लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ देखी विशेष सर्जरी कार्यक्रम सञ्चालन हुने

स्वास्थ्यसमाचार/शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालमा पित्त थैलीको शल्यक्रियाका लागि लामो समयदेखि पालोमा रहेका सेवाग्राही हरुलाई विशेष कार्यक्रम सञ्चालन गरी उपचार गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा आगामी असार १ गतेदेखि एक महिना लामो अभियान सञ्चालन गरी पालोमा रहेका सबै सेवाग्राहीको पित्त थैलीको शल्यक्रिया गरिने उनले जानकारी दिए । यो अभियान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको उनले बताए ।…

स्वास्थ्य सेवा सुधारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा सुझाव समिति र सरोकारवाला बीच छलफल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाब समितिले  लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह बारे अनुगमन तथा सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । सो अवसरमा बोल्दै सुझाब समितिका संयोजक पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले मितव्ययी र प्रभावकारी ढंगमा सेवा सञ्चालनका लागि आग्रह गरे ।अस्पतालमा वार्षिक रुपमा सेवाग्राहीको चाप बढ्दै जानु सकरात्मक भएको उल्लेख गर्दै उनले अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको कुरालाई यसैले प्रमाणित गर्ने उल्लेख गरे । समिति स्रोत साधन र जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा उपलब्ध गराउनु आफैमा चुनौतिपूर्ण भएपनि मितव्ययी भएर सबै कुरालाई उच्चतम प्रयोग…

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाहबारे अनुगमन तथा छलफल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाब समितिले बुधबार लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह बारे अनुगमन तथा सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । सो अवसरमा बोल्दै सुझाब समितिका संयोजक पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले मितव्ययी र प्रभावकारी ढंगमा सेवा सञ्चालनका लागि आग्रह गरे । अस्पतालमा वार्षिक रुपमा सेवाग्राहीको चाप बढ्दै जानु सकरात्मक भएको उल्लेख गर्दै उनले अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको कुरालाई यसैले प्रमाणित गर्ने उल्लेख गरे । समिति स्रोत साधन र जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा उपलब्ध गराउनु आफैमा चुनौतिपूर्ण भएपनि मितव्ययी भएर सबै कुरालाई…

“गौरवको योजना: लुम्बिनी प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने ऐतिहासिक मौका”

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको गौरवको परियोजना लुम्बिनी प्रादेशिक अस्पताललाई नै मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने माग सरोकारवाला र विज्ञहरूले तीव्र रूपमा उठाउन सुरु गरेका छन । सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरेसँगै, लुम्बिनी प्रदेशमा अलग्गै नयाँ मेडिकल कलेज खोल्नु उचित हो कि अहिलेकै प्रमुख सरकारी अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गर्नु उपयुक्त हो? भन्ने बहसले गति लिएको छ। अवस्थित संरचना र सेवा प्रभावकारिता बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल हो। हाल वार्षिक ३ लाखभन्दा बढी बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पताल ३०–३५ वर्षअघि मात्र ५० हजार बिरामीको सेवामा…

वहस सुरु: लुम्बिनी प्रादेशिक अस्पताललाई नै मेडिकल कलेज बनाऔं

बुटबल/लुम्बिनी प्रदेशको गौरवको परियोजना लुम्बिनी प्रादेशिक अस्पताललाई नै मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने माग सरोकारवाला र विज्ञहरूले तीव्र रूपमा उठाउन सुरु गरेका छन । सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरेसँगै, लुम्बिनी प्रदेशमा अलग्गै नयाँ मेडिकल कलेज खोल्नु उचित हो कि अहिलेकै प्रमुख सरकारी अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गर्नु उपयुक्त हो? भन्ने बहसले गति लिएको छ। अवस्थित संरचना र सेवा प्रभावकारिता बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल हो। हाल वार्षिक ३ लाखभन्दा बढी बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पताल ३०–३५ वर्षअघि मात्र ५० हजार बिरामीको सेवामा…

लुम्बिनी प्रादेशिक अस्पताल र सिभिल अस्पताल बीच सहकार्यको लागि छलफल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) काठमाडौं बीच सहकार्यका लागि छलफल सुरु भएको छ । सिभिल अस्पताल काठमाडौंले सेवालाई प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार प्रारम्भिक समझदारी गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले वताए । सिभिल अस्पताल काठमाडौंका निर्देशक डा. मोहनचन्द्र रेग्मीको नेतृत्वमा आएको टोलीले विहिबार र शुक्रबार दुई दिनसम्म लुम्बिनी अस्पतालको निरीक्षण गर्नुका साथै विभागीय प्रमुखहरुसँग छलफल गरेको छ । संघीय संरचना अनुसार सिभिल अस्पतालको सेवालाई पनि प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार यसका नीतिगत विषय, भौतिक संरचना तथा उपकरणका साथै जनशक्तिको…

