स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा १६ जना कोरोना संक्रमित महिलाले सल्यक्रियाबाट बच्चा जन्माएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार अस्पतालमा २४ जना संक्रमित महिला सुत्केरी भएका छन् । जसमध्ये १६ जनाले सल्यक्रियाबाट बच्चा जन्माएका हुन् भने ८ जनाको नर्मल डेलीभरी भएको हो । त्यस बाहेक गर्भाअवस्थासँग सम्बन्धीत अन्य समस्या गर्भपतन, रक्तश्राप लगायत भएर आएका चार जना रहेका छन्। रुपन्देहीमा हाल लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै कोरोना संक्रमित गर्भवत्तीको शल्यक्रिया हुने गरेको छ । अस्पतालले कोभिड संक्रमित महिलाको प्रस्तुतिको लागि छ्ट्टै व्यवस्था गरेको सुचना अधिकारी गौतमले बताए ।…
समाचार
रोहिणी गाउँपालिकाद्धारा भिम अस्पताललाई ५ लाख रुपैया सहयोग
स्वास्थ्यसमाचार/ रोहिणी गाउँपालिकाले जिल्लाको सरकारी अस्पताल भिम अस्पताललाई ५ लाख रुपैया सहयोग गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले ५ लाख रुपैयाको चेक भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्तालाई प्रदान गरेका छन् । चेक बुझ्दै मेसु गुप्ताले अहिले अस्पताललाई स्थानिय तह लगायत अन्य संघ संस्थाहरुका सहयोग आवश्यक रहेको बताईन । कोभिडको यो महामारीको समयमा अहिले जनशक्ति र अक्सिजनमा अत्याधिक खर्च रहेको बताईन । उनले समयमै सरकारी बजेट आई नपुग्दा अक्सिजनको रकम बुझाउन समेत अप्ठ्यारो भई रहेको बताईन । यस्तो अवश्थामा रोहिणी गाउँपालिकाको यो सहयोग अति महत्वपूर्ण रहेको…
रुपन्देहीमा ५ सय ७५ निको ३ सय ९४ नयाँ संक्रमित ६ को मृत्यु
स्वास्थ्यसमाचार/ रुपन्देहीमा ६ सय ८ नमुना परीक्षण गर्दा ३ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । १३ सय २५ एन्टिजेन परीक्षण गर्दा ३ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो । रुपन्देहीमा बिगत २ दिन देखी संक्रमितको संख्या घट्दै गएको देखीएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरमा १ सय ६६ जना, तिलोत्तमामा ८६ जना, सिद्धार्थनगरमा ४१, सैनामैनामा ३२, देवदहमा २१ जना तथा कञ्जनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । ओमसतिया गाउँपालिकामा १० पुरुष, कन्चन गाउँपालिकामा ६ महिला र ६ पुरुष…
गाँस कटाएर पठाए खाडीका श्रमिकले ५ सय बढी अक्सिजन सिलिन्डर
काठमाडौँ / आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’ नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना…
भिम अस्पतालमा बेसार,ज्वानो पानी, चिया र अण्डा वितरण शुरु
स्वास्थ्यसमाचार/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धाथनगर नगर कमिटि रुपन्देहीले कोरोनाको संक्रमण भएर भिम अस्पतालमा रहेका विरामीका लागि निःशुल्क तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण शुरु गरेको छ । शनिवारबाट शुरु गरिएको वितरण कार्यक्रमलाई केहि दिनसम्म निरन्तरता दिने माओवादी केन्द नगर कमिटिले जानकारी दिएको छ । दिनको तिन पटक विहान ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ देखि २ बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म विरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण गरिने पार्टीका नगर ईञ्चार्ज डार्विन…
फन्टलाइनरलाई कोभिड भ्याक्सिन लगाउनुु अनिवार्य : डा नन्दु पाठक
