लुम्बिनी प्रादेशिक अस्पतालमा फागुन८गते फाईजर खोप लगाईने

स्वास्थ्यसमाचार /रुपन्देहीमा आईतवार फाईजर खोप लगाईने भएको छ।पहिलो खोप लगाएका र दोश्रो खोप लगाउन बाँकी ३ सय १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीमा आएको फाईजर खोप पहिलो मात्र लगाएका र बिचमा लगाउन छुटेका बाकी ३ सय १८ जनालाई आईतबार खोपलगाउने बताए।

पहिलो डोज लगाएका वालवालिका दिर्घरोगीले आईतबार लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा आईखोप लगाउन आग्रह गरेका छन । कोभिडविरुद्धको फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो ।

रुपन्देहीमा पहिलो फाईजर खोप लगाईने भनेपनि सरकारले २४ सयलाई वाहेका अरुलाई मोडना खोप लगाएका छन ।रुपन्देहीमा १ लाख ३७ हजार बालवालिकाले कोरोना बिरुद्धको मोर्डना खोप लगाई सकेको स्वास्थ्य कार्यलयको तथ्याकमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक :