स्वास्थ्यसमाचार /निजि तथा आबासिय बिद्यालय अर्गनाइजेसन प्याब्सन बुटवल नगर समितिद्वारा बुधबार बुटवल उपमहानगरपालिकाको बिपत कोषमा ५ लाख ७२ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ ।
प्याब्सन बुटवलका अध्यक्ष कुलराज शर्माको नेतुत्वमा गएको टोलिले एक समारोह बीच नगर प्रमुख शिबराज सुबेदीलाई राहत रकमको चेक हस्तान्तरण गरे । प्याब्सनमा आबद्ध रहेका बुटवल नगरक्षेत्र भित्रका निजी बिद्यालयहरुले संकलन गरेको एकमुष्ट रकम कोरोना भाइरसको महामारीमा बिपत्तिमा परेका बिपन्न नागरिकको सहयोगका लागि सो रकम प्रदान गरिएको नगर अध्यक्ष शर्माले बताए ।
चेक हस्तान्तरण कार्यक्रममा नगरप्रमुख शुबेदीले बिपन्न नागरिकका लागि भनी प्रदान गरिएको रकमले नगरपालिकालाई आफ्नो नगरका बिपन्न नागरिकलाई सहयोगका लागि टेवा पुग्ने धारणा राखे । राहत रकम प्रदान कार्यक्रमको संचालन सचिब मित्र हरी आचार्यले गरेका थिए।
।त्यसैगरी प्याब्सन केन्द्रिय समितिको राहत कोषका लागि पनि नगर समितिले आफ्नो मातहतका बिधालयबाट थप रकम समेत संकलन गरेको छ।