लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने

स्वास्थ्य सेवा विभागले पत्र पठाएर खोपसंञ्चालन गर्ने निर्देशन

स्वास्थ्यसमाचार/ लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने भएको छ ।स्वास्थ्य सेवा विभागले पत्र पठाएर ७ वटै प्रदेश स्वास्थ्य निर्देशनलाय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई मार्गदर्शनमा व्यवस्था भएअनुसार नियमित खोप सेवा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

विभागले खोप सेवा सञ्चालन मार्गदर्शनअनुसार नियमित खोप सुचारु गर्न व्यवस्था गर्न भनेको छ । मार्गदर्शनमा सामाजिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन हुने नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षाको व्यवस्था कुरा समेटिएका छन् ।

यस्तै, उक्त मार्गदर्शनमा लक्षितसबैबालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने, खोप सेवा सन्चालन गर्न स्थानीय प्रशासन, स्थानीय तह र सबै सरोकारवाला निकायसँग समन्वय गर्ने र जानकारी गराउने पनि उल्लेख छ ।

विभागले कोभिड–१९ महामारी सम्बन्धमा कोभिड तथा अन्य स्वास्थ्य प्रवाहको अन्तरिम निर्देशिका २०७६ अनुसार खोप सञ्चालन गर्न भनेको छ ।

सम्बन्धित शिर्षक :