लुम्बिनीमा इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने समस्याको अन्त्य

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवामा सुधार तथा सहज पहुँच बिस्तार गर्दै लुम्बिनी प्रादेशिक अस्पतालले इन्डोस्कोपी सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । अस्पतालमा इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आइतबारदेखि दैनिक रुपमा नै यो सेवा उपलब्ध गराउने तयारी भएको इसिजी/इन्डोस्कोपी विभाग प्रमुख भेषराज बञ्जाडेले वताए । ‘विगतमा इन्डोस्कोपीका लागि ३ महिना लामो समय कुर्नुपर्ने अवस्था थियो । उक्त संख्या र समयावधिलाई घटाउँदै दुई महिना, एक महिना हुँदै अब एकै दिनमा सेवा उपलब्ध गराउने गरी तयारीमा पुगेका छौं ।’–बञ्जाडेले भने, ‘सीमित श्रोत साधन र जनशक्तिका बाबजुद पनि लामो…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा “एन्जियोप्लाष्टी” सेवा शुरु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु सम्बन्धि जटिल समस्याको निराकरण गर्ने प्रयास सफल भएको छ । पहाडी जिल्ला र तराईका क्षेत्रहरुको प्रमुख ठूलो मानिने सरकारी स्तरको अस्पतालमा यसअघि मुटु सम्बन्धि सेवा नहुँदा मुटु रोग भएका पीडित नागरिकहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । पछिल्लो समय स्वास्थ्यमा केही नयाँपन र सुधार भइरहेको अस्पतालमा मुटुमा जोडिएका रक्तसञ्चार नशाहरू ब्लक भएको समस्यालाई हात वा खुट्टाको नशाबाट प्रविधि हालेर मुटुमा रहेका ब्लक भएका नशालाई खुलाउन जाली राख्ने प्रक्रिया (एन्जियोप्लाष्टी) गर्ने काम सफल भएको अस्पतालका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा रोसन घिमिरेले बताउनु भयो। उहाले…

लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु रोग सम्बन्धी थप सेवाको विस्तार

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ट्रेडमिल टेस्ट (TMT)सेवा सुरु गरिएको छ। अस्पतालका वरिष्ठ कार्डियोलोजिस्ट डा. रोशन घिमिरेले एक व्यक्तिको परीक्षण मार्फत यो सेवाको औपचारिक सुरुआत गर्नु भएको हो । अस्पतालमा यो सेवा नयाँ हो र यसले मुटुको नसा बल्क भएको छ कि छैन भनेर जानकारी प्राप्त गर्न मद्दत  पुर्‍याउँछ डा. घिमिरेले भन्नु भयो ।, (TMT)परीक्षण गर्दा मुटुको नसाको अवस्था लगभग ७५ प्रतिशत थाहा पाउन सकिन्छ ।जसबाट बिरामीको एन्जियोग्राफी गर्नु पर्ने वा नपर्ने अबस्था देखिन्छ । डा. घिमिरेले  अस्पतालले यो सेवालाई निरन्तरता दिनुपर्ने वताउनु भयो । लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुरु…

लुम्बिनी अस्पतालमा सेवा सहजताका लागि प्रवेशद्वार थप गर्न एमालेको सुझाब

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीलाई सहजताका लागि प्रवेशद्वार थप गर्न माग गर्दै नेकपा एमाले बुटवल-९ वडा कमिटीले सोमबार अनुरोध पत्र बुझाएको छ । अस्पतालको पश्चिमतर्फ कालिका पथसँग जोडिएको ठाउँबाट प्रवेशद्वार थप गर्न माग गरिएको हो । अस्पतालको पूर्वतर्फ मुख्य राजमार्गसँग जोडिएका दुई वटा गेटले मात्रै सेवा पदान गर्दा भिड व्यवस्थापनमा समेत समस्या हुने देखिएकाले पश्चिमतर्फ पनि प्रवेशद्वार बनाई सहज बनाउन माग गरिएको एमाले वडा अध्यक्ष शेषकान्त बेलबासेले बताए । अनुरोध पत्र बुझ्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सुझाब मनन्योग्य रहेकाले आवश्यक अध्ययन गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे…