नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ जना थपिए

स्वास्थ्यसमाचार/ नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।  धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पिसिआर परीक्षणका क्रममा २४ ,६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भइसकेको  जानकारी दिए।

बर्दघाटका ७८ वर्षीय पुरुषकाे पीसीआर टेष्ट नेगेटिभ

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासी बर्दघाटका ७८ वर्षीय एक पुरुषको पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । यापिड डायग्नोस्टिक टेष्ट आरडीटीे परीक्षण गर्दा उनको पोजेटिभ देखिएपछि उनलाई थप परीक्षणका लागि भैरहवा पठाइएको थियो । उनको स्वावको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए । बर्दघाटको चिसापानीस्थित सामुदायिक अस्पतालमा दुई पटर्क यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछिउनको थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर टेष्टका लागि पठाइएको थियो । ७ जनाको परिवार रहेको उनको परिवारमा अन्यमा सदस्यहरुमा भर्ने यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएको छ । यसअघि पश्चिम नवलपरासीमा १ सय ३१…

एकैदिन ९ जनामा देखियो कोरोना, संक्रमितको संख्या ४१ पुग्यो

स्वास्थ्यसमाचार /पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका उदयुपरका ८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या २२ पुगेको छ भने नेपालमा ४१ पुगेको छ । उदयपुर धेरै संक्रमण देखिएको क्षेत्र हो । ८ जनाको स्वाब कोशी प्रादेशिक अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप निक्र्यौल गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा स्वाब लगिएकोमा त्यहाँ पनि रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । यसअघि नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमामा…

पीसीआर परीक्षणमा उदयपुरमा ८ जनामा कोरोना पोजेटिभ

स्वास्थ्यसमाचार /उदयपुरका ८ जनालाई पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । छु्ट्टा–छुट्टै परिवारका ८ जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश नम्वर सामाजिक विकास मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । ८ जनाको स्वाब कोशी प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा पीसिआर मार्फत परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुनः परिक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना ल्याइएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ का स्थित भुल्केमा नेपाली सेनाले सोमबार मात्र १५२ जनाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा ल्याइएको छ । त्रियुगा त्यहि नगरपालिका हो जहाँ मस्जिदमा रहेका १३…

एप मार्फत कोरोना संक्रमित खोज्दै प्रदेश ५ सरकार

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि एप निर्माण गरेको छ । विशेषगरी कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको विवरण संकलन गर्नका लागि एप निर्माण गरिएको मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेस सल्लाहकार सेरबहादुर केसीले जानकारी गराएका छन् । एपको प्रयोगबाट कोभिड(१९ भाइरसबाट संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिहरूको विवरण पत्ता लगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ब्लूतुथमा आधारित प्रविधिको प्रयोग गरिएकोले नियमित इन्टरनेट वा मोवाइल डाटाको प्रयोग गरिरहनु नपर्ने, अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने र अफलाइन अवस्थामा चलाउँदा संकलन भएको विवरण अनलाइनमा हुँदा स्वत अपडेट…

लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने

स्वास्थ्यसमाचार/ लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने भएको छ ।स्वास्थ्य सेवा विभागले पत्र पठाएर ७ वटै प्रदेश स्वास्थ्य निर्देशनलाय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई मार्गदर्शनमा व्यवस्था भएअनुसार नियमित खोप सेवा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ । विभागले खोप सेवा सञ्चालन मार्गदर्शनअनुसार नियमित खोप सुचारु गर्न व्यवस्था गर्न भनेको छ । मार्गदर्शनमा सामाजिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन हुने नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षाको व्यवस्था कुरा समेटिएका छन् । यस्तै, उक्त मार्गदर्शनमा लक्षितसबैबालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने, खोप सेवा…

लुम्विनी प्रादेशिक अस्पतालमा स्वचालित स्यानिटाइजर स्प्रे जडान

स्वास्थ्यसमाचार/ प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएशन (पिन)ले लुम्विनी प्रादेशिक अस्पताललाई स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण जडान गरिदिएका छन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निर्माण स्वचालित स्यानिटाइजर स्प्रे सामाजिक विकास मन्त्री सुदर्शन बराल उदघाटन गरे । मन्त्रीबरालले कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै सधै लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए । सर्वसाधरणको भीडभाड हुने स्थान लुम्बिनी प्रादेशिक अस्पताल, अन्य सरकारी कार्यालयहरु, डिपार्टमेन्टल स्टोर्स लगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नुपर्ने बरालले बताए । उनले कोरोनाले अहिले हाम्रो दैनिकलाई मात्र असहज बनाएपनि यसले दीर्घकालीन रुपमा…

मायादेवीमा ५ जनालाई आरडिटीबाट कोरोना परीक्षण घर पठाईयो

स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेवी गाउँपालिका अध्यक्षद्वारा क्वारेन्टाइनमा बसेका ५ जना व्यक्ति लाइ घर घरमा पुराईदिइका छन। मायादेवी गाउँपालिका रुपन्देहीले विदेश बाट आई मायादेवि ८ शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका ५जनालाइ आज विदा गरेको हो । मायादेवी गाउँपालिका स्वास्थ्य प्रमुख भास्कर आत्रेयका अनुसार आज ५ जनालाई आरडिटीबाट कोरोना परीक्षण उनीहरुलाई नेगेटिभ देखीएपछि घर पठाईएको बताए । आज मायादेवि गा पा वडा न १ सुरावलका राज कुमार गुप्ता वडा न. १ खड्खडिया का दिपेन्द्र लोध ,श्याम लोध , विन्द्रावति लोध, र बालक शिसम लोध रकोका थिए । उनीहरुलाई गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीले घर…

नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरसको परीक्षण शुरु

स्वास्थ्यसमाचार /प्रदेश नं ५को नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु भएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुगरिएकोे अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले बताए । डा थापाका अनुसार कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै शुरु गरिए पनि आजबाट नमूना सङ्कलन गरिएको छ । आरटिपिसिआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौबाट ‘रिएजेन्ट केमिकल’ लिएर शुक्रबार नेपालगञ्ज आएको थियो । रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौबाट मगाइएको हो । बाँके…

कोरोना संक्रमितको लागी आफ्नो प्लाज्मा दिएर बचाउन चाहन्छु :प्रसिद्दि श्रेष्ठ

स्वास्थ्यसमाचार /कोरोनालाई जितेकी प्रसिद्धि श्रेष्ठले आफ्नो रगतको प्लाज्मा दिएर अरु संक्रमितलाई बचाउन चाहेको वताईन । २७ दिनको अस्पताल बसाँईपछि डिस्चार्ज भएर घर जाने क्रममा १९ वर्षकी प्रसिद्दिले आफ्नो शरीरमा एण्टी बडीको विकास भइसकेकाले आफ्नो प्लाज्मा दिएर अरु संक्रमितको जीवन बचाउने चाहाना भएको बताईन । अस्पतालबाट बिदाई हुने क्रममा उनले आफ्नो जीवन बचाउन रातदिन खटिनुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्राविधिक, सहयोगी , नेपाल सरकार तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेका सबैलाई धन्यवाद दिईन । अस्पतालको बसाईको क्रममा आत्मियता प्रकट गर्दै आफुलाई एक्लोपनको आभास महसुस हुन नदिनुका साथै हौसला बढाउन प्रेरित गरेका सबैको…