एकैदिन ९ जनामा देखियो कोरोना, संक्रमितको संख्या ४१ पुग्यो

उदयपुरमा मात्रै संक्रमितको संख्या २२ जना

स्वास्थ्यसमाचार /पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका उदयुपरका ८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या २२ पुगेको छ भने नेपालमा ४१ पुगेको छ ।

उदयपुर धेरै संक्रमण देखिएको क्षेत्र हो । ८ जनाको स्वाब कोशी प्रादेशिक अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप निक्र्यौल गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा स्वाब लगिएकोमा त्यहाँ पनि रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

यसअघि नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमामा गरिएको नमुना परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको जानकारी गराएका छन । । छु्ट्टा–छुट्टै परिवारका ८ जनाको स्वाब परीक्षण गरिएको हो । प्रत्येक परिवारका एक–एक जना सदस्यको स्वाब परीक्षण गरिएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ का स्थित भुल्केमा नेपाली सेनाले सोमबार मात्र १५२ जनाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको थियो । त्रियुगा त्यहि नगरपालिका हो जहाँ मस्जिदमा रहेका १३ जनालाई कोरोना भाइरस भएको पुष्टि भएको थियो ।

सम्बन्धित शिर्षक :