लुम्बिनी प्रादेशिक,भिम ,कपिलबस्तु,र परासी अस्पतालका मेसु परिवर्तन

डा. ईन्द्र ढकाल, डा. शकुन्तला गुप्ता,डा. किशोर बन्जाडे र डा.मोहमद नुरुल होदा लाई जिम्मेबारी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका चार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन। प्रदेश मन्त्री परिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा गरेको हो।

स्वास्थ्य मन्त्री दिपेन्द्र पुनका अनुसार गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ ।
भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वी चन्द्र अस्पताल परासी र डा.शकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिए ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.इन्द्र ढकाललाई बनाउने निर्णय भएको छ । बिगत लामो समय देखी गुल्मीमा मेसु खालि रहेको थियो भने अब पनि मेसु कुनैलाई जिम्मेबारी दिएको छैन ।

यस्तै प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बाणगंगा नगरपालिका–८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् ।

अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयोग पदाधिकारी विहिन भएको थियो ।

मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त समेत गरेका छन् । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुशान्त वैदिकलाई नियुक्त गरेका हुन् ।

 

सम्बन्धित शिर्षक :