शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर

स्वास्थ्यसमाचार /शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. बुटवलले १४ औं वार्षिकोत्सवको अवसरमा निशुल्क दन्त शिविर गरेको छ ।बैंकको प्रधान कार्यालय बुटवल कालिकानगरमा सोमबार भएको शिविरमा स्थानीय, बैंकका सेवाग्राही र कर्मचारी समेत एक सय ५० जनाले दांतको चेकजांच गरेका थिए ।

शिविरको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क दन्त शिविर गरिएको बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि थुप्रै कामहरु गरेको उनले उल्लेख गरे ।

बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैंकिङ हेड नम्रता थापाको सञ्चालनमा भएको शिविरमा आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोग रहेको थियो ।बैंकको १४औं वार्षिकोत्सव फागुन ११ गते विशेष कार्यक्रम सहित गरिने बैंकले जनाएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :