रुपन्देहीमा १८७ को नमुना परिक्षणमा २७ संक्रमित थपिए, मृतकको संख्या शून्य

स्वास्थ्यसमाचार /रुपन्देहीमा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २७ जनामा संक्रमण पुष्टि भएको छ भने २४ जना निको भएका छन् । १सय८७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल महानगरपालिका र तिलोत्तमा नगरपालिकामा ७/७ जना , बुटवल उपमहानगरपालिकामा ५, देबदह नगरपालिकामा ४, सैनामैना नगरपालिकामा ३ , ओमसितया गाउँपालिका र कञ्चन गाउँपालिकामा २/२ जना, सियारी र लुम्बिनी सास्कृतिक नगरपालिकामा १/१ जना संक्रमीत थपिएका छन् ।

रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४सय८२ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २सय ३ रहेको छन् ।

 

सम्बन्धित शिर्षक :