लुम्विनी प्रादेशिक अस्पतालमा स्वचालित स्यानिटाइजर स्प्रे जडान

स्यानिटाइजर टनेलको सेन्सरले मान्छे आउनासाथ स्प्रे गर्न सुरु गर्छ र ७ सेकेन्डमै बन्द

स्वास्थ्यसमाचार/ प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएशन (पिन)ले लुम्विनी प्रादेशिक अस्पताललाई स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण जडान गरिदिएका छन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निर्माण स्वचालित स्यानिटाइजर स्प्रे सामाजिक विकास मन्त्री सुदर्शन बराल उदघाटन गरे ।

मन्त्रीबरालले कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै सधै लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए ।

सर्वसाधरणको भीडभाड हुने स्थान लुम्बिनी प्रादेशिक अस्पताल, अन्य सरकारी कार्यालयहरु, डिपार्टमेन्टल स्टोर्स लगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नुपर्ने बरालले बताए ।

उनले कोरोनाले अहिले हाम्रो दैनिकलाई मात्र असहज बनाएपनि यसले दीर्घकालीन रुपमा पार्ने आर्थिक असरलाई पनि अहिले देखि नै ‘मेकअप’ गर्ने योजनासहित काम गर्नुपर्ने बताए । लकडाउनको विकल्पमा विज्ञानले विकास गरेको प्रविधिलाई कोरोना संक्रमण रोकथाममा प्रयोग गर्नुपर्ने मन्त्री बराललेको भनाई थियो ।

 


प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएशनमा आवद्ध ईन्जिनियरहरुले बनाएको स्वचालित उक्त उपकरण बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा जडान गरिदिएका हुन ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमबाट अस्पताल प्रवेश गर्नेहरुलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले गेटमा स्वचालित स्यानिटाइजर स्प्रे उपकरण जडान गरिदिन लागेको ईन्जिनियर दिपक पान्डेले बताए ।

झन्डै एक लाख मूल्य पर्ने स्यानिटाइजर टनेल आफूहरुले मानवीय सेवाको दृष्टिले निशुल्क उपलब्ध गराएको बताए ।ईन्जिनियर दिपक पाण्डेको नेतृत्वमा एसोशिएसनमा आवद्ध ८ जना ईन्जिनियर मिलेर उक्त उपकरण निर्माण गरेको  बताए ।कोरानाको संक्रमणबाट जोगिन अस्पतालमा जाने चिकित्सक र बिरामी संगै त्यहा जाने सबैलाई पुरै शरीर स्यानिटाइज गर्नु अति आवश्यक भएकोले त्यसका लागि सहयोग गर्न उक्त उपकरण हस्तान्तरण गर्न लागिएको उनले बताए ।

स्यानिटाइजर टनेलले कम लिक्विइडबाट जति मानिस आवतजावत गरेपनि स्वचालित रुपमा आफैं स्प्रे गर्ने छ । स्यानिटाइजर टनेलको सेन्सरले मान्छे आउनासाथ स्प्रे गर्न सुरु गर्छ र ७ सेकेन्डमै बन्द हुन्छ निर्माण संयोजक ईन्जिनियर दिपक पाण्डेले भने ।

गेटमा जडान गरिएको स्यानिटाइजर टनेल झन्डै ४ फिट चौडाइ, साढे ७ फिट उचाइ र ६ फिट लम्बाइको रहेको पाण्डेले बताए । उक्त कार्यक्रममा लुम्बिनी प्रादेशीक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्राई अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनाल लगायले बोल्दै अस्पतालमा आउने बिरामी चिकित्सक स्वास्थ्यकर्मिलाई राहत मिलेको बताए ।

सम्बन्धित शिर्षक :