भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

स्वास्थ्यसमाचार /जेठ २५ गतेदेखि सञ्चालन भएको कोराना भाइरस विरुद्धको भेरोसेल खोप अभियानमा पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो ।

उक्त अभियानमा ३ लाख ७० हजार जनाले पहिलो मात्रा लगाएका थिए । भेरोसेल को पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिनपर्ने भएकाले असार २२ गतेबाट दोस्रो मात्राको मिति तय भएको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले वताए। खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने डा शर्मा गौतमले बताए ।

सम्बन्धित शिर्षक :