बस समिति र बुटवल हस्पिटल बिच उपचार सम्झौता

स्वास्थ्यसमाचार/ बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले यस क्षेत्रका संघ संस्था मार्फत पनि उपचार सहजता सम्झौता अघि बढाएको छ ।

यसैक्रममा मंगलबार नेपालमै धेरै यातायात व्यवसायीहरु आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा लीसंग उपचार सहजता सम्झौता गरेको छ ।भौतिक पुर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरि नमुना अस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब पश्चिम नेपाल बस व्यवसायीसँगको सहकार्यमा उपचार प्रक्रिया अघि बढाउने छ ।

सम्झौता पछि पश्चिम नेपाल बस व्यवसायी प्रा ली को सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । त्यसरी संस्थागत सिफारिसमा आउने विरामीहरूका लागि हस्पिटलले विशेष छुट सहित उपचार गर्ने गरि लिखित सम्झौता गरेको हो ।सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले हस्ताक्षर गर्नु भएको छ भने बस व्यवसायीका तर्फबाट संचालक तथा दुर्घटना शाखा संयोजक जिवन बञ्जाडे र दुर्घटना शाखा प्रमुख सुरेश न्यौपाने हस्ताक्षर गर्नु भएको छ ।

सो अवसरमा बुटवल हस्पिटल प्रा. लि.का अध्यक्ष पौडेलले बुटवल हस्पिटल सरल सहज सुविधा सम्पन्न अस्पताल बनेको बताउदै अबका दिनमा यहाँका बिरामीहरु उपचारका लागि राजधानी काडमाडौं देखि भारतीय शहरहरुमा जानु पर्ने अवस्थामा कमि ल्याउने उदेश्य रहेको बताउनु भयो । उहाँले भन्नु भयो –अहिले पनि धेरै बिरामीहरु भारतीय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरीय सेवा दिने विषयमा लाग्नु पर्दछ ।

उहाँले देशभरी नै संजाल रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. सँगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने बताउनु भयो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का संचालक तथा दुर्घटना संयोजक जिवन कुमार बञ्जाडेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहाँको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पढाउन नपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो –बुटवलमा पहिलो पटक अस्पताल बनेको, अब यहाँका बिरामीलाई महंगो शुल्क तिरेर काठमाडौं या भरत पढाउन पर्दैन, यो अस्पताल बुटवलवासीको हो यसलाई सबैले सहयोग गरेर बचाउनु पर्दछ । बुटवल हस्पिटलसँग पश्चिम नेपाल बस व्यवसायी प्रा लीको उपचार सम्झौता संगै देशभरीका व्यवसायीहरुका लागि पनि सहज हुने प्रा लीका दुर्घटना शाखा प्रमुख सुरेश न्यौपानेले बताउनु भयो ।

सम्झौता भएसंगै अब पश्चिम नेपाल बस व्यवसायी प्राली मा सबार यात्रु, कर्मचारी मजदुर व्यवसायी र उनिहरुको परिवारको उपचार बुटवल हस्पिटलमा विशेष छुट सहित हुने छ ।

 

 

सम्बन्धित शिर्षक :