गुल्मी अस्पताल तम्घासमा ‘हेमोडायलायसिस सेवा’ सञ्चालन हुने

स्वास्थ्यसमाचार /गुल्मी अस्पताल तम्घासमा हेमोडायलाइसिस सेवा संञ्चालन हुने भएको छ।जिल्ला अस्पतालमा अहिले सम्म यो सेवा थिएन वाहिर जानुपर्ने अबस्था थियो अब जिल्ला अस्पतालमा यो सेवा संञ्चालनमा आउन लागेको अस्पतालका बरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताउनु भयो। अस्पतालले एक सुचना प्रकाशित गरि अस्पतालमा हेमोडायलाइसिस सेवा संचालनमा आउने रहेको हुँदा यसै अस्पतालबाट डायलाइसिस सेवा लिन इच्छुक सेवाग्राहीहरुले अस्पताल प्रशासनको सम्पर्क नं. ०७९–५२००२४ मा सम्पर्क गर्न अनुरोध गरेको छ। अस्पतालले अन्यत्र सेवा लिई रहनुभएका सेवाग्राहीहरुले यस अस्पतालमा सम्पर्कमा आएता पनि सेवा लिईरहनुभएको केन्द्रमा नाम नहटाउन आग्रह गरेको छ। डा बन्जाडेले जिल्ला बाहिर…

प्रयोगशालाको गुणस्तर वृद्धिमा लाग्न स्वास्थ्य मन्त्री खनालको निर्देशन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रोगको परिक्षणका लागी गरिने प्रयोगशाला खोज्दै प्रदेश बाहिर जानु नपर्ने गरि प्रयोगशालाको गुणस्तर बृद्धिमा ध्यान दिन प्रदेश मातहतका प्रयोगशालाहरुलाई निर्देशन दिनुभएको छ । घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरिय प्रयोगशालाहरुको वार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले नागरिकले सहज ढँगले गुणस्तरिय स्वास्थ्य सेवा पाउने वातावरणका लागी गुणस्तरिय प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । त्यस्का लागी सबै प्रयोगशालाले आफ्ना उपकरण देखी जनशक्तिलाई दक्ष बनाउन सक्नु पर्ने बताउनु भयो । मन्त्री खनालले जिल्लामा स्वास्थ्य कार्यालय अन्र्तगतका प्रयोगशालाले आफ्नो जिल्ला भित्रका नागरिकको विश्वास जित्दै…

चिकित्सा शिक्षा ऐन संशोधनपछि युवाको विदेश पलायन रोकिन्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले चिकित्सा शिक्षा अध्ययनका लागि मात्र हरेक वर्ष ठूलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेकाले उनीहरुलाई स्वदेशमै पढ्न पाउने वातावरण बनाउन विद्यमान चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक रहेको औंल्याउनुभयो । नेपालका मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठानहरुमा अहिलेको क्षमताभन्दा बढी विद्यार्थीलाई एमबिबिएस र एमडी पढाउन…

वीर अस्पतालको निर्देशकमा डा.सन्तोष पौडेललाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

स्वास्थ्यसमाचार/वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत मंसिर १५ मा वीर अस्पतालका कार्यकारी निर्देशकबाट डा पौडेललाई पदबाट हटाउने निर्णय गरेका थिए । मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री बस्नेतले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए ।

रुकुम पश्चिम र जाजरकोटमा दादुरा रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने

स्वास्थ्यसमाचार/रुकुम पश्चिम र जाजरकोट जिल्लामा दादुरा रुबेला र टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिम जिल्लामा पुस ५ देखि १४ गतेसम्म छ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइडविरुद्धको टि।सि।भी खोप अभियान सञ्चालन हुन लागेको हो । खोप अभियानमा दिइने दादुरा रुबेला खोप थप मात्रा भएकाले पहिला जति पटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रुपमा एक मात्रा दादुरा रुबेला खोप लगाउनु मन्त्रालयको आग्रह छ । सोही अभियानमा नियमित…

स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष डा।गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । लोहनीले भन्नुभयो, “यसले राज्यलाई आर्थिक भार कम गर्छ ।” उहाँका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको थियो । बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि…

चिकित्सकमाथि कुटपिट ,अस्पताल तोडफोड र लापरबाहीले मृत्यु भन्नेआरोप बढ्दै गएपछि न्यूनिकरणबारे बुटबलमा छलफल

