अस्पताल विकास समिति तर्फका स्थायी कर्मचारी सरुवा हुने

स्वास्थ्यसमाचार/ सरकारले अस्पताल विकास समितिअन्तर्गत रहेका स्थायी कर्मचारीहरुको एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा प्रावधान ल्याउन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विधमान अस्पताल विकास समिति गठन आदेशलाई खारेज गर्दै सबै अस्पतालमा लागु हुने गरी अस्पताल विकास छाता ऐन ल्याउन तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले सो ऐनको प्रारम्भिक मस्यौदा तयार गरी छलफलको चरणमा रहेको कानुन शाखाका प्रमुख उपसचिव मानबहादुर बस्नेतले जानकारी दिए । ‘नयाँ कानुनले विकास समितिअन्तर्गतका कर्मचारीहरु एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा हुने प्रावधान लागु गर्नेछ,’ उनले भने । अहिले अस्पताल विकास समितिअन्तर्गत नियुक्ति भएका कर्मचारी निश्चित समयपछि…

लुम्बिनी प्रादेशिक अस्पतालमा २० बेडको कोभिड आइसीयु वार्ड उद्घाटन

स्वास्थ्यसमाचार /बिगत २ बर्षदेखी धागोकारखानामा संञ्चालित लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आइसीयु वार्ड आफ्नै भवनमा सारेको छ ।कोभिड–१९ का दुई वटा लहरमा बुटवल रामनगरस्थित धागो कारखानाबाट सेवा दिएको वार्डलाई अस्पतालले आफ्नै भवनमा सारेको हो । कोभिड आइसीयु वार्डको अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई र अस्पतालका मेसु डा राजेन्द्र खनालले संयुक्त रुपमा वार्डको उद्घाटन गरे । उदघाटन समारोहमा बोल्दै अध्यक्ष सुर्यबहादुर भट्टराई अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि स्वास्थ्यकर्मीलाई सहज हुने बताए । अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले बिगत २ बर्ष देखी धागो कारखनामा संञ्चालनमा रहेको कोभिड आइसीयु वार्ड बिभिन्न बाबजुतका बिच…

चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

स्वास्थ्यसमाचार/सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ ।नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताए । पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म…

अपांगतालक्षित घरदैलो स्वास्थ्य सेवा दिदै बुटवल उपमहानगर

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन सुरू गरेको छ। मानवअधिकारमैत्री सहरका रूपमा पाँच वर्षे रणनीतिक योजना बनाएर काम गरिरहेको बुटवल उपमहानगरपालिकाले अपाङ्गता लक्षित घरदैलो स्वास्थ्य सेवा भने पहिलो पटक सुरू गरेको हो।शारिरीक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्य स्वास्थ्य समस्या देखिए पनि अस्पतालसम्म लैजान गाह्रो हुने भएपछि परिवारले उनीहरूको स्वास्थ्यप्रति वेवास्ता गर्ने गर्छन्। यही समस्यालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र प्राथमिक तहको स्वास्थ्य सेवा एवं औषधि उपलब्ध गराउने भन्दै घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरू गरेको हो। उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी…

रुपन्देहीमा भेरोसिल खोप दोश्रो डोज २ चरणमा लगाईने

स्वास्थ्यसमाचार/ कोरोना बिरुद्धको भेरोसिल खोप पहिलो चरण लगाई सकेका र दोश्रो खोप रुपन्देहीमा २ चरणमा लगाईने भएको छ । जेठ २५ गते लगाएका उक्त उमेर समुहका लाई २२ र २३ गते रुपन्देहीमा ११ पालिकामा र ५ पालिकामा असार २५ र २६ गते लगाईने भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ । पहिलो चरणमा लगाईने पालिकाहरु बुटबल उपमहानगर शिद्धार्थनगर सैनामैना गैडहवा कञ्चन कोटहिमाई सियारी मर्चवारी सम्रीमाई मायादेबि र शुद्धोधन गाउँपालिका रहेका छन भने दोश्रो चरणमा असार २५ र २६ गते देबदह तिलोत्तमा ओमसतिया रोहिणी र लुम्बिनी सांकृतिक नगरपालिका रहेको छ ।…

शुध्दोधनमा योग र मनोचिकित्सा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ शुध्दोधन गाउँपालिका वडा नं २को खड्वा बनगाइ स्वास्थ्य चौकीमा योग र मनोचिकित्सा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी ग्रामीण विकास परिषद् नेपाल रुपन्देहीको आयोजनामा र शुध्दोधन गाउँ पालिका वडा न २ रुपन्देहीको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। शुध्दोधन गाउँपालिका वडा नं २का अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा शुध्दोधन गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुखआतिथ्यमा भएको सचेतना कार्यक्रममा मनोरोग विशेषज्ञ डा विक्रम काफ्ले र लुम्बिनी आयुर्बेद चिकित्सालय बुटबलका योगप्रशिक्षक बिष्णु हरी आचार्यले प्रशिक्षण दिएका थिए। उक्त कार्यक्रममा टोलबिकास संस्था स्वयमसेविका महिला समुहका अध्यक्ष जनप्रतिनिधि बुद्धिजीवी लगायतको सहभागी रहेको…

बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन

स्वास्थ्यसमाचार/ लायन्स आँखा अस्पताल बुटवलमा अक्सिजन बैंक स्थापना गरिएको छ । कोरोना भाईरस महामारीको दोस्रो संक्रमण बढेसंगै संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेकाले फेरी त्यस्तो परिस्थिती व्यहोर्नु नपरोस भनेर अस्पतालमा अक्सिजन बैंक सञ्चालन गरिएको हो । कोभिड–१९ को दोस्रो भेरियन्ट क्रमशः घट्दैगएपनि सम्भावित तेस्रो भेरियन्टको सम्भावित जोखम बहन गर्न सहज होस भन्ने उद्देश्यले सञ्चालन गरिएको अक्सिजन बैंकको लागि नेपालकै प्रतिष्ठित कम्पनी ‘जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज’ले समेत ३ लाख २५ हजार रुपैंया आर्थिक सहयोग गरेको अस्पताल सञ्चालन गरेको लायन्स क्लव अफ बुटवलले जनाएको छ । कोरोना महामारीकै बिचमा उक्त क्लवले लायन्स…

गुल्मीको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुभारम्भ

वासुदेब पोखरेल स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट गाउँपालिका वडा न ६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुभारम्भ भएको छ ।  धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष शिब केसीले एक्सरे सेवा सुभारम्भ गरे । । ग्रामिण क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सुविधालाई ध्यानमा राखि गाउँगाउँमा स्थानिय सरकार रहेको महशुस आम नागरिकमा गराउनको लागि र स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता हटाउनको लागि आधारभुत आवश्यकतामध्ये एक्सरे सेवा सुरु गरिएको हो । उक्त स्वास्थ्य केन्द्रले अहिले ओपिडि सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, इसिजि सेवा, ल्याव सम्बन्धि सेवाहरु, स्वास्थ्य विमा कार्यक्रम…

तिलोत्तमाका सडक /चोकमा कोरोना परीक्षण १३ जना संक्रमित फेला

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण सुरु गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । ‘सडक एन्टिजन टेष्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको बुधबार मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारी पूर्णतः नहटेकोले सचेतना अपनाउन नगरबासीलाई अनुरोध गरे । व्यक्तिको हेलचेक्रयार्इँले समुदायमा पुनः महामारी फैलन सक्नेप्रति सचेत गराउँदै नगर प्रमुख घिमिरेले दैनिक कार्यसम्पादनमा स्वास्थ्य सुरक्षा मापदण्ड परिपालनामा जोड दिए । यसअघि प्रत्येक वडामा कोरोना परीक्षण…

कोभिडको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानमा मात्रै

स्वास्थ्यसमाचार /सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार अब उपरान्त सरकारी अस्पताल र प्रतिष्ठानमा मात्रै गर्ने गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै हालसम्म सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार अबदेखि सरकारी अस्पताल र प्रतिष्ठानमा मात्रै गरिने बताएको हो । मन्त्रालयका सह प्रवक्ता डा। समिर कुमार अधिकारीले कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराउने निर्णय भएको बताए । उनले निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन समेत…