दशैँ नेपालीहरूको प्रमुख चाड हो। आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, मिठामिठा परिकार खाने र रमाइलो गर्ने अवसरका रूपमा दशैँलाई लिइन्छ। दशैँको खानपानमा मासुका परिकारको विशेष महत्त्व हुन्छ। तर चाडपर्वमा स्वादका लागि आवश्यकताभन्दा बढी मासु, चिल्लो तथा मसलायुक्त खानेकुरा र मदिरा सेवन गर्दा पेट तथा कलेजोसम्बन्धी समस्या बढ्न सक्छ। वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. मोहन भुसाल, ग्यास्ट्रो सेन्टर बुटवलका अनुसार दशैँमा खानपान सन्तुलित नहुँदा ग्यास्ट्रिक, अपच, कब्जियत र झाडापखाला जस्ता समस्या देखिन सक्छन्। विशेषगरी पहिले नै पेट तथा कलेजोसम्बन्धी समस्या भएका व्यक्तिले खानपानमा थप सावधानी अपनाउनुपर्छ। किन हुन्छ समस्या…
विचार/विश्लेषण
दशैँको महत्त्व, खानपान र स्वास्थ्यमा पर्ने प्रभाव
“बिजया दशमी २०८३ को सम्पुर्ण नेपाली आमा बुवा दाजुभाई दिदिबहिनी हरुमा सु-स्वास्थ्य दिर्घायु एबंम उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना” बिजया दशमी (बडा दशैँ) नेपालीहरूको सबैभन्दा ठूलो सांस्कृतिक र महान पर्व हो । आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको मुख्य आकर्षण विजयादशमी अर्थात् दशमीको दिन हो। यस दिन नवदुर्गा भवानीको पूजा-आराधना गरी रातो टीका, जमरा र आफुभन्दा ठूला-बडाबाट आशीर्वाद ग्रहण गरिन्छ । पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा बिजयादशमी पर्व मनाइन्छ। तर, दशैँ केवल पौराणिक कथा, धर्म वा सांस्कृतिक परम्परामा…
डिजिटल युगमा सम्बन्ध, एक्लोपन र मानसिक स्वास्थ्य
आजको डिजिटल युगमा मानिस प्रविधिसँग नजिकिँदै गएको छ, तर आफ्नै परिवार र प्रियजनसँग भावनात्मक रूपमा टाढिँदै गएको अनुभव पनि बढ्दो छ। हातमा मोबाइल, सामाजिक सञ्जालमा सयौँ साथी र निरन्तर सन्देशको ओहोरदोहोर हुँदाहुँदै पनि मानिसले एक्लोपन महसुस गर्न सक्छ। यस्तो अवस्थाले मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र व्यक्तिगत खुसीमा प्रभाव पार्न सक्छ। डिजिटल लत र मानसिक तनाव मोबाइल, टिकटक, रिल्स र सामाजिक सञ्जालमा लामो समय बिताउँदा मानिसको निद्रा, एकाग्रता र दैनिक जीवन प्रभावित हुन सक्छ। अरूको जीवनसँग आफ्नो तुलना गर्ने, निरन्तर प्रतिक्रिया र प्रशंसा खोज्ने तथा सन्देशको जवाफ ढिलो आउँदा चिन्ता गर्ने…
मानव समाज, आधुनिक जीवनशैली र अबको स्वास्थ्य पत्रकारिताको दिशा
मानव जीवनको विभिन्न आधारभूत आवश्यकता र अधिकारसँग जोडिएको मध्येको एक महत्त्वपूर्ण विषय हो-‘स्वास्थ्य’ । व्यक्तिकोशारीरिक, मानसिक तथा सामाजिक अवस्थादेखि परिवार, समाज, अर्थतन्त्र, उत्पादनशीलता र समग्र राष्ट्रको विकाससम्म स्वास्थ्यकोप्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहने गर्दछ । त्यसैले पनि स्वास्थ्यसम्बन्धी सूचना सामान्य सूचना मात्र होइन । यसले मानिसको जीवन, स्वास्थ्य व्यवहार र निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्ने संवेदनशील सार्वजनिक सरोकारको विषय समेत हो । यही कारण स्वास्थ्यसम्बन्धी सूचना कसरी उत्पादन, परीक्षण, व्याख्या र सम्प्रेषण गरिन्छ भन्ने प्रश्न आजको पत्रकारिता क्षेत्रमा झन् गहन रमहत्त्वपूर्ण बन्दै गएको छ । ‘स्वास्थ्य’ मानव जीवनसँग प्रत्यक्ष जोडिएको सबैभन्दा…
डा. कपिलमणि केसीको १५ वर्षे अनुभव : १० हजार शल्यक्रिया, ३५० जोर्नी प्रत्यारोपण
हिँड्दा घुँडा दुख्ने, उकालो–ओरालो गर्न नसक्ने, बस्न र उठ्नसमेत अरूको सहारा चाहिने अवस्था धेरैका लागि पीडादायी हुन्छ। उमेर बढ्दै जाँदा घुँडा वा हिपको जोर्नी खिइनु, पुरानो चोटका कारण जोर्नी बिग्रनु र दैनिक कामकाजमा कठिनाइ हुनु सामान्य समस्या हुन्। तर, जोर्नी खिइँदैमा जीवनभर दुखाइ सहेर बस्नुपर्छ भन्ने छैन। आवश्यक अवस्थामा गरिने जोर्नी प्रत्यारोपणले दुखाइ कम गर्न र दैनिक जीवन सहज बनाउन सहयोग पुर्याउँछ। नेपालमा पछिल्लो डेढ दशकमा हाडजोर्नी उपचार र जोर्नी प्रत्यारोपणको क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ। कुनै समय सीमित ठूला अस्पतालमा मात्रै उपलब्ध हुने जोर्नी प्रत्यारोपण सेवा अहिले देशका विभिन्न…
भीरको बाटोदेखि अप्रेसन थिएटरसम्म : ४० हजार शल्यक्रिया गरेका डा. खनाल
गुल्मीको धुर्काेटमा जन्मेर हाल रुपन्देहीको तिलोत्तमा-२ निवासी कृष्ण खनालको उमेर ६८ टेक्न थाल्यो । २०३९ सालमा कर्णालीको कालिकोटस्थित फुकोट हेल्थपोष्टमा हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका उनी कमाउँदै पढ्दै गरेर २०५० सालमा एमबीबीएस पास गरी ०५२ सालमा डाक्टरको रूपमा मुस्ताङबाट सेवा सुरु गरेका हुन् । २०६० सालमा सर्जनमा एमडी गरेका उनी २०६१ सालदेखि २०७६ सम्म पहिलेको लुम्बिनी अञ्चल अहिले प्रादेशिक अस्पतालमा सेवा गरेर निवृत्त हुन् । खनाल सरकारी सेवाबाट निवृत्त भए पनि निजी अस्पतालमा अहिले पनि पूर्णकालीन रूपमा सेवारत छन् । श्रीमती, एक छोरा र छोरीसहित चारै जना स्वास्थ्य सेवामा…
तीजको महत्व र स्वास्थ्यसँगको सम्बन्ध : आस्था, संस्कृति र स्वस्थ जीवनशैली
नेपाली वैदिक सनातन परम्परा र सांस्कृतिक पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हो। धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले विशेष महत्व बोकेको तीज पछिल्लो समय स्वास्थ्यसँग पनि जोडिएर चर्चा हुने गरेको छ। हिन्दू धर्मग्रन्थअनुसार सत्ययुगमा हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग आफ्नो समस्या सुनाइन्। त्यसपछि साथीहरूले उनलाई लुकाएर सुरक्षित स्थानमा राखेको र त्यहीँ उनले निराहार व्रत तथा तपस्या गरी भगवान् शिवलाई पति रूपमा प्राप्त गरेको धार्मिक मान्यता…
जनताको स्वास्थ्यमा तिलोत्तमा, अब नगर अस्पतालको यात्रा
तिलोत्तमा नगरपालिका तीव्र गतिमा सहरीकरण भइरहेको स्थानीय तह हो। बढ्दो जनसंख्या, विस्तारिँदो बजार र शिक्षा तथा रोजगारीका अवसरसँगै यहाँ स्वास्थ्य सेवाको माग पनि बढिरहेको छ। नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अघि सारेका पछिल्ला कार्यक्रमले स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार गर्ने संकेत गरेका छन्। अब त्यसलाई व्यवस्थित गर्दै नगर अस्पतालको दिगो संरचना निर्माणतर्फ अघि बढ्नु आवश्यक देखिन्छ। नगरपालिकाले सञ्चालनमा ल्याएको ‘सुलभ फार्मेसी’ त्यसैको एउटा उदाहरण हो। नागरिकले औषधि सस्तो मूल्यमा पाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम सकारात्मक र अनुकरणीय छ। यससँगै सुलभ प्रयोगशाला र फिजियोथेरापी सेवा सञ्चालनको तयारीले सामान्य स्वास्थ्य सेवाका लागि निजी…
एच.पि.भी. खोप अभियान २०८३ बारे जानौं र सफल पारौं
नियमित खोप कार्यक्रम अन्तर्गत नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप पहिलो चरणमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा असोज महिनाको अन्त्यसम्म सञ्चालन गर्न लागेको छ। सोही बमोजिम रुपन्देहीमा पहिलो चरण असोज ५ देखि ८ गतेसम्म र दोस्रो चरण असोज १२ देखि १५ गतेसम्म सञ्चालन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ मा अध्ययनरत छात्रा र विभिन्न कारणले विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरूलाई एच.पि.भी. खोप दिइँदैछ। विद्यालयलाई…
स्वास्थ्य क्षेत्रको संकट : नीति होइन, नियत र कार्यान्वयनको प्रश्न
नेपालको स्वास्थ्य क्षेत्र आज नीति अभावका कारण संकटमा परेको होइन, कार्यान्वयनको अभावका कारण संकटमा परेको हो। हरेक सरकार आउँदा नयाँ–नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ घोषणा गरिन्छ। तर विडम्बना, पहिलेदेखि बनेका ऐन, नियमावली, निर्देशिका र मापदण्डहरू नै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। जबसम्म राज्यले आफ्नै कानुनलाई निष्पक्ष रूपमा लागू गर्न सक्दैन, तबसम्म नयाँ नीति थपिरहनुको कुनै अर्थ रहँदैन। विपक्षमा हुँदा स्वास्थ्य क्षेत्रका विकृति, निजी स्वास्थ्य संस्थामाथिको अन्याय, बिरामीको पीडा, कर्मचारीतन्त्रको ढिलासुस्ती र सुशासनको अभावबारे चर्का भाषण गर्ने नेताहरू सत्तामा पुगेपछि किन मौन हुन्छन्? किन आफ्नै प्रतिबद्धता र एजेन्डाबाट पछि…