स्वास्थ्यसमाचार /लुुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड फोकल पर्सन डा.नन्दुु पाठकले फन्टलाइनरलाई भ्याक्सिन लगाउनुु अनिवार्य रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार आयोजनामा कोरोना महामारीमा सञ्चारमाध्याम र पत्रकारको भूमिका विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै डा पाठकले डबल मास्क लगाउने, सर्जिकल मास्क लगाउने, भौतिक दुुरी कायम गर्ने, साबुुनपानीले पटक पटक हात धुुने कार्य अनिवार्य रहेको बताए । उनले भीडभाड, सोर्केस, टेबल, ढोकाका हेन्डिललाई सेनिटाइज गनुुपर्ने, एयर फलो भएको कोठामा बसेर काम गर्न सञ्चारकर्मीलाई सुुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल कोरोनाबाट जोगिन जनताले पत्रकारबाट सही…
लुम्बिनी प्रादेशिक अस्पतालका ८९ स्वास्थ्यकर्मि कोरोना संक्रमित
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अफिसर नर्सिङ स्टाफ पारामेडिक र सपोर्टिङ स्टाफ गरि ८९ जना संक्रमित भएका छन संक्रमितकै उपचारका खटिने क्रममा उनीहरुलाई संक्रमितहरुबाटै संक्रमण सरेको अस्पतालले जनाएको छ। अस्पतालका सुचना अधिकारी डा.बिष्णु गौतमका अनुसार ९ जना मेडिकल अफिसर, नर्सिड अधिकृत ८ जना अहेब १२ जना नर्सिङ स्टाफ, १८ जना सपोर्टिङ १० स्टाफ, ल्याबका स्टार्फ नर्स ६ जना फिजीयो २ जना एच ए २ जना अक्शीजनमा कार्यरत २ जना सुरक्षा गाड ३ प्रशासन तर्फबाट ३ जना र फर्मासिस्ट तर्फका ८ गरि कुल ८९ जनामा संक्रमण पुष्टि भएको मा २३…
घरमा सिलिण्डर “होल्ड” गर्दा अस्पतालमा अभावः स्वास्थ्य सचिव देवकोटा
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले ठूला सिलिण्डर घरमा नराख्ने हो भने अक्सिजनको अभाव पुर्ती गर्न सकिने बताएका छन् । रोटरी क्लव अफ बुटवलको १३६४ औं नियमित बैठकमा शनिबार गेष्ट स्पीकरको रुपमा बोल्दै सचिव देवकोटाले दुई तिहाई सिलिण्डर घरघरमा व्यक्तिले होल्ड गरेर राख्दा अस्पतालमा गम्भीर बिरामीले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको दुःखेसो पोखे । “घरमा आइसोलेसनमा रहेका बिरामीले ठूलो सिलिण्डर राखेर पनि हाइफ्लो अक्सिजन दिन सकिंदैन, तर अस्पताल भर्ना भएका बिरामीलाई हाईफ्लो अक्सिजन दिनुपर्ने हुन्छ, सिलिण्डरको अभावले गर्दा अस्पतालमा धेरै संक्रमितले ज्यान गुमाएका छन्”–उनले…
रुपन्देहीमा अक्सिजन व्यबस्थापनमा नेपाली सेना परिचालन हुने
स्वास्थ्यसमाचार / रुपन्देहीमा अक्सिजन अभावले उपचार प्रभावित भइरहेका बेला अक्सिजनको सहज आपूर्ति र ब्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन हुने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला सुरक्षा समिति,अक्सिजन उद्योगी र सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै अक्सिजन उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले यसका लागि नेपाली सेना गरुण दल गण,रामनगर ब्यारेकलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रजिअ तामाङका अनुसार यस्तो निर्णयसंगै शनिबारदेखि रुपन्देहीमा रहेका अक्सिजन उद्योग तथा प्लान्टहरुमा नेपाली सेनाको जनशक्ति खटिने छ…
लुम्बिनी प्रादेशिक अस्पतालमा पिसीआर शुल्क घट्यो
स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना बिरामीका लागी परिक्षण गरिने पिसीआर शुल्क घटाएको छ । सरकारले १ हजार शुल्कमा पिसीआर गर्ने भनेपनि लुम्बिनी प्रादेशिक अस्पतालले २ हजार शुल्क लिने गरेको थियो । अस्पतालले आफै बिभिन्न कारण देखाउदै शुल्क घटाएको थिएन । हिजोमात्र लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालको निर्देशन पछि शुल्क घटाएर एकहजार बनाएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका नासु श्रीराम पान्डेका अनुसार आजदेखी एकहजार रुपैयाँमा पिसीआर परिक्षण हुने बताए ।
