मोतिपुर स्वास्थ्य चौकीमा सामाजीक परिक्षण सम्पन्न,नयाँ भबन प्रसुति गृह बनाउन माग

स्वास्थ्यसमाचार /बुटबल उपमहानगर पालिक वडा नं १७मा रहेको मोतिपुर स्वास्थ्य चौकीमा सामाजीक परिक्षण गरिएको छ ।स्वास्थ्यचौकीले एक बर्षभित्र गरेका उपलब्धी र आगामी योजनाको बारेमा सबै सरोकारहरु बोलाएर जानकारी गराईएको हो। बुटबल उपमहानगर पालिका बडा नं १७ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था संञ्चालन तथा ब्यबस्थापन समितिका अध्यक्ष सन्त बहादुर रानाको प्रमुख आतिथ्य तथा मोतिपुर स्वास्थ्य चौकीका ईन्र्चाज बिन्दु अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सामाजीकपरिक्षण कार्यक्रममा बोल्दै सरोकारवाहरुले हेल्थपोटको भबन नयाँ बनाउनु पर्ने सुत्करी गराउनको लागी प्रसुति गृह बनाउनु पर्ने स्वास्थ्य चौकीमा बाट दिईने सेवालाई सेवा ग्राहीले देख्ने तरिकाले…

स्वास्थ्यमा नयाँ तिन काम शुरु गर्न लागेको छौ :समाजीक बिकास मन्त्री बराल

स्वास्थ्यसमाचार/प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्यमा नयाँ तिन काम शुरु गर्न लागेको बताएका छन । महिला स्वास्थ्य स्वयम सेविकालाई एडभान्स तालिमको बुटवलमा समापन कार्यक्रममा बोल्दै समाजिक बिकास मन्त्री बरालले उक्त कुरा बताएका हुन। मन्त्री बरालले प्रदेशमा नयाँ स्वास्थ्य निति बनाउने, प्रदेशको पाठ्यक्रममा स्वास्थ्यलाई अनिवार्य र पब्लीक हेल्थका कार्यक्रम गाउँ केन्द्रीत गर्ने गरि तिन काम यस बर्ष शुुरु गर्ने बताए । काम गर्न भन्दा पहिला निति नियमको आवश्यक रहेकोले स्वास्थ्य नीति बनाई तत्काल लागु गर्ने, कक्षा १ देखी १० कक्षासम्म स्वास्थ्य बिषयलाई ऐच्छिक भए अनिवार्य बनाउने…

“स्वास्थ्य समायोजन र संघियतामा जनस्वास्थ्य”

सरोज रिमाल निजामती कर्मचारीहरु मध्ये ठुलो हिस्सा ओगटेको क्षेत्र स्वास्थ्य सेवा हो, जुन संघियता पश्चात केही थलिदै गएको अनुभुती गरिएको छ । विगतमा मातृ तथा वाल स्वास्थ्यमा उल्लेखनिय उपलव्धी हासील गरी अन्तराष्टियस्तरमै पुरस्कृत हुन सफल भएको नेपाल संघियताले स्थापित गर्न खोजेको स्वास्थ्य व्यवस्थालाई आफु अनुकुल अपव्याख्या गरेकोले, स्वास्थ्य र संघियता विच तालमेल हुन नसक्दा स्वास्थ्यका सुचकहरु दिन प्रतिदिन खस्कदो अवस्थामा रहेको पाईन्छ । महिनौ अघि तामझामका साथ कार्यक्रम गरी समायोजन सकियो भनिएतापनि स्वास्थ्य को सवैभन्दा ठुलो हिस्सा (करिव ८०५) रहेको सहायक पदका ४/५/।/६/७ तहको समायोजनको सुचि समेत सार्वजनिक गर्न नसकेको…

सर्पको टोकाईबाट कपिलवस्तुमा २ जनाको मृत्यु

स्वास्थ्यसमाचार सर्पको टोकाईबाट कपिलवस्तुको बाणगंगा नगरपालिकामा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बाणगंगा नगरपालिका वडा नं ६ भगलापुरका अन्दाजी ४५ बर्षिय तेज प्रसाद खनाल र वडा नंं. ३ निवासि ५० बर्षिया शुभमाया थापा रहेका छन् । उनीहरुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । खनाललाई आइतबार साँझ घरबाट लक्ष्मणघाट बोलबम जाने क्रममा गोमन सर्पले डसेको थियो । सर्पदंश उपचार केन्द्रका नविन भण्डारीले खनाललाई समयमै अस्पत्ताल ल्याउन नसक्दा ज्यान गएको बताए ।थापालाई आज विहान सर्पले डसेको थियो । उनको उपचारको…

