रुपन्देही क्षेत्र नं २ (२)का उम्मेदवारको स्वास्थ्यमा १२ बुदे प्रतिवद्धता

स्वास्थ्यसमाचार /रुपन्देही क्षेत्र न २ (२) मा सत्ता गठबन्धनका आबद्ध दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

निर्वाचन क्षेत्रभित्रका सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन।उनीहरुले जनस्वास्थ्य, ५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबैलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ ।

यस्ता छन जनस्वास्थ्यतर्फ :–

प्राकृतिक चिकित्सालय सेवा केन्द्रको रुपमा बिकास गर्ने निशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने ।

लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याड सहित आधुनिक मेडिकल कलेज बनाउने र बिरामि कुरुवालाई छुटै आवासको व्यबस्था गर्ने ।

तामनगरमा ट्रामा सेन्टेर स्थापना गरी ५ बर्षमुनिका बालबालिका र ७० बर्ष माथीका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था ।

सबै बिध्यालयमा नर्स कार्यक्रम सञ्चालन गर्ने ।

नसर्ने रोगबाट बच्न जनता स्वास्थ्य परिक्षण कार्यक्रम लागू हुने ।

प्रत्येक वडामा ल्याब सहितको स्वास्थ्य सुबिधा उपलब्ध गरिने ।

जिपिएस जडान गरी आई.सि.यु एम्बुलेन्स सञ्चालन गरिने ।

सबै बिध्यालयमा निशुल्क सेनेटरी प्याड व्यवस्था ।दिर्घकालिन रुपका जटिल रोगहरुका लागी स्थानीय स्वास्थ्य संस्था बाट निशुल्क उपचारको व्यवस्था गर्ने ।

स्वास्थ्य बिमालाई कार्यन्वयन गरी विपन्नलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने ।

मनोसामाजिक केन्द्र स्थापना गर्ने र सडहरुमा ट्रमा केयर सेन्टर स्थापना गर्ने ।

सम्बन्धित शिर्षक :