स्वास्थ्यसमाचार/ अस्पतालमा चिकित्सकमाथि कुटपिट हुने, अस्पताल तोडफोड हुने र बिरामीका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्ने आरोप बढ्दै गएपछि बुटवलमा शनिबार त्यसको न्यूनिकरणबारे छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय र लुम्बिनी प्रादेशिक अस्पतालले रूपन्देही जिल्लाभित्रका स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, व्यवस्थापक, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारसहितलाई राखेर छलफल गरिएको हो । छलफलमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बिक, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) नेपालका डाक्टर एवं नेपाल चिकित्सक संघ लुम्बिनीका महासचिव डाक्टर सन्तोष पोखरेललगायतले विभिन्न सुधारका उपाय र सुझावसहित काकार्यपत्र प्रस्तुत गरेका थिए…

रोल्पा अस्पतालको न्युनतम सेवा मापदण्डको समिक्षा: चुम्यो नयाँ उचाई

स्वास्थ्यसमाचार/ रोल्पा अस्पतालको न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षा सम्पन्न भएको छ । न्युनतम सेवा मापदण्ड  २०८०८१ को  को समिक्षा गरिएको हो। अस्पतालका मेसु डा लोकरत्ना ज्ञवालीका अनुसार इतिहासमै पहिलो पटक अस्पतालले न्न्युनतम सेवा मापदण्डको स्कोर ८५% ल्याइ नयाँ उचाई पुगेको बताउनु भयो। अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीको नेतृत्वमा आउनुभएको स्वास्थ्य निर्देशनालयको टोलीमा कौशल भन्डारी, अस्मिता नेपाल , संदेश पौडेल लगायतको सहभागीता रहेको थियो । मङ्सिर २८ गते अस्पतालको अनुगमन तथा निरीक्षण सम्पन्न भएको थियोे भने मङ्सि २९ गते समिक्षा गरिएको थियो। समिक्षा कार्यक्रममा प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश…

रुपन्देहीका स्थानीय तहले सुधार्दै स्वास्थ्य क्षेत्रको अवस्था

स्वास्थ्यसमाचार/स्वास्थ्य निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक रामजनम कुर्मीले स्वास्थ्य क्षेत्रमा स्थानिय तहको योगदान राम्रो रहेको बताउनु भयो। उहाँले पालिकामा हेल्थपोष्ट बर्थिङ केको आबश्यक हो त्यसलाई बुझेर लगाउन बढाउन आग्रह गर्नु भयो। बुटबलमा रुपन्देहीका स्थानिय तहका उपप्रमुख/उपाध्यक्षहरूका लागी नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि पुनर्ताजगी कार्यशाला गोष्ठी मा यस्तो बताउनु भएको हो।उहाँले लुम्बिनी प्रदेश सात प्रदेशमै मात्रृमुत्युदर बढी रहेको छ यसलाई हटाउन सबै पालिकाको स्वास्थ्य अबस्था सुधार्ने पर्ने बर्थिङ सेन्टर नभएका ठाउंमा आवश्यकता अनुसार बढाउन समेत आग्रह गर्नु भयो। उहाँले पालिकाले बिषेश कार्यक्रम ल्याएपनि स्थानिय सेवाग्राही लाई थाह हुने तरीकाले प्रचार पसारसक गर्नु…

स्वास्थ्य समस्या र भ्रमहरु :डा. शम्भु खनाल

  स्वास्थ्य चेतना समाजको दर्पण हो, राज्यको सफलताको सूचक हो । स्वास्थ्य सम्बन्धी सहि विचार र चेतनाले स्वास्थ्य समस्याको निराकरण गर्न उल्लेखनीय भुमिका निर्वाह गर्छ । भ्रमको खेतीले रोग छिप्पिने, ढिला उपचार हुने र आर्थिक भार बढ्ने हुनाले केही स्वास्थ्यका समस्या र सो सम्बन्धी हाम्रो समाजमा व्याप्त भ्रमहरूलाई चिर्ने प्रयास गर्नु आवश्यकता हो । के मोटोपन रोग हो त ? मोटोपन एक्काइसौं शताब्दीको एउटा महामारीजस्तै हो । ” कस्तो खाइलाग्दो बच्चा रहेछ । “हाकिमजस्तै देखिएछ ” ” पेट नलागे कहाँ पत्याउँछन् त !” यस्ता वाक्यहरूले मोटोपनलाई प्रतिष्ठित बनाउने गरेको पाइन्छ…