आगामी निर्वाचनसम्म सबैलाई कोभिड विरुद्धको खोप :अर्थमन्त्री पौडेल

स्वास्थ्यसमाचार/ अर्थमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनसम्म सबै नागरिकलाई कोभिड विरुद्धको खोप उलब्ध गराइने दाबी गरेका छन् । सरकारले घोषणा गरेको निर्वाचन मितिसम्म सबैलाई खोप उलब्ध गराई मास्क खोलेर हिड्न सक्ने वातावरण सिर्जना गरिने बताए ।

विहिबार मात्रै अर्थसहित उद्योग बाणिज्य तथा आपुर्ती, उर्जा, जलश्रोत तथा सिञ्चाई गरी ५ मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका पौडेलले एक दुई हप्ताभित्रै कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरिने बताए ।

अब सुरु हुने खोप अभियान रोक्न नपर्ने गरी सरकारले तयारीमा लागेको उनले बताए । कोभिड विरुद्धको खोप नेपालमा उत्पादन नहुने र विश्व बजारमा समेत चरम अभाव भइरहेका बेला पनि सबै नागरिकलाई पुग्ने गरी खोप आयातको तयारीमा सरकार लागिरहेको पौडेलले बताए ।

कालिगण्डकी–तिनाउ भाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमा स्थापित कार्यालय उद्घाटन गर्दै उप–प्रधान तथा गृहमन्त्री पौडेलले विकास, समृद्धि र सामाजिक न्यायलाई आत्मसाथ गर्दै सरकार अगाडि बढिरहेको उल्लेख गरे ।

सम्बन्धित शिर्षक :