बर्दघाटका ७८ वर्षीय पुरुषकाे पीसीआर टेष्ट नेगेटिभ

आरडीटी परीक्षण गर्दा उनको पोजेटिभ देखिएको थियो

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासी बर्दघाटका ७८ वर्षीय एक पुरुषको पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ आएको छ ।

यापिड डायग्नोस्टिक टेष्ट आरडीटीे परीक्षण गर्दा उनको पोजेटिभ देखिएपछि उनलाई थप परीक्षणका लागि भैरहवा पठाइएको थियो । उनको स्वावको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

बर्दघाटको चिसापानीस्थित सामुदायिक अस्पतालमा दुई पटर्क यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछिउनको थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर टेष्टका लागि पठाइएको थियो । ७ जनाको परिवार रहेको उनको परिवारमा अन्यमा सदस्यहरुमा भर्ने यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि पश्चिम नवलपरासीमा १ सय ३१ जनाको र्‍यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

सम्बन्धित शिर्षक :