स्वास्थ्यसमाचार /रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–विजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आजको बैठकले निशेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको हो । त्यस्तै बैठकले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले निशेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परिक्षणको दायारा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कढाइ गर्ने निर्णय पनि गरिएको जानकारी दिए । कोरोना जोखिम हटिसकेको छैन । त्यसलाई मध्येनजर गर्दै परिक्षण बढाउने तथा स्वास्थ्य मापदण्ड पालनामा कढाइ…
मुख्य समाचार
रुपन्देहीमा साउन १र २ गते कोरोना विरुद्धको भेरोसेल खोप लगाईने
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले भोली देखी अर्थात साउन १ र २ गते जिल्लाका १६ स्थानिय तह र २ अस्पताललमा कोरोना विरुद्धको भेरोसेल खोप अभियान संञ्चालन गर्ने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार रुपन्देहीमा भोली देखी अर्थात साउन १ र २ गते कोरोना विरुद्धको भेरोसेल खोप अभियान सुरु गरिने बताए । उनले जिल्लाका १६ पालिका लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवामा खोप केन्द्र तोकिएको बताए ।डा गिरीले भने केही समयपछि जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप लगाउने हो अहिले त्यस बारे केहि निर्णय भएको छैन…
१२ देखि १८ बर्षसम्मका बालबालिकाका लागि फाइजर खोप नेपाल ल्याउने तयारी
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाका लागि कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलका अनुसार १२ देखि १८ बर्षसम्मका किशोर–किशोरीको लागि लागि अमेरिकन फाइजर खोप नेपालमा ल्याउने तयारी थालिएको हो। ‘हामीले १२ देखि १८ बर्षसम्मका लागि खोप दिनका लागि अमेरिकन खोप ल्याउने तयारी थालेका छौं,’ डा पौडेलले भने जसका लागि कोभ्याक्ससँग प्रस्ताव गरेका छौं।’उनका अनुसार १२ देखि १८ वर्ष उमेरका करिब फाइजरको करिब ४० लाख डोज खोप खरिद गर्न कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिएको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोसन पोखरेले ४० लाख फाइजर खोपका लागि बुक…
उपचारको क्रममा गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको मृत्यु
स्वास्थ्यसमाचार/ गुल्मी जिल्लाको एक गाउँपालिका अध्यक्षको निधन भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको हो। आज बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पुष्टि गरिन्।अध्यक्ष थापा विमारी भएर १० दिनअघि अस्पताल भर्ना भएका थिए ।थापा ब्लड क्यान्सरबाट पीडित थिए । अध्यक्ष थापाका चार जना छोराहरु छन् ।
बुटवल उपमहानगरमा गर्भवती र सुत्केरीलाई पोषण सामग्री वितरण
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ ।महामारी विरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो । सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पु¥याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ । बुटवलले मुलुकमै नमूना…
लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालका कर्मचारीलाई थप ५० प्रतिशत जोखिम भत्ता
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले जानकारी दिए। उनले कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट प्रदान गरिने उनले जानकारी दिए। केन्द्र सरकारले फ्रन्टलाइनर्सलाई कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिएपनि त्यसलाई यथावत राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थपिदिएको उनले जनाए ।…
भोलीदेखी शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोप लगाईने
स्वास्थ्यसमाचार/सरकारले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा मंगलबार भोलि देखि लगाउँदैछ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्।यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने मन्त्रालयले जनाएको छ। नेपालले चीनसँग नन् डिस्कोलजर एग्रिमेन्ट अनुसार खरीद गरिएको ४० लाख खोप अन्तर्गत असार २४ गते पहिलो…
कोरोना महामारीमा खटिने राष्ट्रसेवक कर्मचारीका माग सम्बोधन गर
स्वास्थ्यसमाचार/ निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीले ४ बुदेमाग राखी जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । जिल्ला अध्यक्ष राम प्रसाद पन्थीद्धारा हस्ताक्षरित बिज्ञेप्तीमा कोरोनाको महामारीमा आफनो ज्यानलाई जोखीममा राखेर अग्रपंतिमा खटिने कर्मचारीहरुका समस्या सबन्धित निकायको ध्यानआर्कषको लागी ज्ञापन पत्र पेस गरेको बताएका छन । ज्ञापनपत्रमा ४ बुदेमाग प्रस्तुत गरिएको छ । निजामति कर्मचारीको कोरोना बिमाको रकम भुक्तानी नभएकोले अबिलम्ब भुक्तानी गर्नुपर्ने, कोरोना बिरुद्धको खोप नपाएका कर्मचारीलाई तत्काल उपलब्ध गराउनु पर्ने , राष्ट्रसेवक कर्मचारीका परिवारलाई कोरोना बिरुद्धको खोप र बिमा यथोचित रुपमा भुक्तानीको ब्यबस्था गर्नुपर्ने, जोखीम भत्ता…
अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप सोमबार नेपालआउने
स्वास्थ्यसमाचार /कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई दिने कोरोनाविरुद्धको भ्याक्सिन सोमबार नेपाल आइपुग्ने भएको छ। अमेरिकाले नेपाललाई जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले अमेरिकाले अनुदान दिने १५ लाख डोज खोप सोमबार आइपुग्ने जानकारी दिए। ‘अमेरिकन सरकारले कोभ्याक्समार्फत अनुदानमा नेपाललाई दिन लागेको १५ लाख जे एन्ड जे भ्याक्सिन आगामी सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ।’, भट्टराईले भने। उनले थप खोप ल्याउन पनि सरकारले पहल गरिरहेको जानकारी दिए।उक्त खोप एक डोज मात्र लगाए पुग्छ। जबकि हालसम्म नेपालमा लगाइएको सबै खोप…
गाउँपालिकाको पहिलो पुर्णसरसफाई वडा बन्यो धुर्कोट ६ रजस्थल
वासुदेब पोखरेल स्वास्थ्यसमाचार गुल्मीको धुर्कोट गाउँपालिका वडा न ६ रजस्थललाई गाउँपालिकामै पहिलो पुर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । आज गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले पुर्ण सरसफाई वडा घोषणा गरेका छन । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिबबहादुुर खत्रिले पुर्ण सरसफाइ टोल घोषणा गरिएको आमनागरिकमा प्रतिबद्धता गराएका थिए भने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले पुर्ण सरसफाई घोषणा पत्र वडाध्यक्ष कृष्णबहादुर नेपालीलाई प्रदान गरे । सोहि कार्यक्रममा रजस्थल बासिलाई फोहोर जम्मा गर्ने १/१ वडा डष्टविन वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा प्रगतिशिल महिला बहुउद्धेयीय सहकारी सँस्थालाई ४० वटा कुर्सि र अफिस टेवल हस्तान्रण गरिएको थियो…