मायादेवीमा ५ जनालाई आरडिटीबाट कोरोना परीक्षण घर पठाईयो

स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेवी गाउँपालिका अध्यक्षद्वारा क्वारेन्टाइनमा बसेका ५ जना व्यक्ति लाइ घर घरमा पुराईदिइका छन। मायादेवी गाउँपालिका रुपन्देहीले विदेश बाट आई मायादेवि ८ शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका ५जनालाइ आज विदा गरेको हो ।

मायादेवी गाउँपालिका स्वास्थ्य प्रमुख भास्कर आत्रेयका अनुसार आज ५ जनालाई आरडिटीबाट कोरोना परीक्षण उनीहरुलाई नेगेटिभ देखीएपछि घर पठाईएको बताए । आज मायादेवि गा पा वडा न १ सुरावलका राज कुमार गुप्ता वडा न. १ खड्खडिया का दिपेन्द्र लोध ,श्याम लोध , विन्द्रावति लोध, र बालक शिसम लोध रकोका थिए ।

उनीहरुलाई गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीले घर घर पुराईदिएको आत्रेयले बताए ।उनी १५ दिन क्वारेन्टाइनमा बसेर थिए । यस अघि पनि १३ जनालाई परिक्षण गरि घर पठाईएको थियो ।उनीहरुलाईपनि गाउँपालिका अध्यक्षले घरघर लगेर छोडेको बताए ।अब गाउँपालिकाको क्वारेन्टाइनमा २० जना रहेको आत्रेयले बताए ।

सम्बन्धित शिर्षक :