तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले कुनै पनि चिकित्सकले उपचारको क्रममा लापरवाही गरे पिडित पक्षले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमणमा नउत्रि कानुन अनुसार मुद्धा हाल्नुपर्ने बताउदै गल्ती कमजोरी गरे चिकित्सकपनि जेल जाने बताए ।

यसै गरेर नेकपा एमालेका जिल्ला सदस्य विवेक श्रेष्ठले दाङमै भएका केही स्वास्थ्य संस्थामाथिका घटनाहरु नीजि मेडिकल ब्यवसायी उक्साहटमा र चिकित्सकको अनावश्यक आन्तरीक प्रतिष्पर्धामा कारण हसनृ गरेको घटना सुनाउँदै पेशागत मर्यादामा रहेर काम गरेर कसैले पनि केही गर्न नसक्ने र अस्पतालमा घटना घटे लगत्तै पुग्ने केही आर्थिक पेशेवर समूहलाई निरुत्साहित गर्नुपर्ने पनि तर्क गरे ।

कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले ऐनको पूर्णरुपमा कार्यान्वयन गर्न सबैले आ–आफ्नो तर्फवाट सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षा प्रत्याभूति गराउने गरी ऐन आएको भन्दै चिकित्सकहरुको पनि आफ्नो पेशागत मर्यादामा बस्नुपर्ने बताए

सम्बन्धित शिर्षक :