गुल्मीको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुभारम्भ

वासुदेब पोखरेल

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट गाउँपालिका वडा न ६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुभारम्भ भएको छ ।  धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष शिब केसीले एक्सरे सेवा सुभारम्भ गरे । ।

ग्रामिण क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सुविधालाई ध्यानमा राखि गाउँगाउँमा स्थानिय सरकार रहेको महशुस आम नागरिकमा गराउनको लागि र स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता हटाउनको लागि आधारभुत आवश्यकतामध्ये एक्सरे सेवा सुरु गरिएको हो ।

उक्त स्वास्थ्य केन्द्रले अहिले ओपिडि सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, इसिजि सेवा, ल्याव सम्बन्धि सेवाहरु, स्वास्थ्य विमा कार्यक्रम र आजबाट एक्सरे सेवा लगायतका सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रका प्रमुख डा जनक पाठकले वताए । त्यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले अब छिट्टै नै भिडियोएक्सरे सेवा पनि सञ्चालन गरिने वताए ।

सोहि कार्यक्रममा आफना भनाई राख्दै गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले स्थानिय स्तरमा नै आधारभुत सेवा प्र्रदान गर्न र जनताहरुसँग गरेको वाचा पुरा गर्न सदरमुकाममा दिइने सेवाहरु यस प्राथमिक केन्द्रबाट नै सञ्चालन गरिएको वताए । उनले सबैलाई सेवा लिनको आग्रह पनि गरे । त्यस्तै उनले अबको २ बर्ष भित्रमा १५ सैयाको अत्याधुनिक अस्पताल निमार्ण गरिने पनि समेत बताए । त्यस्तै महिला स्वयमसेविकाहरुको लागि यस बर्षबाट कल्याणकारी कोषको स्थापना गरिने अध्यक्ष पोखरेलले बताए ।

धुर्कोट गाउँपालिका उपाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष शिबबहादुर खत्रिको अध्यक्षता रहेको कार्यक्रममा धुर्कोट गाउँपालिका प्रमुख तथा स्वास्थ्य केन्द्रका सँरक्षक भुपाल पोख्रेलको प्रमुख आथित्यता, प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी, प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख जनक पाठक, धुर्कोट गाउँपालिका स्वास्थ्य सह सँयोजक सुनिता सारु लगायतकोे आथित्यता रहेको थियो ।

समाजसेवि, जग्गादाता, स्वयमसेविका लगायतको उपस्थिति रहेको कार्यक्रममा धुर्कोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पे्रम खनालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेव बाबुराम कुवँरले गरेका थिए ।

सम्बन्धित शिर्षक :