रुपन्देही क्षेत्र नं. २ (क)का उम्मेदवार केसीका स्वास्थ्यमा ६ बुदे प्रतिवद्धता

स्वास्थ्यसमाचार/  रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले स्वास्थ्यमा ६ बुदे प्रतिवद्धता सार्वजानिक गर्नु भएको छ।

रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेवार रहनु भएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा र उहाँले संयुक्त रुपमा ल्याएको स्वास्थ्यमा ६ बुदे प्रतिवद्धता सार्वजानिक गर्नु भएको हो।आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य लाई समुन्नत र सुबिधासम्पन्न बनाउने अठोट गर्नुभएको छ ।

केसीले बुटवलको लुम्विनी प्रादेशिक अस्पताललाई आधुनिक सुविधायुक्त अस्पतालकोरुपमा विकास गर्ने, बुटवलको सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) लाई स्तरोन्नती गरी प्रादेशीक अस्पतालकोरुपमा विकास गरिने बुटवलको लुम्बिनी आयुर्वेदिक अस्पताललाई स्तरोन्नती गरी थप सुविधायक्त बनाई सेवाग्राहीलाई आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिनेछ,।

त्यस्तै यो प्रदेशभित्रका स्वास्थ्य चौकी एवं साना अस्पतालहरुलाई सुविधा सम्पन्न बनाई गुणस्तरीय स्वास्थ्य संस्थाको रुपमा विकास गर्न पहल गरिनेछ,, स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाईनेछ, तिलोत्तमा ६ मा निर्माणधिन १५ शैयाको अस्पताललाई छिटो सम्पन्न गराउन पहल गरिनेछ प्रतिवद्धता मा उल्लेख गरिएको छ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा समेतको सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रस महासमिति सदस्य हुनुहुन्छ ।

                       यस्ता छन प्रतिवद्धता

 बुटवलको लुम्विनी प्रादेशिक अस्पताललाई आधुनिक सुविधायुक्त अस्पतालकोरुपमा विकास गरिनेछ,
 बुटवलको सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) लाई स्तरोन्नती गरी प्रादेशीक अस्पतालकोरुपमा विकास गरिनेछ,
 बुटवलको लुम्बिनी आयुर्वेदिक अस्पताललाई स्तरोन्नती गरी थप सुविधायक्त बनाई सेवाग्राहीलाई आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिनेछ,
 यो प्रदेशभित्रका स्वास्थ्य चौकी एवं साना अस्पतालहरुलाई सुविधा सम्पन्न बनाई गुणस्तरीय स्वास्थ्य संस्थाको रुपमा विकास गर्न पहल गरिनेछ,
 स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाईनेछ,
 तिलोत्तमा ६ मा निर्माणधिन १५ शैयाको अस्पताललाई छिटो सम्पन्न गराउन पहल गरिनेछ,

 

सम्बन्धित शिर्षक :