नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरसको परीक्षण शुरु

भैरहवा र काठमान्डौ जाने समस्या अन्त्य दैनीक १सयभन्दा बढी परिक्षण

स्वास्थ्यसमाचार /प्रदेश नं ५को नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु भएको छ ।

रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुगरिएकोे अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले बताए ।

डा थापाका अनुसार कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै शुरु गरिए पनि आजबाट नमूना सङ्कलन गरिएको छ । आरटिपिसिआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौबाट ‘रिएजेन्ट केमिकल’ लिएर शुक्रबार नेपालगञ्ज आएको थियो ।

रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौबाट मगाइएको हो । बाँके र बर्दियाका जनताको कोरोना सङ्क्रमण परिक्षणका लागि लक्षित गरी सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला सञ्चालन भएपछि अब स्वाब नमूना परीक्षणका लागि भैरहवा अथवा काठमाडौं पठाउनु पर्ने बाध्यता हटेको छ ।

सो उपकरणबाट एकदिनमा १सय जनाको नमूना परीक्षण गर्न सकिने डा. थापाको भनाई छ ।बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना भाइरसका शङकास्पद विरामी मध्ये शनिबार थप १४ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।

सम्बन्धित शिर्षक :