स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्च बापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत सरकारले मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अब कार्यविधि अनुसार उल्लिखित व्यक्तिले भत्ता पाउने जानकारी दिनुभयो । कार्यविधिअनुसार भत्ता रकम त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैङ्क खातामा जम्मा गर्ने छन् । क्यान्सर निको भई चिकित्सकको निगरानीमा रहेका…
समाचार
बर्ड फ्लू फैलिएपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी
स्वास्थ्यसमाचार/पशु सेवा विभागले कुखुरामा देखिने सङ्क्रामक रोग बर्ड फ्लू नियन्त्रणका लागि ४ प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको छ । विभागले सङ्क्रमण बढेपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको हो । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला ले सोमवार काठमाडौंमा गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देश डा राम नन्दन तिवारीले बर्ड फ्लू सङ्क्रमण नियन्त्रणबाहिर गएको बताए । उनले गत माघदेखि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा बर्ड फ्लूको सङ्क्रमण बढ्दै गएको र पछिल्लो समय नियन्त्रण बाहिर रहेको पनि जानकारी गराए । हालसम्म हाँस, ब्रोइलर, लोकल,…
रुपन्देहीमा टाइफाइड विरुद्धको खोप दुई चरणमा लगाईने
स्वास्थ्यसमाचार/ रुपन्देहीमा टाइफाइड विरुद्धको खोप दुई चरमा सुरु हुने भएको छ ।पहिलो चरण अन्तर्गत चैत २२ देखि २७ गतेसम्म बुटवल उपमहानगर पालि का, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए । त्यस्तै दोस्रो चरण अन्तर्गत वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने शर्माले जानकारी दिए ।अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप लगाइनेछ । देशैभर एकै चरणमा चैत २३ गतेदेखि…
अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका अर्थोपेडिक सर्जन डाक्टरहरुको सञ्जाल नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेश समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार बुटवलमा भएको प्रथम बैठक तथा पदस्थापन कार्यक्रममा नेपाल अर्थोपेडिक एशोसियशनका केन्द्रिय अध्यक्ष डा रविन्द्रलाल प्रधानले यस सस्थाले अर्थोपेडिक सर्जनहरुको एकता, ज्ञान सीप आदान प्रदानमा महत्वपूर्ण भुमिका रहने बताउनु भयो । डा प्रधानले उपचारमा आएको नयाँ प्रविधिहरुको विकास र उपचारका क्रममा भएका आ–आफ्ना अनुभव साटासाट गर्न यस एशोसियशनको मुख्य उदेश्य रहेको बताउनु भयो । कार्यक्रममा नेपाल अर्थोपेडिक एशोसियशनका केन्द्रिय महासचिव डा विनोद शेरचन, नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेशका सल्लाहकार डा।किशोर खत्री…
मिसन अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा
युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बीमाका बिरामीको निशुल्क उपचार नगर्ने भएको छ । उपचार गरेवापत पाउनुपर्ने रकमको ठूलो हिस्सा स्वास्थ्य बीमा बोर्डले सोधभर्ना नगरेको भन्दै अस्पतालले आगामी सोमबारबाट बीमा अन्तरगर्त उपचारका लागि आउने बिरामीसंग छुट्टै पैसा लिने जनाएको हो । अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले ६८ वर्षको मिसन अस्पतालको इतिहासमै सबैभन्दा अफ्टेरो अवस्थामा पुगेको भन्दै धानिनै नसक्ने अवस्था भएपछि यस्तो कदम चालिएको बताए । उनले १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम लिन बाँकी रहेको जानकारी दिए । अस्पतालकी निर्देशक डा। रचेल कारखले हाल सम्मको बक्यौता रकमको…
रुपन्देहीका २लाख ६६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार १९ चैत्र/ रुपन्देहीमा टाइफाईड रोगविरुद्धको खोप चैत्र२२ गते देखी सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २लाख ६६ हजार ५सय १८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो। बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २२ देखी २८ सम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए। उनले खोप अभियान सफल बनाउन जिल्लामा स्वास्थ्यकर्मिलाई तालिम संञ्चालन गरिएको छ। यो खोप संञ्चालन गर्नको लागी…
लुम्बिनीमा १३ लाख वढी वालवालिकालाई टाईफाईडको खोप लगाईने
स्वास्थ्यसमाचार/ टाईफाईडका बिरामिहरु बढ्ने देखिएपछि लुम्बिनीका जिल्लाहरुमा टाईफाईड बिरुद्धको खोप लगाईने भएको छ। स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ जिल्लाका १३ लाख बढिलाई खोप लगाउने तयारी गरिएको हो। स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाईफाईड बिरुद्धको खोप लगाईने वताए । उनले यो उनसुकै उमेर समुहका ब्यक्तिहरुलाई हुन सक्ने भएपनी १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई ११ प्रतिशत बढी देखिएकोले यो समुहलाई खोपको लगाउने काम भईरहेको बताए। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनमा आयोजित टाईफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड…
टाइफाइडविरुद्धको खोप लगाएपछि कस्ता असर देखिन्छन: यि व्यक्तिले लगाउनु हुँदैन?
स्वास्थ्यसमाचार/ सरकारले यही चैत २५ देखि वैशाख १८ सम्म सरकारले पहिलोपटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइन्छ। टाइफाइड अर्थात् म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने संक्रामक रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको। जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ। यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता लक्षण…
तिलोत्तमाद्धारा उत्कृष्ट स्वास्थ्यकर्मि,स्वास्थ्य संस्था र स्वयम सेविकालाई सम्मान
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले नगरभित्र कोरोना रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे बापत १६बटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मि, स्वास्थ्य संस्था उत्कृष्ट स्वास्थ्यकर्मि र १७६ स्वास्थ्यस्वयम सेविकालाई पुरस्कार तथा सम्मान गरेको छ। नगरपालिकामा आयोजीत एक कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे ,उपप्रमुख जगेस्वरी देभी चौधरी,प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उनीहरुलाई पुरस्कार तथा सम्मान गरेका हुन । कोरोना महामारीमा रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे पुरस्कार तथा सम्मान गरेको नगरपालिका का प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वताए । उत्कृष्ट स्वास्थ्यकर्मि केशव भट्टराई र उत्कृष्ट स्वास्थ्य संस्था सेमराबजार स्वास्थ्य चौकी रहेको छ। नगरपालिकाले…
गुल्मीमा अक्सिजन प्लान्ट पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीद्धारा उद्घाटन
स्वास्थ्यसमाचार/गुल्मीमा अक्सिजन प्लाण्ट उद्घाटन गरिएको छ। पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीमा निर्मित प्लाण्टको पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बिहीबार उद्घाटन गरेका हुन्। सो अवसरमा उपमहासचिव ज्ञवालीले तत्कालिन केपी ओली नेतृत्वको सरकारले देशमा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण, स्वास्थ्य बिमा र सरकारी मेडिकल संचालन गरेर जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण कामहरु गरेको बताए। तिव्र कोभिड संक्रमण र अक्सिजनको अभाव भइरहेका बेला पत्रकार महासंघ गुल्मीले अभियान संचालन गरी सरकारी क्षेत्रसंगको समन्वयमा प्लाण्ट संचालन गरेर देशमै उदाहरणीय काम गरेको ज्ञवालीले बताए। जिल्लामा कोभिड/१९ को कारण अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि…