पौडेलको योजना :खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाहभत्ता

स्वास्थ्यसमाचार/  खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने पूर्व खेलकुद तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिवद्धता जनाउनु भएको छ।

बुटवलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै पौडेलले ‘उर्जाशील जीवन खेलेरै बिताउन सकून् त्यसकालागि खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण र वर्षभरि प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउनेछौं,’ उहाले भन्नुभयो, ‘रोग लाग्दा उपचार गर्न निशुल्क स्वास्थ्य विमा, जीवन विमा र अशक्त तथा बुढ्यौली उमेरमा निर्वाह भत्ताको व्यवस्था गर्नेछौं ।’

खेलाडी राष्ट्रका गहना भएको बताउदै खेलाडीलाई वर्तमान र भविष्यमा जीउनेबारे चिन्ता लिन नपर्ने अवस्था सिर्जना गर्नुपर्ने वताउनु भयो । खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै उहाले सबैका लागि खेल गतिविधि गरिनु पर्ने वताउनु भयो ।

‘खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै अब सबैका लागि खेल गतिविधि गरिनु पर्ने वताउनु भयो । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्स एकेडेमीले गरेको समेत पौडेलले वताउनु भयो ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले आफू मन्त्री हुंदा एक पालिका एक खेलमैदा, उजीरसिंह रंगशाला, सिद्धेश्वरी खेलमैदान लगायतमा लगानी गरेको वताउनु भयो ।लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा देखिनेगरी काम गर्ने वताउनु भयो ।

राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको व्यवसायिकता र सम्मानित जीवनको लागि दल र तिनका नेताहरुले सोच्नुपर्ने बताउनु भयो। मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलाडी र खेलकुदको क्षेत्रमा उम्मेदवारबाट प्रतिवद्धता लिन कार्यक्रम आयोजना गरेको बताउनु भयो।

एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेल र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको वताउनु भयो ।एकेडेमीका केन्द्रीय सदस्य डा. प्रकाश पौडेलले खेलाडीहरुका लागि छुट्टै अस्पतालको व्यवस्था गरिदिन माग गर्नु भयोे ।

अन्तराष्ट्रिय पूर्व खेलाडी तथा प्रशिक्षक तुलबहादुर थापाले खेलाडीले आफ्नो जीवन कसरी चलाउने भन्ने चिन्ता नमानी खेल्ने वातावरण बनाइदिन माग गर्नु भयो।

 

 

सम्बन्धित शिर्षक :