तोकियो स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलब

स्वास्थ्यसमाचार चालु आर्थिक बर्षको बजेटमा बृद्धि भएको सरकारी कर्मचारीको नयाँ तलव स्केल निर्धारण भएको छ । अर्थ मन्त्रालयले १ साउन देखि लागू हुने गरी नयाँ तलव स्केल निर्धारण गरेको हो बजेट सार्वजनिक गर्दा सबै कर्मचारीको १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो । तर कसले कति तलब पाउने भने सार्वजनिक भएको थिएन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार स्वास्थ्य सेवा अन्तर्गत अधिकृत बाह्रौ तहको जम्मा ६४ हजार ७ सय २६ कायम भएको छ । सरकारले कायम गरेको तलबमान ०७६ साउन १…

लुम्बिनी प्रादेशीक अस्पतालको फार्मेसी संञ्चालनका बिषयमा निकै ठुलो दवाब आयो : मन्त्री बराल

स्वास्थ्यसमाचार/प्रदेश नं ५को सबै भन्दा पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा आफ्नै व्यबस्थापनमा फार्मेसी (औषधी पसल) सञ्चालन गरिएको छ । १ सय ७ बर्षमा अस्पतालले आफनो फार्मेसी संञ्चालन गरेको हो। प्रदेश सरकार समाजीक बिकास मन्त्रालयको पहलमा गत शुक्रबार देखी अस्पतालको आफनै फार्मेसी सुरु भएको छ । २०७२ सालमा स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालले आफै फार्मेसी सुरु गर्नु पर्ने नियर्ण गरेपनि अस्पतालले नामको मात्रै फार्मेसी संञ्चानमा ल्याएको थियो । अस्पतालको फार्मेसी सुरु गर्दाको दिननै राम्रो बिक्री भएको र अब दैनीक ३ लाख भन्दा बढीको औषधी बिक्री गर्ने लक्ष्य रहेको अस्पताललका मेसु डा कृष्ण…

संजीबनी कलेजद्धारा बिद्यार्थीलाई स्वास्थ्यसमन्धी तालिम

स्वास्थ्यसमाचार संजीवनी कलेज अफ मेडिकल साइन्सेज बुटवलमा व्याचलर अफ पब्लिक हेल्थ छैटौं सेमेष्टरमा अध्ययनरत तथा अन्य माध्यमिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई तालिम प्रदान गरिएको छ । दुई दिने तालिममा उनीहरुलाई महिनावारी सरसफाई व्यवस्थापन र इन्टरनेट लत र त्यसले स्वास्थ्य र शिक्षामा पार्ने प्रभावका विषयमा तालिम प्रदान गरिएको हो । कलेजका दोश्रो सेमेष्टरका विद्यार्थी र रुपन्देही जिल्लाका दश वटा माध्यमिक बिद्यालयमा बिज्ञान बिषयका बिद्यार्थी गरि ४० जना सहभागि थिए । तालिमको समापन कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपनिर्देशक महेश बरालले सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिम लिने भन्दा पनि तालिममा…

स्तनपान सप्ताह शुरु ­: आमा र शिशु दुबैलाई फाइदा

शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराउनुभयो । पढाइ सकेर भर्खर मात्र काम थाल्नुभएकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउनुहुन्छ ।  अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई महिना मात्र स्तनपान गराएको र पछि नखुवाउने निधो गरेको उहाँले बताउनुुभयो । चिकित्सक लामिछाने भन्नुहुन्छ, “सबैलाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भनेर सल्लाह दिएँ तर आफँैले खुवाउन नपाउँदा धेरै पीडा भयो । ” शिशुलाई स्तनपान…

प्रदेश ५ सभा :अस्पतालमा दरबन्दी स्तरवृद्धि र स्वास्थ्यको ग्यारेन्टी गर्न माग

स्वास्थ्यसमाचार प्रदेश नम्वर ५ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले स्वास्थ्यको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले स्वास्थ्य प्रदेश ५ सरकारको ध्यानाकर्षण गराएका हुन ।प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले नेपालको संबिधानले आम जनताको स्वास्थ्य सेवाको ज्ञारेन्टी गरे पनि व्यवहारमा लागु हुन नसकेको भन्दै जनतालाई सहज रुपमा स्वास्थ्य सेवामा उपलब्ध गराउने व्यवस्था गर्न माग गरे । स्वास्थ्य संस्थाहरुमा दरवन्दि अनुरुपको चिकित्सक नहुँदा जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको भन्दै उनले तत्काल दरवन्दि अनुसारको चिकित्सक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा…

ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…