स्वास्थ्यसमाचार/पाल्पामा नवजात शिशु अस्पतालबाटै गायब भएको छ । लुम्बिनी मेडिकल कलेजमा शुक्रबार जन्मिएको शिशु गायब भएको हो । तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले वताए । शुक्रबार जमुनाले बिहान ११ बजे जन्माएको छोरा दिउँसो करीव तीन बजेतिर हराएको हो । अर्धचेत अवस्थामा रहेकी जमुनालाई उनकी आमाले झोलिलो खानेकुरा लिन क्याण्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन् । उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने वहानामा सँगै गएको बताइएको छ । शिशु आफुले ल्याइदिने बाहना गरी ज्वानोको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
पाल्पामा झाडा पखालाबाट ५० बिरामी ४को अबस्था गम्भिर
स्वास्थ्यसमाचार पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० भन्दा वढी मानिस झाडापखला लागेर विरामी परेका छन्। विरामी मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल पाल्पाका प्रमुख डाक्टर पुष्प ज्ञवालीले बताए। उनका अनुसार बिहिबार दिउँसो ४ जनालाई सामान्य झाडापखला लागेको थियो। शुक्रबार बिहानदेखि सिंगो गाउँकालाइनै झाडापखलाले ग्रस्त पारेको डाक्टर ज्ञवालीले बताए। अहिले जिल्ला अस्पताल पाल्पाका डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले विरामीको उपचार थालेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकार माधव प्रसाद ज्ञवालीले बताए। उनका अनुसार विरामीको अवस्थालाई ख्याल गरेर सलाइन चढाउनुका साथै जीवनजल खुवाउने काम भइरहेको…
सशस्त्र द्धन्द्धका घाईते अपाङ असक्तको निशुल्क उपचार लुम्बिनी प्रादेशीक अस्पतालमा
स्वास्थ्यसमाचार/ सशस्त्र द्धन्द्धका घाईते अपाङ असक्तहरुको निशुल्क औषधी उपचार लुम्बिनी प्रादेशीक अस्पतालमा बुटबलमा हुने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रादेशीकअस्पतालको सहकार्यमा जानकारी दिने उदेस्यले कार्यक्रम सम्पन्न भएको हो। द्धन्दकालमा भएका १२ जिल्लाका सबै बिरामीलाई निशुल्क औषधी उपचार गरिने ब्यबस्था भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत नरबहादुर अर्यालले बताए । लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा कृष्ण प्रसाद खनालले शसस्त्रद्धन्द्धका घाईते अपाङ असक्तहरुको निशुल्क औषधी उपचार गरिने बताए । खनालले भने द्धन्द्धकालमा गोली लागेका १ जनाको अप्रेशन केहि दिनमा गर्ने तयारी भएको बताए । अरु क्षेत्रबाट…
बाढी पहिरोमा औषधी तथा अन्य स्वास्थ्य सहयोगका लागि प्रदेश ५ मा तोकिए सम्पर्क व्यक्ति डा चौधरी
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातारको वर्षाका कारण आइरहेको बाढी पहिरोका कारण आउन सक्ने महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका लागि सम्पर्क व्यक्ति तोकेको छ। केन्द्रका प्रमुख चुडामणि भण्डारीद्वारा हस्ताक्षरित पत्रमा संघमा ४ जना र प्रत्येक प्रदेशमा एक/एक जना सम्पर्क व्यक्तिको नाम र नम्बर उल्लेख छ। प्रदेश ५ मा डा उमा शंकर चौधरी, लाई तोकेको छ । केन्द्रका प्रमुख चुडामणि भण्डारीले पहिरोका कारण आउन सक्ने महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका लागि सम्पर्क व्यक्ति तोकीएको बताए ।डा चौधरी समाजीक बिकास मन्त्रालय प्रदेश नं ५ का स्वास्थ्य महाशाखा प्रमुख…
धकधईमा आखाँ र कानको प्राथमिक उपचार हुने
स्वास्थ्यसमाचार रुपन्देहीको रोहिणी गाउँपालिकाको सदरमुकाम धकधइर्म अब आँखा तथा काँनका रोगीहरुको उपचार हुने भएको छ । रोहिणी गाउँपालिकाका तथा नेपाल नेत्र ज्योती संघ लुम्बिनी नेत्र बिज्ञान तथा अध्ययन संस्थान रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पतालको संयुक्त प्रयासमा अन्ततः स्थानियले अब धकधईमै आखाँ र कानको प्राथमिक उपचार पाउने भएका हुन । मंगलबार एक कार्यक्रमका बिच नेत्र ज्योती संघका केन्द्रिय महासचिव श्याम कुमार पोखरेलले धकधईमा प्राथमिक आँखा उपचार केन्द्रको उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा बोल्दै पोखरेलले नेत्र ज्योती संघको मूख्य उद्देश्य नै आँखाको रोगको निदान गर्नु रहेको बताए । उनले…
लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षौंसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएका छन: मेसु डा खनाल
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षोसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएको अस्पतालले जनाएको छ ।काम संगै लुम्बिनी प्रादेशिक अस्पतालको बिरामीले पालो कुर्नुपर्ने लगायतका समस्या अन्त्य भएको बताईएको छ । लुम्बिनी प्रादेशीक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड कृष्णप्रसाद खनाल भन्दछन म अस्पतालमा आएपछि सेवा बिस्तार बचत तथा बिरामीलाई लाईनमा लाग्ने जस्ता समस्या समाधान भएको बताए। । म लुम्बिनी प्रादेशीक अस्पतालमा आएपछि निम्न कामलाई प्राथामिकता दिएकार अघि बढाए। पहिलो काम मैले अस्पतालम बर्षिक ३७ लाख भन्दा बचत गराएको छु जुन रोटरी कल्ब अफ बुटबलको सहयोगमा अस्पतालमा अक्सिजन जडान भएको छ । त्यस्तै अस्पतालमा…
विषादी परीक्षणलाई ६ महिनाभित्र निरन्तरता दिइनेः परराष्ट्रमन्त्री ज्ञवाली
स्वास्थ्यसमाचार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारी आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताएका छन् । सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगीत गर्नुपरेको जानकारी दिँदै उनले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या नगर्न विपक्षीलाई आग्रह समेत गरे । नेकपा बुटवल उपमहानगर कमिटीले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले तयारीबिना विषादी परीक्षण गरिँदा यो अवस्था आएको भन्दै ६ महिनाभित्र तयारीका सबै काम सकेर विषादी परीक्षणलाई निरन्तरता दिइने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार गठन भएको…
लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा भएको छ। एकै चोटी ७ बिभागीय प्रमुखको सरुवा भएपछि उपचारमा समस्या हुने भएको अस्पतालले जनाएको छ । लामो समय सम्म लुम्बिनी प्रादेशीक अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकहरुको सरुवा हो । लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालका अनुसार अहिले अस्पतालमा आफुसहित ७ जनाको सरुवा भएको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख फिजीसियन डा बिष्णु पौडेललाई कोसी अञ्चल अस्पताल, वाल रोग बिभाग प्रमुख डा किरण मणि पौडेललाई पोखरा, सर्जन डा नाराद खतिवडालाई चितबन हाडजोर्जी प्रमुख डा राजेन्द्र सन्जेल क्षेत्री लाई…
मन्त्री बरालद्धारा साङ्लोले बाधिएका ८ वर्षिय अपांगता बालकको उद्धार, उपचार शुरु
स्वास्थ्यसमाचार प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले अपांगता भै साङलो ले बाँधेर राखिएका पाल्पा रिब्दिकोट गाउंपालिका १ ख्याहा जैथुमका ८ वर्षिय वालकको उद्धार गरेका छन । पाल्पा रिब्दिकोट गाउपालिका १ ख्याहा जैथुमका ८ वर्षिय शिव कुमाललाई मानव सेवा आश्रम बुटवलमा ल्याईएको छ। लामो समय देखी साङलो ले बाँधेर राखेका बालकको उपचार सुरु गरिएको हो। पाल्पाको जैथुममा अपांगता हुनुको कारण पत्ता लगाउनका लागी पानीको मुल परिक्षण, मानिसको आहार ब्यहार, सामाजिक रितिरिवाज लगायतको बिषयमा गहन अध्ययन गरीने मन्त्री बरालले बताए। उनले आगामी दिनमा अपांग बच्चा नजन्मने स्थिती पैदा गर्ने, सबैलाई…
बुटवलमा स्वास्थ्य बीमा लागू गर्ने बारे अभिमुखीकरण
स्वास्थ्यसमाचार/ नेपाल सरकार स्वास्थ बीमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवालाहरुको लागी स्वास्थ बीमा बिषयक अभिमुखिकरण भएको छ । बुटवल उपमहानगरपालिकामा शुक्रबार एक समारोह बीच जनप्रतिनिधि र कर्मचारीहरुसंग अभिमुखिकरण गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने वताए । स्वास्थ्यलाई मौलिक हकका रुपमा संविधानमै व्यवस्था गरिएको भन्दै प्रमुख सुवेदीले त्यसैलाई व्यवहारिक बनाउनुपर्ने वताए । स्वास्थ्य बीमा लागु हुनुभन्दा पहिले पूर्ब तयारी, प्राबधान र सुविधाका बारेमा यहाँका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, ब्यापारी, संञ्चारकर्मी लगायतलाई जानकारी गराउन अभिमुखिकरण गराइएको हो । स्वास्थ्य बीमाको बारेमा जानकारी…