यि हुन काँग्रेस लुम्बिनीकोे घोषणा पत्रमा समेटिएका स्वास्थ्यका बुँदाहरु

स्वास्थ्यसमाचार/ मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले घोषणा पत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा स्वास्थ्यका क्षेत्रमा दीर्घरोग तथा डाइलासिस,निशुल्क देखी औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने उल्लेख गरेको छ।बिहीबार बुटवलमा घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले पार्टीको केन्द्रीय घोषणापत्रलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिदै घोषणापत्र तयार गरिएको वताउनु भयो ।

घोषणा पत्र सार्वजनिक गर्दे लुम्बिनीमा बौद्ध धर्माबलम्बीको बसोबास भएको मुलुकबाट प्रसुति गराउन आकर्षित गर्न बर्थिङ सेन्टरका रुपमा विकास गर्ने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने घोषणापत्रमा जनाइएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने,अत्यावश्यक औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने, दीर्घरोग तथा डाइलासिस गर्नुपर्ने बिरामीलाई निशुल्क उपचार गर्ने, निरोधात्मक स्वास्थ्य सेवा सञ्चालन गर्ने उल्लेख छ ।

बिभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सुझाव समेटेर प्रदेशको आवस्यकता र सम्भाव्यतालाई मध्येनजर गरी ५ बर्षमा गर्न सकिनेकामलाई समेटेर घोषणा पत्र तयार गरिएको सभापति पुनले बताउनु भयो।

कार्यक्रममा कांग्रेस लुम्बिनीका महामन्त्री राजु खनाल,सहमहामन्त्री निमा गिरी,घोषणा पत्र तयारी समितिका संयोजक ई.मन्दीप चौधरीले घोषणा पत्र बारे प्रकाश पार्नु भएको थियो।

सम्बन्धित शिर्षक :