लुम्बिनी प्रादेशिक अस्पतालाई कृषि बिकास बैक खस्यौलीले दियो १० लाखको चेक

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई कृषि बिकास बैक खस्यौली शाखाले औषधी खरिद गर्ने १० लाख दिएको छ । अस्पताल आयोजीत एक समारोहमा कृषि बिकास बैक खस्यौली शाखाका क्षेत्रिय निर्देशक जगदिश्वर पन्थीले अस्पतालका मेसु डा राजेन्द्र खनाललाई उक्त १० लाखको चेक हस्तान्तण गरेका हुन ।

चेक हस्तान्तण कार्यक्रममा बोल्दै बैकका क्षेत्रिय निर्देशक जगदिश्वर पन्थीले अस्पतालमा केहि भएपनि बैकको तर्फबाट सहयोग गरेको बताए । उनले खस्यौली शाखाले उपलब्ध गराएको रकबाट अस्पतालमा क््रयासकार्ड crash card   खरिद गर्नेको लागी सहयोग गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले कोरोना महामारीको बेला अस्पताललाई क््रयासकार्ड खरिदगर्ने बैकले उपलब्ध गराएको सहयोगको प्रसंसा गर्दे अस्पतालप्रति बैकको सहयोग सधै आबश्यकता रहेको बताए ।

चेक हस्तान्तण कार्यक्रममा कृषि बिकास बैक खस्यौली शाखाका प्रबन्धक पिताम्बर गौतम ,लुम्बिनी प्रादेशिक अस्पतालका लेखा अधिकृत चेतनारायण न्यौपाने लेखा अधिकृत टेकलाला भुर्तेल स्टोर प्रमुख रुपलाला पन्थी प्रसाशनका नासु श्रीराम पान्डे लगाएको सहभागी रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :