स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । सङ्क्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड(१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तीपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरू रहेका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा। अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताए । उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको…
अस्पताल
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यक : निर्देशक घिमिरे
डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०को पछिल्लो तथ्याङ्कअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेङ्गु सङ्क्रमण पुगिसकेको अवस्था छ । डेङ्गु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारी लगायतका विषयमा इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेसँग राससकर्मी बुनु थारुले गरेको कुराकानीको सम्पादित अंश डेङ्गु देखिन सुरु भइसकेको छ, अहिले सङ्क्रमणको अवस्था के छ ? नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गु देखिएको हो । पछिल्लो ट्रेन्डअनुसार…
बर्खाको समयमा पानीजन्य सरुवा रोगबाट कसरी जोगिने ?
स्वास्थ्यसमाचार/बर्खा लागेसँगै देशभर मनसुन बलियो हुँदैछ । यो मौसममा पानीजन्य सरुवा रोगहरूका साथै कीटजन्य रोग संक्रमण पनि बढ्ने गर्छ । विगत वर्षहरूमा झाडापखाला, हैजा र डेङ्गी लगायत सरुवा रोगहरू महामारीकै रूपमा फैलिएका थिए । यस वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार ४३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला बाहेक सबै जिल्लामा…
आम्दामा आमा सुरक्षा कार्यक्रमका लागी बुटबल छुटायो १ करोड बजेट
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको १५ औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ ।असार ५ गते शुरु भएको १५ औ अधिवेशन बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) छलफलसहित सर्वसम्मतिले पारित गर्दै जेठ ९ गतेको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट पास गरेको छ । अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ भने छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलश्रोत उपयोग ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, सहकारी ऐन, शिक्षा ऐन संसोधन गरेको…
डा. प्रकाश थापा भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त
स्वास्थ्यसमाचार /भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् । वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.थापाले तेस्रो पटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनले कोभिड—१९ अघि र कोभिड—१९ का बेला पनि भेरीको जिम्मेवारी सम्हालिसकेका हुन् । नेपालगन्जस्थित भेरी अस्पताल पश्चिम क्षेत्रकै ठूलो सरकारी अस्पताल हो । यसअघि भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टमा डा. अजित रायमाझी रहेका थिए ।
आम्दा अस्पताल बुटवलमा फार्मेसी, नर्सिङ र एचए कक्षामा भर्ना खुल्यो
स्वास्थ्यसमाचार/ बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययनका लागी भर्ना खुलेको छ। बुटवल उपमहानगरपालिकाको पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययन सुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीसँग अनुमति लिई भर्नाका लागी आवेदन फारम खुलाएको छ। श्रावण १३ गते सम्म भर्ना र १९ गते प्रबेश परिक्षा हुने आम्दा अस्पतालले जनाएको छ । एचए विषयको अध्ययनको लागी ३ लाख २३ हजार २ सय, डिप्लोमा इन फार्मेसी, २ लाख ७० हजार २ सय ४० र पीसीएल…
‘जोखिम मोलेर गर्भपतन गराउँछन् स्कुले किशोरीहरु’
नेपालमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था छ। जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ। गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने खतरा देखियो भनेसमेत गर्भपतन गराउन सकिन्छ। विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने छ। कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजाय हुनसक्छ। त्यस्तै प्रचलित कानुनले भ्रुणको लिंग पहिचान गरेर त्यसको आधारमा गरिने गर्भपतनलाई अपराध मानेको छ। अहिलेसम्म पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेको संख्या…
रोल्पामा अस्पतालमा १ सय ३७ महिलाको पाठेघरको शल्यक्रिया
स्वास्थ्यसमाचार/ प्रदेशको रोल्पा जिल्लामा १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । ३ दिन सम्म जिल्ला अस्पताल रोल्पा रेउघामा आयोजना गरिएको पाठेघर खस्ने समस्या भएका १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको गरिएको हो । गत असार असार ६ गतेदेखि सञ्चालन गरिएको पाठेघर खस्ने समस्या भएका बिरामी महिलाको निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको थियो ।उक्त शिविरबाट रोल्पाका ७७ जना, रुकुम पूर्वका २१ जना र प्युठानका ३९ जना गरी तिन जिल्लाका करिब १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया सेवा पाएका छन । प्रदेशको स्वाथ्य…
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा १ हजार जनाको एन्जियोप्लास्टी
स्वास्थ्यसमाचार/राजधानी बाहिर पहिलो पटक सबैभन्दा बढि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एन्जियोप्लास्टी उपचार गरिएको छ । अस्पतालले २०७३ चैत २४ क्याथल्याब सञ्चालन गर्ने अनुमति प्राप्त गरी २०७४ बैशाख १३ गतेबाट क्याथल्याव सुरुवात गरेको थियो ।१००० जना विरामीको सफल उपचार गर्न सफल भएको अवसरमा अस्पताल परिषदमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष यजाज आलमले सामुदायिक अस्पतालले यो क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको बताए ।मुटु जस्तो गम्भिर प्रकृतिको उपचार छाटो समयमा नै १००० जनाको गर्न सक्नु आफैमा गौरवको विषय भएको उनको भनाई रहेको थियो । विहिबार…
लुम्बिनीका मेसु डा. ढकाललाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
स्वास्थ्यसमाचार /सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । डा ढकालको नियुक्ति योग्यताअनुसार नभएकोले बदर गर्न माग गर्दै लुम्बिनी प्रादेशिकका पूर्व मेसु डा.गौतम सर्वोच्च अदालत पुगेका थिए ।डा. गौतमको निवेदनको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश बिनोद शर्माको एकल इजालासले नियुक्तिपछिका सबै जिम्मेवारी, आर्थिक र प्रशासन हेर्ने गरी गरिएको नियुक्ति…