स्वाथ्य क्षेत्रका समस्या सबैको साझा समस्या हुन :स्वाथ्यमन्त्री पुन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री दिपेन्द्र बहादुर पुनमगरले स्वाथ्य क्षेत्रका समस्या एकल रुपमा समाधान गरेर नसकिने बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तहकाले समस्याको पहिचान गरी साझा अभियान चलाएर मात्रै समस्या समाधान गर्न सकिने बताएका हुन । लुम्बिनी प्रदेशको स्वाथ्य मन्त्रालयको आयोजनामा बुटवलमा गरिएको ‘‘प्रदेशको स्वाथ्य क्षेत्र सुधारका लागि जनप्रतिनिधि र स्वाथ्य कर्मीहरुको समन्वय एवम सहकार्य’ कार्यक्रममा बोल्दै मन्त्री पुन मगरले ईलेक्टेड र सलेक्टेड वीचको समन्वय अहिलेको आवश्यकता रहेको समेत बताएका हुन । लोकसेवा आयोग को चुनौति परिक्षा पारी गरि सेलेक्टेड भएर आएका जनशक्ति र जनताको मत पाएर ईलेक्टेड…

लुम्बिनी बजेट: आँखाको नानी प्रत्यारोपण निशुल्क ,स्यंसेविकालाई ५० हजार दिएर अवकाश सम्म

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि रू.३८ अर्ब ९७ करोड बराबरको बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रू.११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगततर्फ रू.२४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि रू. ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत रहने अनुमान रहेको आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बताए । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष२०८१/०८२को स्वास्थ्यको बजेट तथा कार्यक्रम यसप्रकार रहेका छन।…

लुम्बिनी प्रादेशिक अस्पतालमा एम.आर.आइ. सेवाको लागि १५ करोड

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एम.आर.आइ. सेवा बिस्तारको लागि रू. १५ करोड बिनियोजन गरेको छु । अर्थमन्त्री चेतनारायण आर्चायले बजेट भाषणमा उक्त कुरा बताउनु भएको छ। त्यस्तै प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवाको विस्तार गरिनेछ । पहाडी तथा दुर्गम स्थानका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन चिकित्सकहरुलाई प्रोत्साहन गरिनेछ ।

लुम्बिनी प्रादेशिक अस्पतालको भबन निमार्णको लागी १ अर्ब ८० करोड

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको भबन निमार्णको लागी १ अर्ब ८० करोड बजेट बिनियोजन भएको छ। अर्थमन्त्री चेतनारायण आर्चायले प्रदेशसभाका बजेट बिनियोजन भाषणमा उक्त कुरा बताएका छन।उनले गत बर्षको भन्दा अहिलेको बर्षमा बजेट कम बिनियोजन गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको गौरबको आयोजना हो १२ भबन निमार्णाधीन अबस्थामा रहेको भबन ५ बर्षमा सम्पन्न हुने बताईएको छ।

नागरिकको स्वास्थ्य राज्यको पहिलो प्राथमिकता :स्वास्थ्यमन्त्री पुन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री  दिपेन्द्र कुमार पुनमगरले नागरिकको स्वास्थ्य राज्यको पहिलो प्राथमिकता बन्नुपर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा “प्रदेश को स्वास्थ्य क्षेत्र सुधारको लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग समन्वय र सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो विचार राख्नु भएको हो । उहाँले सडक, भवन, पुल भन्दा पहिलो नागरिकको स्वास्थ्य हो भन्ने बिषय राज्यले बुझ्नु पर्दछ। मानिसको स्वास्थ्य राम्रो नभएमा, भौतिक बस्तुको सम्पन्नता भएपनि कसले प्रयोग गर्ने? भन्दै प्रश्न समेत गर्नुभएको छ । अब राज्यको पहिलो ध्यान नागरिकको स्वास्थ्य निर्माण गर्न हुनुपर्दछ । जवसम्म स्वास्थ्य राज्यको…

लुम्बिनी प्रादेशिक अस्पतालले असार १ वाट अनलाइन टिकट सुरु गर्ने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्यमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिक काट्न सक्ने व्यवस्था गरिएको छ । यो सेवालाई केही समयका लागि परीक्षण कालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका…

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा आगामी १ भदौ देखि सुरु

स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन भने बुधबारदेखि भर्न सकिने जनाएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सकिने जानकारी दिनुभयो । उहाँले आयोगले एमबिबिएस, बिडिएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बिएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने जानकारी दिनुभयो । प्राडा झाका अनुसार आयोगले…

सबैका प्रिय डाक्टर :डा .शम्भु खनाल

कथा आजभन्दा दश वर्ष पुरानो हो । तर यो कथा अझैपनि बेलाबखत देख्न पाइन्छ । भोग्न पाइन्छ ।त्यो बेलाको सलामी पानीको कथा आज Whole body check up को आग्रहमा मा देख्न पाइन्छ हरेक दिन । दश वर्ष अगाडिको म : मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ । बेखुसी ब्याप्त देखिन्छ । हिँडाइमा सुस्तपन छ । अनुहार मात्रै देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्यौराले सजाएर कुर्सीमा बस्छिन् एक अन्दाजी ३० बर्षिय महिला । पटुकाले पूरै पेट बेरेको छ । श्वास नै फेर्न गाह्रो भए…

दलबल सहित हाजिर भए कपिलवस्तुका मेडिकल सुपरिटेण्डेन्ट डा. बन्जाडे

स्वास्थ्यसमाचार /गुल्मीबाट सरुवा भएका कपिलवस्तु अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा.किशोर बन्जाडे अस्पतालमा हाजिर भएका छन। उनी सामान्य कर्मचारी सरुवा भएको जस्तो तरिकाले चुनाव जितेर बिजयी जुसमा आएसरी अस्पतालमा आएका छन। उनी आएको  खुसीयाली मा स्थानिय उनका समर्थकहरुले पटका समेत पटकाएको स्थानीयले बताएका छन। डा.किशोर बन्जाडे ९ महिना अगाडी गुल्मी अस्पतालमा काजमा सरुवा भएका थिए । एमाले निकट मानिने बन्जाडेलाई सो क्षेत्रमा प्रदेश र संघमा काँग्रेसले चुनाव जितेपछि कांग्रेसको स्थानीय घोषण पत्रमा समेत बञ्जाडेले आपत्ती जनाएको कारण उनलाइ सरुवा गरिएको बताईएको छ। प्रदेशमा माओवादी एमालेको गठबन्धन सरकार आएपछि डा बन्जाडेको कपिलवस्तुमा काज…

भीम अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/भैरहवास्थित भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले पदभार ग्रहण गरेकी छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा सरुवा भएकी डा. गुप्ताले सोमबार पदभार ग्रहण गरेकी हुन् । सोमबार एक कार्यक्रमकाबीच उनलाई अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वागत तथा सम्मान गरेका हुन् । सोही कार्यक्रममा परासीस्थित पृथ्वी चन्द अस्पतालमा सरुवा भएका भीम अस्पतालका मेसु डा. मोहम्मद नुरुल होदालाई विदाई गरिएको थियो ।कार्यक्रममा बोल्दै डा. गुप्ताले आफूले यसअघि भीम अस्पतालमा मेसुको जिम्मेवारी निर्वाह गरिसकेको र पुनः यहाँ आएको बताइन् ।…