स्वास्थ्यमाचार /बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको एक सय १५ वर्ष पूरा भएको छ । यस अवसरमा अस्पतालले विभिन्न थप सेवा प्रदान गर्ने भएको छ । अस्पतालले १ सय १५ वर्ष प्रवेशको अवसरमा बिहीबार विशेष समारोह आयोजना गरेर विभिन्न विशेषज्ञ सेवा सुरु गरेको छ । विसं १९ सय ६७ सालमा ६ शैय्याबाट सुरु भएको अस्पतालमा अहिले १ हजार २ सय शैय्या पु¥याइएको छ । जुन निमार्ण हुदै छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार आईसीयूको संख्या बढाएर ४० पु¥याइएको छ । ४९ शैय्याको सुविधा सम्पन्न क्याबिन र…
लुम्बिनी प्रादेशिक अस्पताल
राजकुमार र ममताले जिते लुम्बिनी प्रादेशिक अस्पतालको दौड प्रतियोगिता
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मँगलबार विहान बुटवलको गोगीकुटीदेखि अस्पताल परिसरसम्म भएको दौड प्रतियोगितामा पुरुषतर्फ म्यारामेडिक्स विगागमा कार्यरत बुढा मगर र महिलातर्फ स्ताफनर्स थापाले जित दर्ता गरेकी हुन् । यसैगरी पुरुषतर्फको दौड प्रतियोगितामा हिमाल कार्की दोस्रो, दानबादुर बस्नेत तृतीय तथा दुर्गा सार्की चौथो बन्न सफल भए । महिलातर्फ लक्ष्मी रातो बोहोरा दोस्रो, मञ्जु चौधरी तेस्रो तथा लक्ष्मी तामाङ चौथो हुन सफल भइन् । दौड प्रतियोगिताको अस्पताल बिकास समितिका अध्यक्ष…
न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल नेपालकै प्रथम
स्वास्थ्यसमाचार/न्युनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि सेकेन्डरी बी लेभल अस्पतालहरुको उक्त मूल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो । अस्पतालमा आइतबार आयोजित सेवा मुल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा बासुदेव उपाध्यायले सेवालाई थप बिस्तार र विशिष्टिकृत गर्दै लैजान आग्रह गरे । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट…
लुम्बिनी प्रादेशिक अस्पतालको ११५औं स्थापना दिवस: फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसका अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रहरी तालिम केन्द्र बुटवलमा अवस्थित खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि चिकित्सक समुहले हात पारेको छ भने भलिबल प्रतियोगिताको उपाधि प्रशासन समुहले हात पारेको छ । फुटबल प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जितका लागि चिकित्सक समुहका डा. विनय केसी र डा. सुरज केसीले २-२ गोल गरेका थिए भने डा. उत्सव रेग्मीले १ गोल गरेका थिए । यसैगरी भलिबलमा प्रशासन समुहले प्रयोगशाला समुहलाई…
१२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल: ५ महिना १३ प्रतिशत काम
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शैयाको १० तले नयाँभवन निर्माणको काम ५ महिनामा १३ प्रतिशत भएको छ । ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको यो अस्पतालभवन प्रदेश सरकारको पहिलो ठूलो पूर्वाधार हो ।तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा अघि बढाइएको अस्पताल भवनको शिलान्यास गत भदौ १५ गते भएको थियो । ठेक्का प्रक्रिया विवादास्पद भएपछि दुईपटक रद्द गरिएकोथियो । भवन निर्माण मापदण्डको ‘स्पेसिफिकेसन’मै आशंका भएपछियसअघिका दुवै टेन्डर रद्द गरिएको थियो । तेस्रोपटक आह्वान भएको टेण्डर स्वीकृत भई गत पुस २६ गतेठेक्का सम्झौता भएको थियो…
लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’ स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल परिवारले सामुहिक भावनाले काम गर्न निर्देशन दिनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री सारुले यस्तो बताउनु भएको हो ।उहाले प्रदेश सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई नजिकबाट निगरानी राखेर मुल्याङ्कन गरिरहेको उल्लेख गर्दै मन्त्री सारुले आफ्नो जिम्मेवारीमा प्रतिवद्ध भएर सेवामा लाग्न आग्रह गर्नु भयोे । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मात्र नभई सिङ्गो प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’को रुपमा रहेको उल्लेख गर्नु भयोे । अस्पतालमा आउने जुनसुकै वर्ग वा समुदायका सेवाग्राहीले अपनत्व महशुस गर्ने…
थिएटर थपसँगै पित्तथैलीकोअपरेसनमा पालो कुर्ने समस्याको अन्त्य हुदै
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको अपरेसनलाई विशेष जोड दिइएको छ । विशेष गरी पित्तथैलीमा पत्थरीका कारण लेजर अपरेशनका लागि लामो समयसम्म पालो कुरेर बस्ने बिरामीको सङ्ख्या बढी भएकाले यसलाई घटाउन प्राथमिकता दिइएको अस्पतालका सर्जन विभाग प्रमुख डा.भुवन पौडेलले बताए । स्वाथ्य मन्त्रालय लुम्बिनीको आर्थिक सहयोगमा अस्पताल सेवा बिस्तार कार्यक्रम अन्तरगत प्रसुती सेवातर्फ छुट्टै अपरेशन थिएटर थप भएपछि पुरानो अपरेशन थिएटरबाट अन्य विरामीका लागि शल्यक्रिया सेवा उपलब्ध गराउन सुरु गरिएको हो । सर्जन विभाग प्रमुख पौडेलले विशेष गरी पित्तथैलीको अपरेशन तथा नाक, कान, घाँटीको अपरेशन गर्नुपर्ने बिरामीको…