बुटबल उपमहानगरमा उप-प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यक्रम संञ्चालन गरिने

स्वास्थ्यसमाचार बुटबल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे । ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार तथा पर्यटन, कृषि उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ । नीति कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यविधिहरु आ.व. २०७६÷०७७ को भाद्र महिना भित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ । नगर प्रमुख शिवराज सुवेदी द्धारा…

बिरामीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, प्रहरी परिचालन

स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी महिलाको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीय भिमी साढुको सोमबार बिहान मृत्यु भएको हो । आफन्तले भने डाक्टरको लापरबाहीका कारण ज्यान गएको भन्दै शव समेत उठाउन मानेका छैनन् । मृतकका आफन्तलाई के कारणले मृत्यु भएको भन्ने कुनै जानकारी पनि नदिएको भन्दै शव उठाएका छैनन् ।स्वास्थ्यकर्मीहरुको लापरबाहीकै कारणले मृत्यु भएको भन्दै पीडित परिवारले कानुनी उपचार खोज्ने बताएका छन् ।

तिलोत्तमा ८ करहियामा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन्

बिन्दु भट्टराई स्वास्थ्यसमाचार  /तिलोत्तमा नगरपालिका करहिया आयुर्वेद शाखाको आयोजनामा गांउघर तथा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन गरिएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालयका का प्रमुख डा। नलिननाथ तिवारी उदघाटन गर्दे आयुर्वेद औषधिलाई बेवास्था गर्दा एक रोगबाट अर्को रोगलाई निम्तो दिने काम भैरहेको बताए ।आयुर्वेदमा ज्ञान अभाबको कारण आयुर्वेद पछि परेको बताए । पहिले ८० प्रतिसत सर्ने रोगबाट ग्रसित थिए भने ऐले ठिक उल्टो हुदै नसर्ने रोग ८० प्रतिशत भएको छ नसर्ने रोगको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ डा तिबारीले भने । तिलोत्तमा नगरपालिका वडा नं ७ का सदस्य देवी प्रसाद पंगेनीको…

धुर्काेट गाउपालिकाका सबै स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा सुरुहुने

स्वास्थ्यसमाचार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७६-७७ कार्यक्रम पेश गरेको छ ।गाउँपालिका प्रमुख भुपाल पोखरेलले गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति जानकारी गराउदैँ आगामी बर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । निति तथा कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष पोखरेलले स्वास्थ्य क्षेत्रलाई प्राथामीकता दिएका छन । उनले धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने जैसीथोक, नयाँगाउँ, वस्तु र वाग्ला स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा ल्याउने गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अन्य कार्यक्रमलाई पनि प्रथामिकतामा राखेका छन निति तथा कार्यक्रम मा गाउपालिका…

सैनामैना नगरपालिका भित्रका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध

स्वास्थ्य समाचार सैनामैना नगरपालिका भित्र रहेका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध गरिएको छ। नगरभित्र रहेका ३६ विद्यालयको कम्पाउन्ड भित्र कुनैपनि किसीमको जंक फुड प्रयोग गर्न नपाईनेगरी नगरपालिकाले नीति तथा कार्यक्रम नै पारित गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए। जंकफुड प्रयोग गर्दा विद्यार्थीहरु धेरै विरामी भए अधिकांशमा हड्डी र जोर्निको समस्या देखियो त्यसैले हामीले घरबाट आमाबुबा तथा अभिभावकले बनाएको नास्ता लिएर खाने गरी व्यवस्थापन गर्न यो अभियान सुरु गरेका हौं मेयर कार्किले भने।घरको नास्ता प्रयोग गर्दा एकातिर विद्यार्थीहरु स्वस्थ हुने, अभिभावकलाई आर्थिक व्ययभार कम पर्ने र बालबालिकाप्रति परिवारको माया र कर्तव्य…

पाल्पामा डायलाईसिस सेवा सुरु हुदै

स्वास्थ्यसमाचार गुल्मी जिल्लाका मृगौलाको बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । विगत १ वर्ष अगाडी पाल्पामै डायलाइसिस सेवा सुरु गर्ने घोषडा गरेको बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउको अभावमा सेवा सुरु गर्न सकेको थिएन । त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै तान्सेन नगरपालिका वडा न. ५ बन्दीपोखरा स्थीत श्री लक्ष्मी माध्यमिक विद्यालयले आफनो बहुउद्देशीय भवन डायलाइसिस सेन्टर संचालनको लागी निःशुल्क रुपमा प्रयोग गर्न दिने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो । डायलाईसिस सेन्टर संचालनको लागि  लक्ष्मी माध्यमिक विद्यालय र बुटवल स्थीत…

स्वाथ्यका उपकरण खरिदमा अनियमितताको आशंका छानबिन गर्न संसदिय समिति गठन

स्वास्थ्यसमाचार / स्वास्थ्य उपकरण खरिदमा अनियमितताको गुनासो आएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ।सामाजिक विकास मन्त्रालयबाट उपकरण खरिदसम्बन्धी कागजात मगाएर उपसमितिमार्फत छानबिन सुरु गरेको छ । उपकरणमा खरिदमा अनियमितता भएको उजुरी लेखा समितिमा आएको सभापति डिल्ली चौधरीले बताए। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका उपकरणमा अनियमितता भएको गुनासो समितिमा परेको हो। स्वास्थ्यका एक्सरे मेसिन र रगत जाच्ने मेसिन खरिदमा अनियमितता भएको आशंका गरिएको छ। मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य संस्थालाई दिन १६ वटा हेमाटोलोजी उपकरण खरिद गरेको हो।…

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

हरि बाँस्तोला   काठमाडौं । २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा तीमध्ये पाँच लाख ३९ हजार अनिच्छित हुने गरेको यहाँ आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । अनिच्छित…

नियमित व्यायाम गरेको २० वर्ष भयो : डा .भगवान कोइराला

डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । चिकित्सकीय क्षेत्र बढी व्यस्त रहने पेसा हो । आमडाक्टरजस्तै डा. कोइराला पनि व्यस्त छन् । व्यस्तताबीच पनि आफूले फिट रहनका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्ने गरेको उनी बताउँछन् । ५९ वर्षीय डा. कोइरालाले फिटनेस सूत्रबारे भने : स्वस्थ रहन ‘फिट’ हुन आवश्यक स्वस्थ रहन ‘फिट’ हुन आवश्यक छ । यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यप्रति सचेत हुने, समयमा उपचार गर्ने र व्यायाम गर्नेजस्ता आधारभूत काम गर्नुपर्छ । तर, स्वस्थ हुनुमात्र ‘फिट’ हुनु होइन । सामान्यतया बराबर तौल भएका दुई व्यक्तिमध्ये ठूलो पेट हुनेमा हृदयाघातको…

नेपाल स्वास्थ्य प्राबिधिक संघद्धारा स्वास्थ्य सेवाका कर्मचारी सुचि सार्वजानीक गर्न माग

स्वास्थ्यसमाचार नेपाल स्वास्थ्य प्राबिधिक संघले स्वास्थ्य सेवाका कर्मचारीको गुनासा सुनाई भई संघिय मामिलाले स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा पठाएपनि कर्मचारीको सुचि सार्वजानीक नभएकोले सार्वजानीक  माग गरेको छ । नेपाल स्वास्थ्य प्राबिधिक संघका वरिष्ठ उपाध्यक्ष राम सुन्दर यादबले स्वास्थ्य सेवाका कर्मचारीको सुचि सार्वजानीक गरि संघलाई उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गरेका छन । वोर्धाथ संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयलाई समेत दिईएको छ ।