यि हुन काँग्रेस लुम्बिनीकोे घोषणा पत्रमा समेटिएका स्वास्थ्यका बुँदाहरु

स्वास्थ्यसमाचार/ मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा स्वास्थ्यका क्षेत्रमा दीर्घरोग तथा डाइलासिस,निशुल्क देखी औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने उल्लेख गरेको छ।बिहीबार बुटवलमा घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले पार्टीको केन्द्रीय घोषणापत्रलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिदै घोषणापत्र तयार गरिएको वताउनु भयो । घोषणा पत्र सार्वजनिक गर्दे लुम्बिनीमा बौद्ध धर्माबलम्बीको बसोबास भएको मुलुकबाट प्रसुति गराउन आकर्षित गर्न बर्थिङ सेन्टरका रुपमा विकास गर्ने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय…

सर्वोच्चद्धारा रुपन्देही २ का उम्मेदवार डा.कमल भुसालको उम्मेदवारी खारेज

स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज गरेकाे छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट डा. भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उनको उम्मेदवारी पनि खारेज भएको हो ।मंगलबार श्रेष्ठ र ढुंगानाको संयुक्त इजलासलले उक्त मुद्दाको रिट खारेज हुने फैसला गरेका थिए । सरकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा. भुसालले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध डा. भुसालले सर्वोच्च अदालतमा रिट दायर गरेका…

स्वास्थ्य क्षेत्रमा यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्ण पाठ सहित)

स्वास्थ्य समाचार/ एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो। घोषणपत्रमा पाँच, दश र पन्ध्र शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुइ वर्षभित्र सम्पन्न गर्ने, जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने उल्लेख छ। यस्तै काठमाडौं उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने, जटिल र घातक प्रकृतिका रोगहरूको…

डा.तोषिमाको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

स्वास्थ्य समाचार/ आयोगबाट उम्मेदवारी खारेजीमा परेपछि सर्वोच्च गएकी ललितपुर ३ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवार डा. तोषिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीस कुमार चुडालको एकल इजलासले आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध कार्की सोमबार सर्वोच्च अदालत गएकी थिइन् । डा. कार्की नेपाल मेडिकल काउन्सिलमा सदस्य रहेको र उनको उम्मेदवारी कानुन विपरित भएको भन्दैं आयोगमा उजुरी परेको थियो । उक्त उजुरीपछि १२ कात्तिकमा आयोगले डा.कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।…

बुटवललाई स्वास्थ्य सुविधामा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुखको स्वास्थ्यकर्मीलाई निर्देशन

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । पालिकास्तरीय ०७८/०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले बुटवलमा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउने र त्यसैअनुसारले जनशक्ति परिचालन गर्न जोड दिइने बताउनुभयो । ‘हामीले बुटवलभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुन्न, उहाँले भन्नुभयो–अहिले हामीसँग…

आर्यनको उपचारका लागी सैनामैना सेवा समाज यूईएको८० हजार सहयोग

स्वास्थ्यसमाचार/  कामको सिलसिलामा रुपन्देहीको सैनामैनाबाट यूएईमा एकिकृत युवाहरु घरपरिवारको लागी आर्जेको पैसा कटौती गरी समाजको सक्रिय भएका छन। वि.स. २०७४ सालमा युईएमा संगठित सैनामैना सेवा समाज यूएई विदेशी भूमिमा नेपालीहरुलाई विभिन्न कार्यक्रमको आयोजना गरी एकिकृत गर्ने, समस्यामा परेकाहरुलाई आर्थीक, भौतिक रुपमा सहयोग गर्ने जस्ता कार्यमा सक्रिय रहेको हो। यसै क्रममा पछिल्लो पटक यो समाजले सैनामैनामा रहेका अतिविपन्न, असक्त, असहायहरुको सहारा बन्ने प्रयास गरेको छ । समाजले आज सैनामैना–०३, गंगानगरका अस्वस्थ १० बर्षिय बालक आर्यन बगालेको औषधी उपचारको लागी असीहजार रुपैयाँ बराबरको चेकरकम हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा…

यी हुन् राप्रपाको घोषणा पत्रमा उल्लेख गरिएका स्वास्थ्यका ८ बुँदा

स्वास्थ्यसमाचार / ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घोषणा पत्र सार्वजनिक गरेको छ । नयाँ बानेश्वरस्थित बानेश्वर व्याङक्वेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देनले घोषणा पत्र सार्वजनिक गरे । राप्रपाको घोषणा पत्रमा स्वास्थ्यका ८ बुँदा समावेश छन् । ती बुँदाहरुमा काठमाडौंको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने । आधारभूत स्वास्थ्य सेवा सबै नागरिकर्लाइ निशुल्क तथा अनिवार्य गरिने । सबै नागरिकलाई स्वास्थ्य बीमाको पहूँच बृद्धि गरी वीमाको दायरामा ल्याईने र सबै बिमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था मिलाउने रहेको छ…

स्वास्थ्यका १५ बुँदा समेटेर सार्वजनिक गर्‍यो माओवादी केन्द्रले घोषणापत्र

स्वास्थ्य समाचार/  माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा स्वास्थ्यका १५ बुँदा उल्लेख छन्। गाउँ-गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवादु भन्ने मुल नाराका साथग माओवादी केन्द्रले विभिन्न १५ बुँदे प्रतिबद्धता जनाएको हो।स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ। यस्तै हरेक पालिकामा आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गरिने, प्रदेशस्तरमा ठुलो क्षमताका विशिष्टीकृत सेवाका अस्पतालहरु निर्माण र सञ्चालनमा जोड दिइने तथा पहिले देखि नै सञ्चालनमा…

स्वास्थ्यका १२ बुँदा समेटेर सार्वजनिक गर्‍यो नेकपा एसले घोषणापत्र

स्वास्थ्यसमाचार/ आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा समाजवादीले स्वास्थ्यका विषयलाई मौलिक हक संग जोडेर उठाएको छ । निशुल्क स्वास्थ्य उपचार जनताको मौलिक अधिकार नारा दिएर उसले स्वास्थ्यका विविधपक्षहरुमा आफ्नो योजना प्रस्तुत गरेको छ । प्रत्येक प्रदे सदरमुकमामा डायोग्नोसिस केन्द्र, ट्रमा सैन्टर अप्रेसन थिएटर आईसीयू तथा भेन्टिलेटर सेन्टर हरु सहितका सुविधा सम्पन्न एक हजार शैयाको अस्पताल, प्रत्येक गाँउपालिकाको केन्द्रमा कम्तीमा २५ शैया तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शैयाको सुविधा सम्पन्न अस्पताल स्थापना र सञ्चालन गर्ने उसले घोषणा…

डा.तोसिमा कार्कीको उम्मेदवारी आफ्नो खारेजविरुद्ध अदालत जाने

स्वास्थ्यसमाचार/ आफ्नो उम्मेद्धारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध डा तोसिमा कार्की अदालत जाने भएकी छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट उम्मेद्धार बनेकी डा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत हुन् । निर्वाचन आयोगले काउन्सिलको सदस्य पदलाई लाभको पद भनेर व्याख्या गर्दै डा कार्कीको उम्मेद्धारी खारेज गरिदिएको हो ।डा कार्कीले भने मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने जिकिर गरेकी छन् । उनले सो विषयमा न्याय क्षेत्रमा क्रियाशिल अधिवक्ताहरुसंग परामर्श गरेको र उम्मेद्धारी दिनु २५ दिन…